भूराजनीतिक सकारात्मकताकाे नाममा दलहरू चुक्नुभएन
मनोज कुमार कर्ण
दक्षिण एशियामा श्रीलंका र बंगलादेशपछि जेनजी विद्राेहकाे भाेगाईमा परेकाे देश नेपाल हाे । ती दुवै छिमेकी देश श्रीलंका र बंगलादेशमा संसदीय चुनाव सम्पन्नपछि स्थिर सरकार निर्माण भइसकेकाे सुखद् अवस्था छ ।
नेपालमा भने २०८२ काे भदाै २३ मा भएकाे जेनजी विद्राेहपछि यहि २०८२ फाल्गुण २१ गते संसदीय चुनाव हुने भनिएकाे छ । यी तीनवटै दक्षिण एशियाली देशमा अमेरिकाले जेनजी आन्दाेलनमार्फत् सत्ता परिवर्तन गराएकाे भनिए तापनि देशकाे आन्तरीक शक्तिभन्दा बढी बाह्य देशकाे शक्तिकाे आडमा युवा उचाल्ने निर्णायक भूमीकामा भने दक्षिण एशियाकै छिमेकी देश पाकिस्तानकाे भूमीका मानिन्छ ।
यसै प्रसङ्गलाई जाेडेर नेपालकाे चुनावमा पर्नसक्ने सम्भावित असर र मतदाताकाे मनमा रहेका जनचासाेका बारेमा याे लेख केन्द्रीत छ ।
चुनावमा एल्गाेरिदम् र प्राेपागान्डाकाे प्रयाेग
अल्गाेरिदम् (Algorithm) र प्राेपागान्डा (Propaganda) बारे केही तथ्य बुझाैं र नेपालमा कसरी यी दुई मीडियाका शब्दले मतदाताकाे दिमागमा असर पारिरहेकाे छ, त्यसबारे पनि बुझ्ने प्रयास गराैं ।
गूगलमा अल्गाेरिदमबारे सर्च गर्दा याे खासमा कम्प्युटर, सामाजिक सञ्जालकाे प्रणालीसँग सम्बन्धित शब्द हाे । अर्थ हुन्छ- कम्प्युटरकाे कुनै समस्या समाधान गर्नलाई पालना/फलाे गर्नुपर्ने एउटा विधि अथवा नियमकाे सेट । त्यहीं सामाजिक सञ्जालमा यस्काे स्पष्ट अर्थ हुन्छ कि काेही व्यक्तिकाे नेटमा खाेजिने ती सामाग्री अथवा उसकाे खराब/असल बानी खाेजकाे प्रकार सामाग्रीबाट थाहा पाएर त्यही सामाग्री पठाउनु हाे ।
त्यहीं प्राेपागान्डा भनेकाे जानीजानी पक्षपातपूर्ण अथवा गलत दिशामा डाेर्याउने सूचना, केही छवि बनाउने प्रयास (wrong image), कुनै चिन्ह (symbol) लाई प्रसारण गर्नु/गराउनु हाे ताकी कसैकाे संवेगात्मक (emotions), धारणा (attitudes) र व्यवहार (behaviours) मा असर पारेर आफ्नाे कुरा विशेष कारणसहित उसकाे मन/दिमागभित्र छिराउन (manipulate) गर्न सकियाेस् । यस्ताे कार्य राजनीति, विज्ञापन र युद्धहरूमा आम मानिसकाे सम्वेगात्मक अपील, भयत्रास र अर्द्धसत्य (जानीजानी) बताएर बारम्बार भनेर, देखाएर प्रभावित/पक्षमा पार्नलाई गरिन्छ ।
माथिका दुईटैका छाेटाे शब्द परिचयबाट नेपालमा अल्गाेरिदम् काेही/अधिकतम् मान्छेकाे नेट/सामाजिक सञ्जालमा के सर्च राम्राे/नराम्राे (नेपालकाे मामिलामा कमजाेरी प्वाेइन्ट पत्ता लगाई फसाएर बाध्यपार्न नराम्राे सामाग्री बढी अथवा अनलाईन हनी ट्रयाप)सर्च राजनीतिक दलका केही नेताहरूबाट वा त्यस्ता नेताहरूले तकनीकि जान्नेद्वारा, खासगरी २०७९ सालमा अचानक उभरेर संसदमा प्रवेश पाएकाे एक नयाँ दलमा आबद्धहरूबाट, याे अल्गाेरिदम् अन्य दलकाे तुलनामा करिब सय प्रतिशत बढी गरिन्छ-गराइन्छ ।
तर दुईटै शब्द (अल्गाेरिदम् र प्राेपागान्डा)का परिभाषा पढ्दा नेपालमा मतदाताले भन्दा तिकडमले चुनाव जित्ने गलत साेच राख्ने खालका जति नेताहरूले चुनावलाई प्रभावित पार्नलाई प्राेपागान्डालाई बढी प्रयाेग गरिरहेका छन् । याे गलत कार्यमात्र हाेईन अपितु, अपराधपनि हाे । देश जलाएर राजद्राेह गर्नेले पनि देश जलाउने अपराधलाई जनताकाे असन्तुष्टि भएर भयाे भनेर “सामान्यीकरण” गर्नु र यता आम बुद्धिजीवि कर्मचारी, शिक्षक, प्राध्यापक आदि बुझ्नेले व्याख्या यदि आम जनताकाेलागि गरिदिए आफूहरू चुनाव हार्दा भाेली देश जलाउने, आतंक सिर्जना गरेकामा जेल जानुपर्ला भन्ने स्वयम्काे मनाेवैज्ञानिक त्रासले अब अरूलाई “खबरदार ! निर्वाचन आचारसंहिता उल्लंघन गरिस् भने” वाक्य राज्यलाई पेलेर बाेल्न लगाउनु दुईटै प्रापागान्डाका राम्रा उदाहरण हुन् । जबकि बुद्धिजीविहरू पनि यस देशका नागरिक र संविधानत: मतदाता हुने भएकाले देश तथा लाेकतन्त्र र संविधान जाेगाउनलाई अनि स्वयम्काे मत हाल्नलाई व्यापक छलफल उम्मेद्वार र दलबारे गर्नुपर्ने हुन्छ ।
भारतकाे पहलमा चीनले पनि काउन्टर दिँदै
माथि उल्लेखित दुई देश श्रीलंका र बंगलादेश दुईटै चीन निकट व्यापारीक साझेदारी देशहरू हुँदा पनि जेनजी विद्राेह भए ती देशहरूमा । चीनसँग एक किसिमकाे साझेदारी तर अमेरीकासँग अर्काे किसिमकाे निर्भर्ता अपनाएकाे पाकिस्तानले जेनजी विद्राेहहरूमा भने श्रीलंका, बंगलादेश र नेपाल गरि तीनटै देशमा, खासगरी अपरेशन सिन्दूरमा भारतबाट नराम्ररी “पिटाई खाँदा” र उसकाे “भरपर्दाे सदाबहार” मित्र चीनले कुनै पनि सार्थक सहायता नगरी हेरेकाे हेरेकै भएपछि, डबल स्टैण्डर्ड/दाेहराे कूटनीतिक चाल खेल्याे । यी तीनटै देशमा दक्षिण एशियाबाट पाकिस्तानले अमेरीकालाई पस्न लाेकलस्त्तरमा मद्दत गर्याे । यस कुराले तीनटै देशका केसमा भारत र चीन खासगरी (थपमा जापानपनि) पाकिस्तानप्रति निकै रिसाएका छन् र अमेरीकि प्रभावलाई चाँडाेभन्दा चाँडाे चुनाव गराएर जनताद्वारा निर्वाचित सरकारकाे हाथमा सरकारकाे लगाम थमाईदिने प्रयास गरेका देखिन्छन् । श्रीलंकामा तत्काल भयाे भने बंगलादेशमा अलि समय लाग्याे तर भर्खरै बीएनपी पार्टीले दुई-तिहाईकाे स्थिर सरकार बनाउने भएकाे छ ।
एउटा साझा प्याटर्न के देखिन्छ श्रीलंका र बंगलादेशका केसहरूमा भने कि पाकिस्तानद्वारा अमेरीकाले क्षणिक प्रभाव संक्रमणकालमा जमायाे तर भारत र चीनले चुनावमार्फत् काउन्टर ब्यालेन्स गरिदिएर ती देशहरूमा विद्राेहका नाममा आगजनी, हत्या, हिंसा, लूटमार, बलात्कार आदि गर्ने/गराउने जत्थालाई तह लाईदिएर दलहरूकाे हाथमा सरकार थमाऊन यस क्षेत्रमा आ-आफ्नै सुरक्षाका कारण भएपनि सफल भएका छन् । तर नेपालकाे आसन्न चुनावलाई मध्यनजर गर्दै यहाँका स्थापित दलहरूले निर्वाचन धाँधलीरहित, भयत्रासबाट मुक्त अवस्थामा चुनावमा मतदाताले मन चाहेकाे उम्मेदवारलाई भाेट हाल्न पाउने र साे मतपेटीका सुरक्षितपूर्वक राखिएर गन्ति हाेस् अर्थात्, शान्तिपूर्ण र धाँधलीरहित चुनाव सम्पन्नता र बक्साकाे सुरक्षाकाे ग्यारेन्टी सुरक्षा निकायबाट मतदाताले चाहेका कुरालाई लिएर सरकार, निर्वाचन आयाेग र राष्ट्रपतिसँग ठाेस कुरा गरून् भन्ने चाहेका छन् । भू-राजनीतिकाे करिष्मा नेपालमा पनि श्रीलंका र बंगलादेश जस्ताे परेर देश जलाउने तथा आतंककारीहरूलाई छिमेकीले पनि नियन्त्रण गर्न सघाइदेलान् साेच्नु भनेर नेपालका दलहरूले निश्चिन्तभएर बस्नु भनेकाे खाटमुनी सर्प छ तर नदेखेर मस्त निदाउनुसरह हुनेछ ।
भर्खरका घटनाले मतदातामा उत्साहकाे ठाउँमा संशोधनको
नेपालमा हाल मतदाताहरूमा जेनजी विद्राेहताका जेलबाट निस्कने र अधिकतम् मान्छे एउटामात्र दलबाट भागलिने, सिंहदरबारमा आगजनी हुँदा दमकल नपठाउने मेयर तथा राष्ट्रिय झण्डाकाे अपमान गर्दै ओढेर देश जलाउने आदिहरूका एक विशेष पार्टीका मान्छेहरू दिनहुँ गम्भीर मुद्दामा फस्दै गएका छन् । त्यस खास दलबाट दिनहुँ मान्छे परित्याग गरेर भाग्दैछन् । उनीहरूमा मानसिक तनाव छ र ऊक्त खास दलभित्रै सभापति र वरिष्ठले एकले अर्काेलाई सिध्याउँदैछ । यसैकाे परिणाममा गत फाल्गुण ८ गते दाङ्गकाे तुलसीपुरमा एमालेकाे झण्डा उक्त विशेष पार्टीका वरिष्ठ “आफू विरामी” भएकाे भनेर काठमाडाैं फर्किई सभापतिलाई आफ्नै गुटका मान्छेद्वारा झण्डा काण्ड गराईदिई फसाएर साइड लागे ।
वास्तवमा राज्य र युनिवर्सिटीबीचकाे सम्बन्ध भनेकै देशकाे आर्थिक र सामाजीक विकासमा टेवा पुर्याउने हाे । राज्यले युनिवर्सिटीमा आर्थिक लगानी गर्ने हाे र युनिवर्सिटीले राज्यलाई चाहिने जस्ताे मानवसंशाधन तयार पारेर दिने हाे । अब जुन दल(हरू)का सरकारले युनिवर्सिटीलाई जाेगाउने हाे अर्थात्, देश, संविधान र लाेकतन्त्र मान्ने दलहरूप्रति यदि असभ्य जमात् काेही हूल्लडबाज, आतंक र विध्वंसकाे भरमा सत्ता खाेस्न चाहन्छ भने त्यसलाई चिनेर जनतामा बाेलिदिने कार्य युनिवर्सिटी र प्राध्यापककाे स्वभाविक कर्मभित्र पर्छ । याे देशभक्ति नै हाे । यसाे गर्नलाई कुनैपनि आचारसंहिताले प्राध्यापकलाई राेक्दैन किनकि देशभक्ति कुनै गुनाह हाेईन र प्राध्यापकपनि देशकाे नागरिक र संविधानत: मतदाता नै हाे । मत हाल्ने काम “चूपचाप” हुँदैन अपितु व्यापक छलफल पश्चात् आफ्नाे क्षेत्रका भाग्य निर्माण गर्नेलाई चिनेर गरिने कार्य हाे । यसरी “चूपचाप यहाँ छाप” भन्ने तानाशाह प्रवृत्ति हाे र उ मतदातालाई धम्काउँदैछ भन्ने बुझ्नुपर्छ ।
स्वीङ र साइलेन्ट भाेटर नै निर्णायक
सामान्य अर्थमा स्विङ्ग मतदाता संख्या त्याे हाे जाे मतदानकाे पूर्व संध्यासम्म विभिन्न मजबूरी, लाेभ, लालच आदिले कतातिर लाग्ने हाे, त्याे कसैलाई थाहा हुँदैन । यस्ता मतदाता नै निर्वाचनमा निर्णायक मानिन्छन् । दलका स्थानीय प्रतिनिधिमात्र लाई एक-एककाे जरूरत वा बाध्यता थाहा हुन्छ र जसले मन जित्याे, उसले लग्याे यी मत भन्ने बुझिन्छ ।
उता साईलेन्ट भाेटर भनेकाे देशमा जे भएपनि फ्लानाे दल/उम्मेदवारलाई नै भाेट हाल्ने नभई (कतिपयले गलतरूपमा यस “ओपेन” मतलाई साईलेन्ट भाेटर बुझ्दा रहेछन्) गृहिणी, वृद्ध-वृद्धा, दलित, केटाकेटी याेजनाकाे नाममा, बेटी पढाउ-बेटी बचाउ आदिकाे नाममा विशेष कार्ययाेजना ल्याएर एउटा निश्चित वर्गलाई फकाएर राख्नु हाे । याे विशेष लक्षित वर्गका मतदाताले राेजेका दल/उम्मेदवारबारे केहीपनि नबाेलेर तर अरूकाे कुरापनि सुनेर अन्त्यमा आफूले भित्री मनले राेजेकालाई नै मत हाल्छन् ।
याे चर्चा यस लेखमा किन गरियाे भने अल्गाेरिदम वा प्राेपागान्डाभन्दा पनि नेपालका स्थापित दलहरूले साईलेन्ट र स्विङ्ग मतदातालाई ध्यानमा राखेर काम गर्दा हाल नेपालमा जेनजी विद्राेहपछि देखिएका आक्रान्ता विशेष दललाई काउन्टर गरेर आफूहरूकाे पक्षमा मत परिणाम पारेर देशकाे लाेकतन्त्र, संविधान, शासनसत्ता आदिलाई ट्रयाकमा ल्याउन सक्छन् भन्ने हाे ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

