सक्षम प्रधानमन्त्रीलाई बधाई !

आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराएकी छन् ।

पटकपटक निर्वाचन हुन्छ कि हुँदैन ? भएपनी फागुन २१ मै चाहिँ हुँदैन ! चुनाव नभए अर्को वितण्डा मच्चिन्छ ! कसले भाग लिन्छ ? कसले गराउन सक्छ ? भन्ने प्रश्न उठिरहेका बेला सबै दललाई साथमा लिएर सुशीला कार्की नेतृत्वको सरकारले यो ऐतिहासिक काम सम्पन्न गरेर आफुलाई सक्षम प्रमाणित पनि गरेको छ। केही मन्त्रीले बीचमै सरकार छाडेर राजनीतिक पार्टी दर्तादेखी पार्टी प्रवेश समेत गर्दा र चुनाव मै उम्मेदवार बनेपनि सुशीलाको फागुन २१ को यात्रामा भने ब्रेक लाग्न पाएन। फलस्वरूप उनले तोकिएकै दिन त्यो पनि असाध्यै शान्तिपूर्ण रुपमा यो कार्यभार पुरा गरेर देखाएकी छन् । सरकार गठन हुँदाका बखत उनिमाथी लगाइएको आरोप र गरिएका शंका सबै भ्रम सावित भएको छ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको सबैको लागि स्विकार्य राजनीतिक व्यवस्था हो। जुन चुनावबाटै आउनुपर्ने हो। अबको केही दिनमा देशले नयाँ सरकार पाउने निश्चित भएको छ। यसमा सबैभन्दा बढी श्रेय सुशीला कार्कीलाई नै जान्छ। पुरुष प्रधानमन्त्री हुँदा भन्दा उनले असल सरकार चलाएर देखाइन। त्यतिमात्र होइन चुनाव मार्फत नयाँ जनादेश लिएर आएको नयाँ सरकारलाई सत्ता सुम्पिएर उनले केही दिनमा सम्पूर्ण बोझ बिसाउने छिन् । उनको यो अदम्य साहस र हिम्मतलाई स्याबासी र बधाई दिनैपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...