नयाँ शक्ति हाँक्न तम्सिएका नेत्र

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरू हुँदैछ। महाधिवेशन ३ दिनसम्म चल्नेछ।

२०७३ जेठ ३० मा काठमाडौं त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट घोषणा भएको नयाँ शक्ति पार्टी फुट्दै र जुट्दै अहिले नेसपा(नयाँ शक्ति) भएको हो। यो एक थान पार्टी मात्रै होइन आजको लागि विकल्प सहितको वैकल्पिक शक्ति भएको कुरा यसका नेताहरूले बताउँदै आएका छन् । त्यसैले नेसपा महाधिवेशनले लिने नीति र पाउने नेतृत्वप्रति पनि सबैको चासो छ।

महाधिवेशनमा पुरानै नेतृत्व हुने वा नयाँ पुस्ताले नेतृत्व लिने भन्ने विषय अहिले चर्चामा छ। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ८ बर्ष अघि नयाँ शक्ति घोषणा हुँदादेखि नेतृत्व गरिरहेकाले अब उनले युवालाई नेतृत्व हस्तान्तरण गर्दै आफू सम्मानित संरक्षक भएर बस्दा राम्रो हुने एकाथरीको बुझाइ छ। अर्थात बाबुरामको विकल्प होइन बाबुरामकै मार्गदर्शनमा नेतृत्व चाहिँ युवाले गर्ने भन्ने यो समुहको बुझाइ छ। यद्यपि डा.भट्टराई नै एकपटक अध्यक्ष हुनुपर्ने कुरा पनि चर्चामा छ। यसको छिनोफानो महाधिवेशनले गर्नेछ।

तर, डा.भट्टराई अध्यक्ष हुने भएपनि सहज रुपमा निर्विरोध हुने सम्भावना भने अब देखिदैन । नेसपा निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष एवं युवा नेता नेत्र चापागाईंले अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेसँगै बाबुरामले अध्यक्ष हुन नेत्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। अग्रजलाई सम्मान र युवालाई नेतृत्व भन्ने सन्देश सहित नेत्रले ‘विकल्प दिएर नयाँ शक्ति बनाऔं’ अभियान सुरु गरेका छन् ।

कास्की लुम्लेका यी युवाले वैकल्पिक शक्ति निर्माणको अभियानदेखि डा.भट्टराईलाई साथ दिए। अझैपनि उनी भट्टराईलाई नै साथ दिन पार्टीको नेतृत्व आफुले लिन चाहेको बताइरहेका छन् । ‘म बाबुरामको बिकल्प वा उनिसँग प्रतिस्पर्धा गर्न खोजेको होइन,मेरो कुरा के हो भने बाबुरामलाई मात्रै जिम्मेवारी थोपरेर युवाले जिम्मेवारीबाट पन्छिन मिल्दैन, अब बाबुरामको भिजनमा हामीले नेतृत्व लिएर उनलाई सर्वमान्य बिचारक बनाउने हो। पार्टी युवाले हाँक्ने हो बिचारको नेतृत्व बाबुरामले नै गर्ने हो।’

विद्यार्थीको नेतृत्वमा हुँदा शिक्षा सुधारका लागि ७ वटै प्रदेशमा उभिएर सत्ताको ध्यान खिच्न सफल र नेतृत्वमा ‘अब्बल’ बनिसकेका नेत्रले किन पार्टीको नेतृत्व खोजिरहेका छन् ? यो प्रश्नको जवाफ सहित नेत्रले सार्वजनिक गरेको आफ्नो भावी योजना यस्तो छ:-

भर्खर मात्रै सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्ष दल माओवादीको केन्द्रीय समितिको बैठक चलिरहँदा हामी सार्वजनिक शिक्षा सुधारको लागि माइतीघरमा उभिरहेका थियौ । दुःखद पक्ष के हो भने दुवै बैठकमा शिक्षा, स्वास्थ्य र रोजगारजस्ता जनजीविकाका मुद्धा बैठकका एजेन्डा नै थिएनन्। त्यसैले आज गर्न नपर्ने विषयमा राजनीतिक दलको धेरै छलफल बहस हुने, जनताको समस्याका विषयमा छलफल नै नगर्ने राजनीतिक संस्कार विरुद्ध हाम्रो पार्टी नेसपा (नयाँ शक्ति को यहि माघ २७, २८ र २९ गते हुने ऐतिहासिक पहिलो महाधिवेशनमा तपशिलका एजेन्डाहरु प्रस्तुत गर्दै,
पार्टीको अध्यक्षमा उमेदवारी प्रस्तुत गर्दछु ।

महाधिवेशनमा बहस हुनु पर्ने जनजीविकाका मुद्धाहरु महाधिवेशनमा प्रस्तावित प्रस्ताव तथा सुझावहरु :

खण्ड-क

१. शिक्षा
समृद्ध नेपाल निर्माण गर्न बर्तमान नेपालमा चलिरहेको ई. सी.डी. देखि विश्वविधालयसम्मको शिक्षालाई पुर्नसंरचना गर्न आवश्यक छ। शिक्षा प्रणाली, पाठ्क्रम, शिक्षण विधि, मुल्याङ्कन पद्धति, नियुक्ति प्रक्रियामा आमूल परिवर्तन गर्नुका साथै शिक्षा क्षेत्रमा भएको दलियकरणको अन्त्य गर्नु पर्दछ। तलैबाट वर्ग विभाजन गरेको दुई खाले शिक्षा प्रणाली निजि र सरकारीलाई अन्त्य कसरी गर्न सकिन्छ, निशुल्क शिक्षा कार्यान्वयन गर्न बजेटको स्रोत के हुन सक्छ ? तथ्यांकमा आधारित भएर हाम्रो महाधिवेशनले स्पष्ट खाकासहितको विकल्प प्रस्तुत गर्न सक्नु पर्दछ ।

२. स्वास्थ्य
आज सरकारी हस्पिटलमा सुत्केरी हुनको लागि पनि राजनीतिक शक्ति लगाउनुपर्ने स्थिति छ। स्वास्थ्य बिमा कार्यकम जनताले सहज तरिकाले उपयोग गर्न पाएका छैनन्। उपचार गर्न घर खेत नै बेच्दा पनि नपुग्ने अवस्था छ। क्यान्सर मृगौला र मुटु जस्ता रोग लागेका नागरिक वाटोमा सहयोग माग्दै हिँडेको अवस्था छ। यसको दीर्घकालिन हल के हुन सक्छ ? बिरामी हुनबाट नागरिकलाई जोगाउन कस्तो स्वास्थ्य शिक्षा आवश्यक पर्छ ? स्वास्थ्यलाई जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ ? त्यसको लागि बजेट कति आवश्यक पर्छ ? कति डाक्टर नर्स आवश्यक पर्छन् ? यसको व्यावस्थापन कसरी गर्न सकिन्छ ? विकल्प सहित हामीले यो महाधिवेशनमा छलफल गर्न जरुरी छ ।

३. रोजगारी
आम नेपाली समाजको मुख्य समस्या बेरोजगारी हो। अब हामीले त रोजगारी कसरी सृजना गर्न सकिन्छ ? उद्योग मैत्री कानुन कसरी बनाउने? कसरी उद्यमशील समाज बनाउने ? त्यसको लागि लगानी बजार कसरी निर्माण गर्ने स्पष्ट जनताले बुझ्ने गरी महाधिवेशनमा वहस केन्द्रित हुनु पर्दछ र वैकल्पिक पार्टिले रोजगारी अभियान सञ्चालन गर्नुपर्दछ ।

४. विदेशमा अलपत्र नागरिक, लाश कुरेका नेपाली गाउँ :
गणतन्त्र आएको यतिका वर्षसम्म पनि जिवन धान्ने रोजगारी दिन नसकेपछि देशका शिक्षित लाखौ युवा देश छाड्न वाध्य पारिएको छ। कयौं अलपत्र छन्। कयौ मृत्यु भएर लाश ल्याउन सकिएको छैन। कोहिको विदेश पठाईदिने बहानामा लाखौं ठगिएर घरवास उठेको छ । हामीले हाम्रा अलपत्र परेका नागरिकलाई नेपाल फर्काउन मृत्यु भउका नागरिकको लाश झिकाएर राहत दिलाउन, ठगि गर्नेलाई कडा कानुन बनाएर कानुनी कारवाहि गरेर पीडितलाई राहत कसरी गर्न सकिन्छ ? हाम्रो पार्टीको अधिवेशनमा स्पष्ट योजना बनाउनु पर्छ ।

५. उद्यमशीलता :
अब हाम्रो भेटघाट चिया गफदेखि पार्टी अधिवेशनसम्म उद्यमशील समाज कसरी बन्छ? कति रोजगारी सृजना भयो, उत्पादन कसरी बढ्छ, कुन क्षेत्रमा लगानी गर्दा मुनाफा आर्जन गर्न सकिन्छ? राज्यले निजि क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सक्छ, केहि गर्छु भन्ने युवालाई कुन कुन कानुन या राज्य संयन्त्रले छेकेको छ ? त्यसलाई कसरी सहज बनाउन सकिन्छ, यसको अबको राजनीतिक दलसँग स्पष्ट योजना हुनु पर्दछ ।

६. भ्रष्टाचार नियन्त्रणः
भ्रष्टाचार हाम्रो देशको मुख्य समस्या हो त्यसैले यसको नियन्त्रण जरुरी छ । अन्यत्र काम गर्दा भ्रष्टाचार हुदैन तर यहाँ भ्रष्टचार गर्न काम गरिन्छ । यसको नियमनको लागि कानुन संसोधन गरेर, जनलोकपाल गठन गरेर सबै उच्च पदस्त कर्मचारी एवम् राजनीतिक नेताको सम्पत्ति छानविन गरिनुपर्छ। जनलोकपाल कसरी गर्ने त्यसको प्रकृया स्पष्ट गरिनुपर्छ ।

७. प्रशासनिक सुधार :
कर्मचारीदेखि जनता आक्रोशित छन्। सरकारी कार्यलय देखि नागरिकलाई बाक्क दिक्क लागेको छ। प्रशासनिक कामलाई पुरै डिजिटलाईजेशन गरिनुपर्छ। कर्मचारीको सरुवामा दलीय ट्रेड यूनियन, दलको प्रभावलाई पुरै रोक्नु पर्छ। कर्मचारीलाई सेवकको रुपमा स्थापित गरिनुपर्छ । जनताको आधारभुत कुरा जन्म दर्ता, विवाह दर्ता, सामाजिक सुरक्षा घरघरमा गएर दिने व्यवस्था गरिनु पर्छ। नागरिक सरकार खोज्दै होईन, सरकार नागरिक खोज्दै हिँड्ने प्रशासन हुनुपर्छ ।

८. छूवाछुतजस्ता सामाजिक विकृति
कानुनी रुपमा संविधानमा हटाईए पनि सामाजिक रुपमा रहेको छुवाछुत, घरेलु हिंसा, हनि द्रयाप, छाउपडी प्रथा, जात व्यवस्थाले निर्माण गरेको असमानता र विभेदलाई हटाउन सरकारले विशेष कार्यक्रम ल्याउन दवाब सृजना गर्नुपर्छ। पार्टीले ईतिहासमा पछाडी पारेका समुदायलाई क्षतिपूर्ति सहितको समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्वमा आधारित भएर नेतृत्व र नीति निर्माण गर्नपर्छ ।

९. संघीयता र स्थानीय सरकार :
संघीयता आएको यतिका वर्ष भै सक्दा पनि प्रदेश सरकार र मुख्यमन्त्रीलाई नै संघीयता आएको अनुभूति भएको छैन । संघ सरकारलाई दबाब सृजना गरेर ऐन र कानुन बनाएर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ । संविधान जारि गर्दाखेरी भएका असन्तुष्टिलाई संविधान संसोधन गरेर संविधानको गरिमालाई बढाउनुपर्छ । नागरिकता, मालपोतजस्ता अधिकार स्थानीय तहलाई दिएर जनताको घरमा सरकार पुगेको अनुभूति दिलाउनुपर्छ

१०. यातायात दुर्घटना :
दश वर्षको तथ्यांक मात्र हेर्ने हो भने सडक दुर्घटनामा मात्रै नागरिकको मृत्यु हुने संख्या धेरै छ। मान्छे यद्धमा गालि लागेर हुने तर सडकमा मयाँ भने केहि नहुने जस्तो भएको छ । नागरिकको यात्रा सुरक्षित गर्ने सरकारको दायित्व हो त्यसैले सडक निर्माण देखि नै यो विषयमा पनि हामिले विकल्प सरकारलाई दिनु पर्छ ।

११. पहिचानको आन्दोलन :
लामो समयदेखि चल्दै आएको समानताको आन्देलनलाई जातिवाद, क्षेत्रीयता, विखण्डन जस्ता नश्चिय आरोप लगाएर राज्यले दमन गरिराखेको छ। यो आन्दोलन वास्तवमा समानता र मानवताको आन्दोलन हो। समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणालीले मात्रै यो समस्या समाधान गर्न सक्दछ। यसको वारेमा पार्टीभित्र र बाहिर खस आर्य समुदायलाई स्कुलिङ गर्न आवश्यक छ। देशको पूर्वि भागमा सरकारले पहिचान सर्मथक माथि गरेको दमनको विरोध गरिनुपर्दछ ।

१२. सिमान्तकृत, अल्पसंख्यक, अपाङगता, LGBTQ :
वास्तवमा लोकतन्त्र भनेको सिमान्तकृत र अल्पसंख्यक लगायतको समुदायको अधिकार सुरक्षित गर्नु हो। हामी समावेशी लोकतन्त्रमा छौ त्यसैले उक्त समुदायको सामाजिक राजनीतिक अधिकार र आर्थिक प्रगतिको लागि सडक सदनमा आवाज बुलन्द गर्नु पर्छ ।

१३. लिभिङ्ग टुगेवरः
एकल आमाको नामबाट पनि नागरिकता दिन पाउने कानुनी व्यवस्था भए पछि कानुनले दिएको उमेर समूह पार गरेकोलाई लिभिङ्ग टुगेदरको कानुनी व्यवस्था गर्दा समाजमा अपराध कम हुन सक्दछ ।

१४. सार्वजनिक शौचालय :
देशलाई नै खुल्ला दिशा पिसाबमुक्त क्षेत्र घोषणा गरिसक्दा पनि बजारमा सामान्य पिसाब लाग्दा पनि रेस्टुरेन्ट खोज्न पर्ने अवस्था र यात्रा गर्दा जङ्गल कुहु पर्ने अवस्था अहिले पनि छ। बजारमा सार्वजनिक स्थलमा र हाईवेमा आवश्यक सार्वजनिक शौचालय निर्माण गर्न सरकारलाई दवाव सृजना गर्नु पर्दछ ।

१५. लोकल रक्सी तथा स्वदेशी उत्पादन :
हाम्रो देशको प्रमुख समस्या परनिर्भरता हो। देशको शासनकर्ताको कोठाको दराजमा विदेशी रक्सी सजाएर राखे , गरिव जनताले जिविकोपार्जनको लागि बनाएको लोकल रक्सी खोलामा फाल्न प्रहरी पठाउने कार्य बन्द गरि, स्पष्ट मापदण्ड निर्माण गरि कर लिएर लोकल रक्सी लगायत सबै स्वदेशी उत्पादनलाई प्रोत्साहन कार्यक्रम ल्याउनु पर्दछ ।

१६. पहुँचको विकास होईन समावेशी बिकास :
देश समावेशी लोकतन्त्रमा आएको यतिका वर्ष भैसक्दा पनि बजेट विनियोजन पहुँच कै आधारमा भएको छ । त्यसलाई पूर्ण अन्त्य गर्दै इतिहासको क्षतिपूर्ति सहित अवको विकास आवश्यकता अनुसार समावेशी विकासको मोडल देशमा लागु गर्नुपर्दछ ।

१७. जलवायु परिवर्तन :
जलवायु परिवर्तन सम्बन्धि जनतामा सचेतना, जागरण अभियान चलाउने र शक्ति राष्ट्रसँग क्षतिपूर्तिको माग गर्न सरकारलाई दवाव सृजना गर्नु पर्छ ।

१८. संविधानमा सुधार गर्नुपर्ने प्रस्तावहरु :
– संविधानको आधा गिलास भर्न शासकीय स्वरुपले निम्ताएको अस्थिरतालाई अन्त्य गर्न देशमा जनताबाट निर्वाचित कार्यकारी प्रमुखको लागि आन्दोलन गर्ने र मुद्धा मिल्नेहरुसँग सहकार्य गर्दै जाने,
– खर्चिलो निर्वाचन प्रणाली भ्रष्टाचारको जग हो त्यसैले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञ मन्त्री मण्डल बनाउन संवैधानिक व्यवस्था गर्न दवाव सृजना गर्ने,
– गाँउगाँउमा दलीयकरण रोक्त स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र लड्न् कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्ने र हाम्रो पार्टीले स्थानीय तहलाई स्वतन्त्र उम्मेदवारको अभ्यास गर्ने,
– विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको सुनिश्चताको लागि संर्घष गर्ने,
– जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र वर्तमान मुकुमलुड्सम्मको सहिद परिवारलाई दीर्घकालिन राहत, वाईतको उपचार गर्न पहल गरि छिटो शान्ति प्रकृया टुङ्गाए दिगो शान्ति स्थापना गर्न सरकारलाई दवाब दिने ।

अब हामी पार्टीको पुनर्संरचना कसरी गर्छौं?
हामी अन्तरपार्टी लोकतन्त्रलाई पारदर्शी यसरी बनाउँछौ ।
१. पार्टी सदस्यलाई सार्वभौम् बनाउने कुनै तहको निर्वाचन पार्टी भित्रको सदस्यबाट निर्वाचित हुने विधान कडाईका साथ लागु गर्ने,
२. पार्टीको कुनै पनि तहको निर्वाचनको टिकट उक्त बडा वा पालिका क्षेत्रको पार्टी सदस्यविच प्रत्यक्ष निर्वाचन गरेर उठाउने र केन्द्रले टिकट दिने प्रथाको अन्त्य गर्ने,
३. समानुपातिक निर्वाचन हुने सन्दर्भमा सम्बन्धित क्लस्टरको उमेदवारहरुविच चुनाव गराएर सदस्यहरुले मत दिएर मत परिणामको आधारमा निर्वाचन आयोगको बन्द सुचिमा पेश गर्ने,
४. पार्टीको भेला, सम्मेलन, भोटिङ्ग अनलाईन गर्ने र त्यसको लागि महाधिवेशन लगत्तै आई.टी. तालिम सदस्यसम्म दिने,
५. पार्टी संगठन सदस्यमा आधारित भन्दा पनि क्याम्पेन आधारित बनाउने,
६. नागरिकको पक्षमा राज्यलाई दवाव सृजना गर्दा अर्थतन्त्रलाई असर नगर्ने र नागरिकलाई दुख नदिने भद्र आन्दोलनको तरिका अपनाउने छौं। बन्द हड्‌ताल जस्ता कार्यक्रम नयाँ शक्तिले नगर्ने प्रतिवद्धता जाहेर गर्दछौं
७. सरकारी जागिर गर्ने कर्मचारी शिक्षक जस्ता दलीय संगठन हाम्रो पार्टीले नबनाउने, शिक्षक कर्मचारीलाई युग अनुसार सेवा सुविधा र तालिमको सरकारसँग माग गर्ने,
८. कुनै पनि सरकारी नियुक्तिमा पार्टीले भाग नमाग्ने र सबै प्रकारका नियुक्तिहरुलाई निष्पक्ष एवम् खुल्ला प्रतिस्पर्धाको आधारमा गर्न सरकारलाई दवाव दिने,
९. पार्टी एकता बा तालमेल गर्दा कुनै राष्ट्रिय महत्त्वको विषयमा निर्णय लिंदा पार्टी सदस्यहरुबाट जनमत संग्रह गराएर मात्र निर्णय लिने,
१०. युवा र विद्यार्थी संगठनलाई उद्यमशील संगठनमा रुपान्तरण गर्ने ।

समिक्षाः
नेपाल र नेपाली सदियौंदेखि निरङ्कुश राज्य व्यवस्थामा पिल्सिन बाध्य भएका थिए । नेपालको अग्रगामी परिवर्तनको लागि त्यसको अन्त्य जरुरी थियो। १९९४ सालको प्रजा परिषदले गरेको आन्दोलन, २००७सालको परिवर्तनगामी आन्दोलन, २०४६ सालको पुरक आन्दोलन, २०५२ सालबाट सुरु भएको उत्पीडित जाति, क्षेत्र, लिङ्ग, भाषा, वर्ण र वर्गका नागरिकले संयुक्त रुपमा संगठित हतियारबद्ध जनयुद्ध गरेर एवम् मधेश विद्रोह, थरुहट विद्रोह, दलित महिला आदिवासी तथा जनजातिले बलिदानीपुर्ण विद्रोह गरि गौरवपूर्ण इतिहास कायम गर्दै संविधानसभा मार्फत सार्भभौम् नागरिक भएको संविधान प्राप्त गर्नु हामी सबैको गौरवको कुरा हो। यहाँसम्म ल्याउन योगदान पुर्याउने सम्पूर्णलाई वैकल्पिक राजनीति हाम्रो पुस्ताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

जनयद्धभित्र एकदलीय जनगणतन्त्र कि संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र भन्ने जटिल बहसमा उत्रेर आफूले कारबाहि भोगेर पनि सिङ्गो जनयुद्धलाई संघीय लोकतान्त्रिक गणतन्वमा ल्याउन र संवैधानिक राजतन्त्र मानेर तत्कालिन सत्तासिन काङ्ग्रेस एमाले लगायतका दलहरुलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन डाक्टर बाबुराम भट्टराईले ल्याएको विचार र गरेको वैचारिक संर्घषको कारण नै नागरिकलाई सार्वभौम बनाउने, संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत बनाउने र वर्तमान नेपालको राजनीतिक मुलधार डाक्टर बाबुराम भट्टराईले ल्याएको विचार र गरेको बेचारिक नेत्तृव हो। त्यसमा ईतिहासदेखि हाम्रो पुस्तासम्म दुईमत छैन र हुनुहुँदैन ।

२०७२ सालमा संविधान जारी भइसकेपछि नेपाल नयाँ युगमा प्रवेश गर्यो। अथवा नेपालमा राजनीतिक एजेन्डा मुलभुत रुपमा बलिए। व्यवस्था बदल्ने राजनीतिक एजेन्डा सकिएर संविधानमा संघियता शासकीय स्वरुप निर्वाचन प्रणाली लगायत मुद्धाहरु सच्चाएर संविधानलाई सर्व-स्विकार्य बनाउँदै सुशासन र समानता सहितको समृद्धिको नयाँ युगमा प्रवेश गरेका थियौ ।

अब प्रश्न यहिनिर हो कि पुरानो आन्दोलनको व्याज खाएर, राज्य दोहन गरेर सत्तामा बस्ने कि बद्लिएको युग अनुकुल राजनीतिक एजेन्डा, संगठन कार्यशैली नीति योजना सहित नयाँ राजनीतिक चेतनाको शक्ति निर्माण गर्ने यी दुई वैचारिक संर्घषको बिचबाट नै वैकल्पिक राजनीतिक शक्ति सुरुवात गरिएको हो। त्यसैले नयाँ शक्ति निर्माण अभियान एकथान पार्टी वप्ने अभियान थिएन। नयाँ वैचारिकी उद्धेश्यसहित नेपाली समाजको विद्यमान स्मस्या पहिचान गरी समाधानको विकल्पसहित अर्को ठुलो वैचारिक नयाँ आन्दोलनको अध्याय सुरु गरेका थिए। जनयुद्धको नेतृत्त्वकर्ता शान्ति र संविधानको सुत्रधार डाक्टर बाबुराम भट्टराईले एक्लै पार्टी परित्याग गरी नयाँ अभियान थालनी गर्नु ठुलो त्याग र आँट थियो। उक्त ऑट र त्याग सधै हाम्रो पुस्ताले सिक्न, सम्झना र सम्मान गर्न योग्य विषय हो।

अर्कोतिर उज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल निर्माण गरेर आफ्‌नै तरिका र लयमा बजार केन्द्रित युवा लक्षित वैकल्पिक राजनीतिको पैरवी गरिरहनु भएको थियो। विवेकशील नेपाली दलले वैकल्पिक राजनीतिमा पुर्याएको योगदान आज वैकल्पिक राजनीति चाहने सबैको लागि उत्तिकै सम्मानयोग्य विषय हो। यस महाधिवेशन मार्फत उक्त दलका तत्कालिन नेतृत्व उज्वल थापाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै स्मरण गर्न चाहान्छौ ।

नयाँ शक्ति गठन हुँदा देखि नै हामीले पार्टिलाई वाम लोकतान्त्रिक भनेका थियौ। नेपाली परिवेशमा वामपन्थि भनेको कम्युनिस्ट भन्ने बुझाई व्याप्त थियो। जनतामा पार्टि लोकतान्त्रिक हो कि कम्युनिस्ट हो भन्ने भ्रम भयो त्यसैले यो महादिवेशनबाट हामिले प्रष्ट भन्न पर्छ हाम्रा पार्टि समावेशि सहभागितामुलक उन्नत लोकतान्त्रिक पार्टि। हो । हामी विश्वव्यापि रुपमा रहेका लोकतान्त्रिक मुल्य मान्यतामा टेक्दै नेपाली विशेषता अनुसार लोकतान्त्रिक मुल्य मान्यतालाई विकसित बनाउदै उन्नत लोकतान्त्रिक बाटोमा अगाडि बढ्ने छौ ।

नयाँ शक्तिको प्रथम राष्ट्रिय भेला उत्साह पुर्वक सम्पन्न भए पनि तत्कालै केन्द्रिय समिति, कार्यकार्यणी समिति विभिन्न प्रभाव र दवावमा ठुलो बनाउनु हामीले पहिलो गल्ति गरेका थियौ। समिति मनोन्वयन गर्न भन्दा नयाँ शक्ति अभियान मार्फत नै वैचारिक बहस चलाउनु पथ्यों कि लोकतान्त्रिक विधि पद्धति मार्फत सबै समिति निर्वाचित गर्नु पथ्यो ।

क. पहिलो स्थानिय निर्वाचन
पहिलो स्थानिय निर्वाचनमा सरकारले निर्वाचन चिह्न नदिएपछि पार्टिले सुरुबाट नै स्थानिय चुनाव स्वतन्त्र हुने भन्ने मान्यता स्थापित गर्दै सबैलाई स्वतन्त्र उमेदवार उठाउन पथ्यथ्यों। नयाँ वैकल्पिक तत्कालिन विवेकशिल लगायतलाई समर्थन सम्म बनाएर लैजान पथ्यच्यों। चुनाव चिह्नको लागि आन्दोलन गर्नु र अन्त्यमा चुनाव चिह सार्पाट लिएर निर्वाचनमा जानु नियत राम्रो हुदा हुदै पनि जनतामा पुरानो शक्ति जस्तै देखियो ।

ख. वाम एकतामा हात उठाउनु
नयाँ शक्ति गठन भउको छाटो समयमा नै वैचारिक बहस बनाए गाउँ प्रवेश गर्दागर्दै ओली प्रचण्डको सत्ता स्वार्थबाट बनेको वाम एकतामा नेतृत्व जानु सैद्धान्तिक गल्ति भएको थियो । यसले फेरी कम्युनिस्टमा फर्केको भ्रम पैदा गरी नयाँ पृष्ठभुमिबाट नयाँ शक्तिमा लाग्नु भएका साथीहरुलाई निराश बनाएको थियो ।

ग. उपेन्द्र यादवसँगको एकता
संघीयता र पहिचाहनको मुद्धामा कार्यगत एकता गरेर संघीयतालाई अधिकार दिलाउन सरकारलाई दवाव सृजना गर्नुपथ्यों। पार्टी नै एकता गर्दा जनतामा एकथान क्षेत्रीय मधेशवादी दलको रुपमा जनताको बुझाई भयो त्यसैले वैकल्पिक राजनीतिक शक्ति बन्न सकेन। यसमा हामी सबैले सामुहिक गल्ति गरेका थियौ। त्यसैले यस महाधिवेशन मार्फत सामुहिक आत्मालोचना गर्नु पर्दछ ।

घ. जसपा निमार्ण
डाक्टर बाबुराम भट्टराईले त्याग गरेर पाँचौ वरियतामा बसि जसपा पार्टि निमार्ण सम्भव भएको थियो। संघीयता समावेशिता र पहिचाहनको मुद्धा बोक्ने शक्तिशाली पार्टी बनेको थियो। तत्कालिन प्रधानमन्त्री के. पी. शर्मा ओलिले असंवैधानिक कदमद्वारा संसद विघटन गर्दा तत्कालिन नेता महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु सत्ता स्वार्थका कारण उक्त पार्टि विभाजन हुन पुग्यो। नेतृत्वको धुमिल छवि, मधेश केन्द्रित मात्रै चिन्तनको कारणले जनताले वैकल्पिक शक्ति मान्न तयार भएनन्। मुद्धा केन्द्रित कार्यगत एकत्ता मात्रै गर्नु पर्नेमा पार्टी एकता गर्नु हाम्रो सामुहिक गल्ति थियो ।

ङ. समाजवादी केन्द्र निर्माण र प्रचण्डसँग चुनावी प्रकृया
चितवनमा प्रचण्ड विरोधी चुनावी माहौल निर्माण भएपछि प्रचण्ड चुनावी क्षेत्र सुनिश्चत खोज्दै हिँडेको उक्त समयमा समाजवादी केन्द्रको जालसाझी पासो फ्याकेको सजिलै बुझ्न सकिन्थ्यो। त्यति सजिलै बुझ्‌ने कुरामा पनि पार्टीमा पर्याप्त छलफल नगरी निर्वाचन क्षेत्र छोड्नु र चुनाव चिह्न लिनु, समाजवादी केन्द्रका लागि वार्ता समिति बनाउनुले जनतामा फेरी माओवादीमा फर्किने भन्ने भ्रम पैदा भयो। यो हामीले सामुहिक गल्ति गरेका थियौ। यो महाधिवेशनवाट यस्ता गल्ति नदोहोर्याउने एवम् जस्तोसुकै चुनौती आएपनि वैकल्पिक राजनीति शक्ति बनाई छाड्ने र मुलुकलाई समानता र समृद्धि हासै पालामा ल्याउने पुर्ण प्रतिवद्धता व्यक्त गर्नु पर्दछ । पार्टीले लिएको पाँच ‘स’ को सिद्धान्तमा आधारित भएर पूर्णतय जनताको एजेन्डामा निर्वाचनमा विजय हाँसिल गरे कुशल नेतृत्व गर्नेछु । म वैकल्पिक राजनीतिमा पुर्ण प्रतिवद्ध जाहेर गर्दै माथि उल्लेखित प्रस्तावित एजेन्डा लिएर यहि माघको २७, २८ र २९ गते नेसपा (नयाँ शक्ति को प्रथम महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवार बनेको छु । मलाई विश्वास छ कि तपाईहरुले अमूल्य मत दिग्र विजय गराउनुहुने छ।

नेत्र चापागाई
अध्यक्ष पदको उम्मेदवार

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय