चुनाव लाेकतन्त्रकाे महाेत्सव मात्र हाेस्
मनोज कुमार कर्ण
नेपाल जेनजी विद्राेहपछि सकारात्मक आशाले आसन्न चुनाव यही फाल्गुण २१ गतेलाई हर्षकाे साथ प्रतीक्षा गरिरहेकाे छ । देश-विदेशबाट मतदाता भाेट हाल्नलाई नेपाल फर्किरहेका छन्, आफ्ना निश्चित कुनै दललाई मतदान गर्ने प्रण र कारणसहित ।
लाेकतन्त्रमा चुनाव एक अद्यावधिक, अनिवार्य महान् पर्वकाे रूपमा लिइन्छ तर नेपालकाे याे चुनाव स्वभाविक नभएर अस्वभाविकरूपमा हाे । जेनजी विद्राहमा आम नेपालीले भित्रभित्रै बुझिरहेकाे रास्वपा र काठमाडाैंका एक पूर्व मेयरलाई पाकिस्तानकाे लाेकल सपाेर्टमा अमेरीकाले सघाएर देशमा अस्तव्यस्तता निम्त्याइयाे, त्यही शक्तिले रास्वपा सभापति र एक उक्त मेयरलाई एक ठाउँमा ल्याइपनि दियाे र जसरीपनि चुनावमार्फत् सत्ता अब रास्वपालाई दिलाएर आफ्नाे स्वार्थ ती अन्य देशले नेपालबाट भारत-चीन-जापानबारे पूरा गर्न चाहन्छ ।
नेपालभित्र जेनजी विद्राेहमा देशमा अप्रिय निम्त्याउने मानिएका मुख्यपात्रहरू रास्वपाका मुखिया तथा काठमाडाैंका मेयरलगायत तात्कालीन् माओवादी (चालाखी गरेर हाल नेकपा नाम फेरेकाे) का प्रचण्ड, दुर्गा प्रसाईं, धरानका मेयर हर्क राई, कुलमान घिसिङ आदि भएपनि अन्यहरू अलग-अलग दलबाट चुनाव हाल लडिरहेका तर सर्वाधिक अनिष्ठ रास्वपाकै हालका दुई टाैप लिडर्सका हाथ निम्त्याउनमा रहेकाले गर्दा पनि रास्वपालाई कानूनी कार्वाहीबाट वचन याे चुनाव स्वभाविक वा अस्वभाविकरूपले पनि जित्नु नै छ, जसरी उाीहरूलाई भित्री सहयाेग गरिरहेका भनिएका पाकिस्तान र अमेरीकालाई पनि रास्वपाकाे हाथमा सत्तारह्न जरूरी ठानेका छन् ।
यस्ताेमा बाँकी स्थापित दल देशलाई माया गर्नेहरूकाे पनि बाध्यता याे चुनावलाई जसरीपनि जितेर देशलाई बिघटन अथवा विदेशीकाे पराधीन हुनबाट जाेगाउन मर्नु कि चुनाव जित्नुकाे बाध्यता छ । छट्टू नेकपाका अध्यक्ष, धरानका मेयर वा घिसिङ त बस् अब जे जति सिट आएपनि सत्तामा बनिरह्न चाह्ने स्वार्थमा डुबेका छन्, देश गएपनि मतलब छैन, बाँचेपनि मूल्यमान्यता त्यागेर सरकारकाे रस चुस्ने मात्र ध्येय देखिन्छ ।
तसर्थ, याे लेख केवल रास्वपा र बाँकी स्थापित दलहरूकाे जम्मा एक ध्रुवमा रहेर केवल देश बचाउने पक्षमा लेखिएकाे हाे । आशा छ, रास्वपासमेतकाे मति नेपाल आमालाई रक्षा र माया गर्नतिर फर्काउनेमा सहयाेग पुर्याउनेछ ।
बीबीसीकाे डकुमेन्ट्री र भारतीय मिडिया
बीबीसी नेपाली सेवा (बीबीसी) ले नेपाली जेन्जी विद्राेहसम्बन्धी प्रशारण गरेकाे डकुमेन्ट्रीबारे हाल नेपालमा विभिन्न देशकाे भू-राजनीति भइरहेकाे चर्चा छ । तर दुर्भाग्य, नेपाली जनताले ढिलाे गरी बुझ्न थालेका छन्, जबकी याे स्तम्भकारले जेनजी विद्राेह भएदेखि नै जिम्मेवारीपूर्वक खुलेर लेखेर देशमा सजगता अपनाउँदै आएकाे हाे । नेपालमा माथि उल्लेख गरिएझैं जेनजी विद्राेह गर्नलाई तयारी र सबैखाले मद्दत नै पाकिस्तानकाे स्थानिय सहयाेगमा अमेरिकाले गरेकाे घामजतिकाे छर्लंग छ । कतिपय उपबुज्रुकले त त्यही भारतकाे नाम काठमाडाैंका मेयरसँग जाेडिदिन्छन् जाे मेयर आफू पाकिस्तानसँग मिलेर भारतविरूद्ध अपरेटेड रहेका दर्जनाैं क्लूज् दिइरहँदा पछिल्लाे क्लू पूर्वमा चुनाव प्रचारमा जाँदा मतदातालाई साेधेर दिईहाले, “चीया खानु भयाे ? तरकारी त पारीकै खानु भयाे हाेला” भनेर भारतप्रति घृणा प्रकट गर्दै ।
हामीले जेन्जीका जायज माग र प्राण उत्सर्गलाई हार्दिक नमन् गर्नुपर्छ र सत्यतथ्य जिम्मेवारीपूर्वक जनसमक्ष ल्याउनुपर्छ । सवाल देश जाेगाउनु जाे छ, उनीहरूबाट जाे जेनजीकाे आडमा सत्ता खाेसेर आफ्ना मान्छेलाई अन्तरीमरूपमा दिएर अब चुनावकाे लेपनमा खाेस्न चाहेका छन् । सात समुद्रपारीकाे बीबीसीकाे समाचार पढ्नु,सुन्नु र भरपर्नुभन्दा स्वयम् जेनजी विद्राेहीमा एक सहभागीकै ब्लग हेरेर स्वदेशी कुरामा भर पराैं, यहाँ लिंक छ- साजन श्रेष्ठकाे ब्लगले पहिला सिंहदरबार भत्कायाे प्रदर्शनकारीले, आधी भत्काउँदासम्म पुलिसले हवाइफायर गरिरहेका छन्, पछि पुलिसलाई ताक्दा भत्काउँदा, जलाऊंदा मात्र पुलिसले गाेली चलाएकाे देख्न सकिन्छ भन्ने समाचार, “जन आस्था”मा !
हाे, नेपालभित्रका विदेशी परचक्रीलाई जिताउनलाई बीबीसीले वा, भ्वाेईस अफ् अमेरीका वा अन्यले सिंहदरबार जलेपछि जलाउनेकाे बहुमतकाे सरकार बनाेस् भन्ने चाहेकाेले मीडियामा एकतर्फा “ब्याकअप” दिएकाे देखिन्छ, जसलाई फ्लाैप गराएर सहि र पूर्ण सूचना हामीले दिनुपर्छ । बीबीसीमा विज्ञापन जुन देशमा उसले गर्छ, त्यस देशकाे शासनसत्ताकाे विरूद्धमा बाेल्ने र लेख्नेले मात्र अप्लाई गर भनेर बकाईदा हुन्छ । यस सम्बन्धमा भारतका विश्वविख्यात पत्रकार सुधीर चाैधरीले पहिला जीन्यूज टीभिमा “डीएनए, DNA” एक घण्टाकाे कार्यक्रम नै चलाईसकेकाे हाे, हाल चाैधरी सरकारी टीभि डीडी न्यूजमा छन् !
बीबीसी/भ्वाेईस अफ् अमेरीकाले नेपालमा चलखेल गर्नलाई सत्ता खाेसेर आफ्ना परचक्रीलाई दिलाउन यस चुनावमा खाेज्छ भने वर्ल्डमा काउन्टर दिने नेपालभन्दा भारतकै प्रभावशाली मीडियाले यहाँका पूर्व केही सुरक्षा हाकीम, अनुभवी कर्मचारीबाट प्राप्त उपयुक्त जानकारीका अनुसार नेपालमा सीआईए वा, अरू काे कस्ले दरबार हत्याकाण्ड सम्भवत: गरायाे, त्यसकाे सत्यकाे नजीक रहेर बाेलिदियाे भने बीबीसी वा कसैकाे चालाखी “मतदातालाई जेनजी विद्राेहका हत्यारा भनेर एकतर्फी स्थापित दलहरूलाई खुइलाएर उता देश जलाउने र जेल फाेडूवालाई सज्जन बनाई मतलाई प्रभावित पार्ने” लाई क्रस गर्दै भारत-चीन-जापानले पनि दरबार हत्याकाण्ड यी मान्छे-समूहले गराएर मतदातालाई ठिक ठाउँमा राख्ने प्रयास गरिरहेकाे देख्नु स्वभाविक नै हाे । नेपालले असल छिमेकीलाई पारदर्शीरूपमा सुपाच्य जायज सहयाेग माग्नुपनि पर्छ, यदि काेही छिमेकी कै नाममा बलियाे भएर क्षति पुर्याउन आउँछ भने उसलाई फर्काउनलाई ।
सरकारकाे चाैबिस घण्टाभित्र मत परिणाम घाेषणा
नेपालस्थित ठानिएका पाकिस्तान (मार्फत् बालेन्द्र साह) र अमेरिका (रवि लामिछाने) का दूतहरू मार्फत्, भारतलाई सीधा चुनाैती दिईएकाे रास्वपाकाे भारतीय प्रधाामन्त्री नरेन्द्र माेदीलाई लेखिएकाे भनिएकाे एक पत्रमा चुनावमा सघाउन र दुईदेशीय सम्बन्धबारे एउटा गम्भीर कुरा बाहिरिएकाे छ । स्वयम् रास्वपाले फेक पत्र भनेपनि साे पत्रले रास्वपा र भारतबीच गहिराे खाडल देखाउँछ र, काे किन नेपालबाट भारतसँग जाेडेर फेकपत्र लेख्न आँट गर्ने सवालपनि उठाइदिएकाे छ ।
यहि यस्तै कारणले हाेला भारतीय गृहमन्त्री अमित शाहले २०८२ फाल्गुण १४ गते विहिवार नेपालकाे सीमाञ्चल भारतीय बिहार राज्यकाे शहर अररीयामा सीमा सुरक्षा बल (S.S.B.) काे कार्यक्रममा लामाे सुझाव, प्रवचन, शुभकामना दिए, जसमा अधिकांश समय नेपालकाे चुनावताका हुने गडबड र नेपालबाट भारतमा हुनसक्ने घूसपैठबारे बाेले, दुई देशबीचकाे सम्बन्धबारे बाेले । प्रष्ट ईशारा गरे कि यदि नेपालमा कसैले (सक्दाे रास्वपाले) असामान्य अवस्था पारेर चुनावी परिणाम हाथ बलजफ्ति पारे भने जनस्त्तरमा सम्बन्ध नबिगार्ने गरि बरू जनताकाे चाहना अनुसार भारतकाे तर्फबाट आफ्नै क्षेत्रमा रहेर सहयाेग एसएसबीले गर्ने ।
रास्वपाकाे देश र राजतन्त्रबारे तल्लाे कार्यकर्ताकाे धारणा
सैलूनबाट रास्वपाकाे नेपाल देश र राजतन्त्रबारे अरिजिनल धारणा सार्वजनिक यसरी हुन्छ किनकी मजदूर, नाईं, किसानले लेपन गरेर कुरा नफेरीकन हु-बहु त्यही बाेल्छन्, जुन उसकाे सामुमा गाेप्य भई ठूला नेताले पाठ पढाएका हुन्छन् । गत २०८२ फाल्गुण १२ गते साेमवार सानेपाकाे एक सैलूनमा गाउँले समाजकी एकजना बित्नुभएकीमा उहाँकाे सम्मानमा मैंले नङ-केश गराउन पुग्दा ठाकुरले अर्काे एकजना मधेशीमूलकै ग्राहककाे कपाल काटिरहेकाे थियाे । मैंले करिब १५ मिनेट कुर्नुपर्याे र मेराे समय उनीहरूकाे रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहका साेच माथिदेखि तलसम्म प्रशारण गरिएकाेबारे धैर्यतापूर्वक सुन्ने अवसर पाएं, आफ्नाे परिचय नदिई र सवालजवाफ नगरी चूपचाप प्रतीक्षा गर्दा !
मपनि मधेशीमूलकै परेकाले ठाकुर (नाई) र अर्काे मधेशी ग्राहकलाई मप्रति शंका नगरी दिल खाेलेर कुरा गर्न सजिलाे भएकाे थियाे । अर्काे मधेशी ग्राहककाे “हिराे”बालेन्द्र साह थियाे भने ठाकुरकाे “हिराे” रवि लामिछाने । ठाकुरले पेल्दै कुरा राखेर टुंग्यायाे, “यस पालि जे पर्ला, पर्ला तर घण्टीलाई नै भाेट दिएर सरकार बनाउनुपर्छ । मान्छेले रविलाई अमेरीकाकाे मान्छे भन्छन् तर नेपालमा सरकार दलहरूले चलाउन नसक्दा रविमार्फत् अमेरीकाले लिन खाेजेकाे हाे, हेराैं न एकचाेटी अमेरीकाले लिंदा नेपालमा के के हुँदाे रहेछ ?”
अर्काे मधेशी ग्राहकले थप्छ, ‘दलहरूले नसक्दा बरू राजालाई दिने’
ठाकुरले उसकाे कुरा काट्दै जवाफ फर्काउँछन्, “रास्वपाकाे रविले राजतन्त्रबारे साेचिसक्या छन् । राजालाई हुन्छ, दिन्छाैं राजतन्त्र आउ हामीसँग भनेर उससँग भएकाे जति कराेड-अर्ब रूपैयाँ छन्, ती सबै राजतन्त्र ल्याईदिन्छाैंकाे बहानामा खर्च गराईदिने अनि जब उ भीखमंगा बन्छ ज्ञानेन्द्र शाह तब आफ्नाे पछिपछि घुमाउने हाे, रवि दाईले !”
याे सुन्दा याे स्तम्भकार मास्कभित्र मज्जाले हाँसिरहेकाे थियाे र साेच्दै थियाे कि रवि लामिछानेले अब कुनै अदालतले धराैटी रकम सहकारी ठगी वा, कुनै अपराधमा माग्याे भने सुनकाे अण्डा दिने “कुखुरी” (ज्ञानेन्द्र शाह)लाई खाेजिसकेका रहेछन् । वास्तवमा याे त “हाई क्लास”का ठग रहेछ- अब रविकाे टार्गेट ठगी गर्ने ज्ञानेन्द्र शाह हाे उसकाे, राजतन्त्र दिलाईदिन्छु भनेर !
एक तीताे सत्य नबिर्साैं, सभ्य समाजले जिताेस्
नेपालका केही राजनैतिक पण्डितहरू- २०७९ काे चुनावपछि संसदमा तेस्राे ठूलाे दल तात्कालिन माओवादीका अध्यक्ष प्रचण्ड जसले बाँकी दुई ठूला दललाई थाङ्नामा सुताएर लाेकतन्त्रकाे मर्ममाथि प्रहार गर्दै स्वयम् प्रधानमन्त्रीकाे कुर्सी कब्जा गरेर राखे । अर्काे, त्यसै संसदमा चाैथाे ठूलाे दल रास्वपाका सभापति रवि लामिछाने जाे नागरिकता/राहदानी काण्ड लागेर दुईपटक सांसदमा लडेर दुई पटक गृह र उपप्रधानमन्त्री बने तर स्वयममाथि लागेका आराेपका फाइलहरू नष्ट पारे र उत्ता अन्य दलका नेताका फाइल खाेल्दै गए, आफूलाई सरकारमा संलग्न गराउने एमाले र माओवादीसँगै ।
निष्पक्षता तब हुन्थ्याे जब उनले अरूकाे फाइल खाेल्दा आफ्नाे फाइल/प्रमाण नष्ट नगर्दा हुन्थ्याे अथवा, आफ्नाे केस चलुञ्जेल मन्त्री नबनेर राज्यलाई अनुसन्धानमा सघाउँथ्याे । यी दुई खेलाडी प्रचण्ड र लामिछाने तब आगबबूला भएका थिए जब दुई ठूला दल काँग्रेस र एमालेले सरकार बनाएर यिनिहरूकाे चलखेल बन्द गरिदिए । दुवैले भयंकर आन्दाेलन हुनेवाला छ भनेर २०८२ भदाैकाे शुरूतिर भाषण ठाेक्थे, मीडिया बाईट दिन्थे र, जेनजी आन्दाेलन भएर देश जसरी जल्याे त्याे सबैलाई थाहा छ ।
एकजना मेयर साहेब स्वतन्त्रबाट काठमाडाैंमा हुनुहुन्थ्याे, जसले श्रीमती चढेकाे जीप राेकिंदा “सिंहदरबार जलाईदिनेछु, चाेर सरकार” वाला स्टैटस सन् २०२३ का अन्त्यततिर लेखेरै त्यही जेनजी विद्राेहमा कसरी सिंहदरबार जल्याे, दमकल पठाईएन तर जलाउनेलाई मिनरल वाटर दिईए र सरकारसम्म गठन भदाै २७ गते भए, त्याेपनि जनतालाई थाहा छ । आज लामिछाने र मेयर साह एकठाउँमा क्षणिक नै भएपनि छन् र आफ्ना देशद्राेहमा रहेकाे संदिग्ध भूमीका, अरूले पनि, स्वीकार्नुकाे साटाे उल्टै प्रमाण देउ नत्र याे-त्याे गरिनेछ चुनावपछि भन्दैछन् र मतदातालाई धम्काउँदैछन् । सरकार भने यसरी चूप कि अन्य दल र उम्मेदवारलाई आचारसंहिता छ तर रास्वपाका नेता जाे भाषणबाट मतदातालाई धम्की दिन्छन्, उनीहरूकालागि छैनन् ! तर जनतालाई सत्य थाहा छ, लाेकतन्त्र, देश र संविधानलाई जाेगाउनलाई ब्लैकमेल, धम्कीबाट प्रभावित नभई अत्यधीकमात्रामा चुनावमा भाग लिनेछन् ।
अन्तत: देश, सभ्य र शान्त समाजका विरूद्ध जानेलाई जेल पुर्याएमा बल्ल नेपाल आमाप्रति पहिलाे न्याय भई देशमा शान्ति पुन: स्थापना हुनेछ । अभियुक्तले सजाय पाउनैपर्छ, द कल्प्रिट मस्ट बी पनिश्ड ! जय नेपाल !
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

