विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….


सयौं आफन्त र इष्टमित्र सहित चलिरहेको विवाह समारोहमा एक्कासि बेहुली माथी गोली प्रहार हुँदा के होला ? बोलाइएका मानिसहरू विवाह उत्सवमा झुमिरहेका र दुलहा/ दुलही मञ्चमा उक्लिएर एकअर्कालाई वरमाला लगाईहदा यस्तै घटना भएको छ।

जब वेहुला बेहुलीको आरती गर्न थालियो अनि अचानक ढ्याङ आवाज आउँछ र दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली लागेको छ।

फिल्मको दृश्यझैँ लाग्ने यो घटना हो- भारतीय राज्य बिहारको ।यही फेब्रुअरी २४ मा चौसा नगर पञ्चायतमा विवाह समारोह चलिरहेको थियो। विवाहको जन्ती उत्तर प्रदेशको बलियाबाट आएको थियो। सबै कुरा खुसीसाथ चलिरहेको थियो। तर अचानक उत्सव शोकमा परिणत भयो। चिच्याहट र रोदनले वैवाहिक कार्यक्रम अवरुद्ध भयो।

भारतीय सञ्चारमाध्यमका अनुसार गोली चलाउने युवक दुलहीको चिनजान भएको र उनीसँग प्रेममा रहेको खुलासा भएको छ। आफुसँग प्रेम गर्ने तर बिहे अर्कैसँग गर्ने कुरामा क्रोध र आवेगमा प्रेमीले दुलहीलाई गोली हानेको देखिन्छ।

माला लगाइसकेपछि जब दुलहा र दुलही स्टेजमा उभिइरहेका थिए, ती युवक स्टेजनजिक पुगे। त्यसपछि उनले पेस्तोल निकालेर बेहुलीको अगाडिबाट गोली हाने। गोली चलेको आवाज सुनेपछि मानिसहरूले सुरुमा कसैले पटाका पड्काएको ठाने। तर, जब दुलही स्टेजमा लडिन्, तब उनीहरूले थाहा पाए- उनलाई गोली हानिएको रहेछ। दुलही १८ वर्षीया आरती कुमारी हुन्।

परिवार र स्थानीयको सहयोगमा घाइते दुलहीलाई तुरुन्तै सदर अस्पताल लगियो, जहाँ प्राथमिक उपचारपछि डाक्टरहरूले अवस्था गम्भीर देखेर राम्रो उपचारका लागि वाराणसी रेफर गरेका छन्।

मानिसहरू आत्तिएको मौका पारेर ती युवक घटनास्थलबाट भागे। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। फरार युवकको खोजी भइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय