प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालकाे १८औं वार्षिकाेत्सव सम्बन्धमा

मनोज कुमार कर्ण

विक्रम सम्वत् २०६३ सालकाे भदाै २ गते काठमाडाैं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत कुनैपनि राजनैतिक दलकाे भ्रातृ वा शुभेच्छुक संस्था नरह्ने गरी विधिवत् दर्ता भएकाे प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (Democratic Professors’ Association Nepal, DEPAN) प्रप्रासंघकाे याे भदाै २ गते १८आैं वार्षिकाेत्सव हाे । सबैमा सर्वप्रथम हार्दिक बधाई तथा शुभकामना छ !

आजकाे दिनसम्म आऊंदा तदर्थ समितिकाे संयाेजक/अध्यक्ष प्रा. भूपति ढकाल र उनकाे महासचिव रामेश्वर उपाध्याय थिए भने २०६३ सालमा यस प्रप्रासंघकाे प्रथम निर्वाचित अध्यक्ष (दि.) साैभाग्यजंग कार्की जाे पछि त्रिवि सेवा आयाेगकाे अध्यक्षमा जानुहुँदा कार्यवाहक अध्यक्ष प्रथम/उपत्यका उपाध्यक्ष आफ्ना उत्तराधीकारी प्राडा कुलप्रसाद काेईरालालाई कार्यवाहक अध्यक्ष दिनुभयाे । साे पछि दाेस्राे अध्यक्ष साल २०६६ मा प्रा. गुणनिधि न्याैपाने हुनुभयाे जाे पछि त्रिविकाे शिक्षाध्यक्ष बन्नुभयाे र जसकाे काेषाध्यक्ष वर्तमान अध्यक्ष जगत तिमल्सिना हुनुहुन्थ्याे । यस क्रममा निर्वाचित तेस्राे अध्यक्ष त्रिवि, पनिकाका पूर्व नियन्त्रक वासुदेव घिमिरे साल २०६९ नेपालगञ्जमा बन्नु भयाे । उहाँका महासचिव पुन: उनै जगत तिमल्सिना निर्वाचित हुनुभयाे । साेपछि नियमित अद्यावधिक निर्वाचनकै क्रममा चाैथाे डेपान अध्यक्ष जगत तिमल्सिना साल २०७३ मा त्रिवि स्मृतिभवनकाे चुनावपछि बन्नुभयाे ।

वर्तमान डेपान अध्यक्ष भनेपनि झण्डै तेस्राे कार्यकाल बिताईरह्नुभएका तिमल्सिना अघि समयमा र नियमित महाधिवेशनमा वैैैध प्रतिनिधिद्वारा नेतृत्व हस्तान्तरण हुँदै आएकाे ईतिहासमा ब्रेक लगाउने कार्य वर्तमान अध्यक्ष, पद-शक्तिकाे भाेकाद्वारा पहिला काेराेना लकडाउन भनेर भयाे अनि यस्तै विभिन्न नयाँ-नयाँ बहानामा भनेर आराेपलाग्दै आएकाे छ । वर्तमान अध्यक्षले महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण गर्न आतुर वा विवश भएकाे भनिएपनि उहाँले गैह्र, मृतक मान्छे, अवकाशप्राप्त मान्छे, काल्पणिक नामकाे क्याम्पसकाे प्रतिनिधि बिना विधान अधिवेशन मनमाैजीढंगले विधानलाई आफैंले टाईपगरेर गैह्रकानूनीरूपमा एकाई अधिवेशनहरू साल २०७८ मा गराएर गुटकाे मान्छे प्रतिनिधि बनाई पुन: डेपान संगठन कब्जागर्ने गलत मनसाय बाेकेकाले नसकेकाे र संगठन लथालिङ्ग भएकाे अनुभव प्राध्यापकहरू बताउँछन् । अध्यक्ष जगत तिमल्सिना नेपाली काँग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् जसकाे कारणले शक्तिकाे चरम् दुरूपयाेग भईरहेकाे आम प्राध्यापककाे बुझाई हाे ।

यसै सेराेफेराेमा यसपालिकाे भाद्र २ गते काे दिन डेपान दिवस मनाइरहँदा कसरी आगामी दिनमा यस संस्थामा लाेकतान्त्रिक सञ्चार गराउने भनी याे लेख लेखिएकाे हाे ।

प्रप्रासंघकाे गठन किन-कुन परिस्थितिमा भयाे ?

नेपालमा विश्व मानककाे पूर्ण लाेकतान्त्रिक संस्कार भएकाे एकमात्र राजनैतिक दल अहिलेपनि नेपाली काँग्रेस नै हाे । हाे, यसका विभिन्न नेताहरू विगतदेखि आजसम्म, सबै नभएर केही नेतृत्व, अलाेकतान्त्रिक, एकल जात, क्षेत्र, भेषभूषालाई मन पराउने, हैकम जमाउने आदि गलत संस्कारका भए । साथै, ईतिहासमा राम्रैपनि निकै कामहरू गरे । विक्रम सम्वत् २०४६ सालकाे जन आन्दाेलनपछि २००७ सालकाे प्रजातन्त्र पुनर्सथापना नेपालमा भएपछि काँग्रेसका हर्ताकर्तामध्ये एक (दि.) गिरिजाप्रसाद काेईरालाले सेवा दिने संस्था चाहे निजामति हाेस् वा विश्वविद्यालय, कुनैपनिमा दल निकट भ्रातृ संगठन नखाेलाैं आह्वान/विचार गर्नुभयाे । तर साे बेलाका नेकपा-एमालेका महासचिव माधवकुमार नेपालहरूले निजामति सेवामा पनि कर्मचारी संगठन खाेलेर ब्यूराेक्रेसीमार्फत् देश कब्जा, भाेटवृद्धि गरि काँग्रेसबाट सरकारकाे साँचाे कम्युनिस्टमा भाेटमार्फत् लान सबै हथकण्डा अपनाउन थाल्नुभयाे ।

एमालेकाे याे अभियान पञ्चायत अघि अर्थात्, २०४६ साल अघि रहेका प्रगतिशिल प्राध्यापक संगठनलाई झन् वैधानिक आैपचारिकता दिएर अगाडि बढाईयाे । यहाँसम्म कि प्राय: त्रिविका सबैले राम्राे मानेका भिसि केदारभक्त माथेमालाई पदावधि नसकिंदै काँग्रेसकाे सरकार ढलेर एमालेकाे बन्दा राजीनामा गर्न बाध्य बनाई एमालेनिकट नेपाल प्रगतिशल प्राध्यापक संगठनबाट प्राडा कमलकृष्ण जाेशीलाई हठात् त्रिविकाे भिसिमा “दलगत” जस्ताे भित्र्यायाे । यस गलत अभ्यासकाे निरन्तरता साल २०६२/०६३ पछिपनि वामपन्थीहरूले दिन थाले । यसरी वामपन्थीले देशकाे समग्र विकासमा केवल एमालेकाे विकास सर्वाेपरी देखेर “एमालेकरण/वामपन्थीकरण” जाेडताेडले कर्मचारीतन्त्र र विश्वविद्यालयमा गरिरहँदा बाध्यभएर गिरिजाबाबू, प्रा. तीर्थराज खनियाँ, प्रा. भीमसेनदास प्रधान, प्रा. खगेन्द्रप्रसाद भट्टराईहरूलगायत धेरैकाे अनिच्छाका बावजूदपनि नेपालमा लाेकतान्त्रिक विचार राख्नेहरूलाई गाेलबद्ध पार्नलाई, लाेकतान्त्रिक विचार विश्वविद्यालयमा बुलन्द पारेर साेही वातावरण देशमा शिक्षामार्फत दिनलाई यस प्रप्रासंघकाे पहिला तदर्थ अनि विधिवत् संगठन निर्माण गरियाे ।

याे प्रप्रासंघ गठन हुने बेला नै गिरिजाबाबू काँग्रेस सभापति तथा अन्य प्राध्यापकहरूले विश्वविद्यालयहरूका लागि छाता संगठन नेपाल प्राध्यापक संघ (Nepal University Teachers’ Association, NUTA) साल २०१९ सालदेखि र त्रिविमा पनि सबैकाे साझा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (Tribhuvan University Teachers’ Association, TUTA) २०५८ सालदेखि छँदै दल निकट विचार राख्ने वैचारिक प्राध्यापक संघ/संगठनहरू किन चाहियाे ? यसले विश्वविद्यालयकाे प्राज्ञिकता घटाई दलीय विचार हावी गराउनेछ भनेर तीव्र विराेध गरियाे । तर प्रजातान्त्रिक पक्षधर प्राध्यापकमाझ वामपन्थीहरूकाे वैचारिक आक्रामकता र अतिक्रमण कार्यलाई राेक्ने उपाय नभएकाेले देश, समाज, विश्वविद्यालयलाई लाेकतान्त्रिक ट्र्याकमा राख्नलाई प्रप्रासंघ खाेल्नैपर्ने एक प्रकारकाे बाध्यता रहेकाे मत बलियाे हुँदै गएकाेले नचाहेर पनि काँग्रेसका तात्कालीन सभापति (स्व.) गिरिजाप्रसाद काेईराला प्रा. गुणनिधि न्याैपाने, प्रा. कुलप्रसाद काेईराला, प्रा. (दि.) साैभाग्यजंग कार्की, नविनप्रकाशजंग शाहहरूले बाेलाएकाे ठाउँमा आऊनुभयाे, तदर्थसमिति घाेषणास्थलमा ।

आज प्रप्रासंघकाे मुखियाबाट के हुँदैछ ?

माथि वर्णनित अनुसार प्रप्रासंघका तीनवर्षे म्याद गुज्रिसकेका अध्यक्ष जगत तिमल्सिना केन्द्रीय काेषाध्यक्ष र महासचिव हुँदै अध्यक्षमा उक्लिनुभएकाे र उहाँका पूर्ववर्ती अध्यक्ष/अभिभावकहरूले समयमा नै प्रप्रासंघका महाधिवेशनहरू गराएका भुक्तभाेगी हुनुहुन्छ । तर उहाँ स्वयंले किन र कति अध्यक्षमा रहेर शक्तिकाे आनन्दलिन चाहेर महाधिवेशन अड्काउनु भयाेे ? उहाँका पूर्ववर्तीहरूले समयमा नेतृत्व हस्तान्तरण गरेका अनुभवहरू उहाँका दिमागबाट कता गए ? हामी प्राध्यापक नै अवैधानिक व्यवहार गर्दा, अलाेकतान्त्रिक बन्दा र पदलाई जीऊसँग टाँसेर नेताहरूकाे घरदैलाे चहार्दा हामीले कुन आदर्श र नैतिकतालाई लिएर शिक्षार्थीलाई कक्षामा प्राध्यापन गराउने र उनिहरूले हामीलाई अन्तरआत्माले कति आदर गर्ने प्राेडक्ट निस्केलान् जस्ता थुप्रै सवालहरू मान्छेले उठाईराखेका छन् ।

पदावधी सकेका अध्यक्ष तिमल्सिनामा केही गुणहरू पनि छन् । जस्तै : कसैलाई कुनै वचन दिनुभयाे भने त्यसलाई पालना गर्ने, युवा हुनुहुन्छ- जाेश छ, कम्युनिस्टसित परे भिड्नुहुन्छ, देशभरी घुम्ने आर्थिक क्षमता जायज-नाजायज जसरी पैसा कमाएकाे भएपनि जानुहुन्छ । तर समालाेच्नामा रहेर जसरी सत्य कुरा गुणकाे बखान याे स्तम्भकारले गर्याे त्यसरी ऊहाँमा अवगुणहरूपनि छन्, जसलाई गुण सुने जस्तै अवगुण सुन्ने क्षमता तिमल्सिनामा छैन ।

अवगुण/असक्षमताहरू तिमल्सिनामा मन नपरेका डेपानकै सदस्यमाथि अपशब्द (मा-मु) प्रयाेग गर्ने, कम्युनिस्टलेभन्दा बढी टर्चरदिने, समग्र संघकाे अध्यक्षभन्दा पनि शेरबहादुर देउवाजस्तै गुटबन्दीका नाईके बन्नमा बढी प्रसन्न हुने, आजीवन पद-शक्तिमा बनिरह्ने र अधिवेशनहरू राेकेर लाेकतान्त्रिक सञ्चार संस्थाकाे राेक्न खाेज्ने, अन्यलाई नेतृत्वकाे अवसर नदिने, मन नपरेकाेलाई संघमा जति लगानी भएपनि छाडेर कम्युनिस्टबाट आज आएकालाई अवसर दिने, क्याम्पसदेखि विश्वविद्यालयसम्म पदहरू बेचेकाे आराेप लागेकाे, विधान अधिवेशन नगरी स्वयं विधान टाईप गरेर गैह्रकानूनी गलत अभ्यास एकाई अधिवेशन २०७८ सालमा गराएकाे, डेपानकाे कराेडाैं रूपैयाँ रकम लेखापरीक्षण नगराई अपचलन गरेकाे, डेपान विधानत: दलनिकट नरह्ने छँदापनि काँग्रेस र खासगरी देउवा गुटकाे पुच्छर डेपानलाई बनाएकाे, टुटा-नुटा-डेपान-विश्वविद्यालय आदि ठाउँमा कसैलाई नसाेधेर आफैंले एकाधिकार (Syndicate) चलाएकाे, महाभारतकाे दुर्याेधनले जस्ताे आफूले गरेका अनैतिक कर्महरूकाे रेकर्ड नराख्ने तर त्यसकाे ब्याकफायर कसैबाट हुँदा स्वयंलाई सच्याउनुभन्दा पनि शत्रुता माेल्नु, आफ्नै कार्यकालमा २०७६ सालमा त्रिविलगायत विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गरिंदा त्रिविमै शून्य उपस्थिति डेपानकाे भएपनि पछि कम्युनिस्टहरूसँगै क्याम्पसहरूमा मिलेर खाईपिई सबैमा हाेे-मा-हाे मिलाएका, टुटामा क्याम्पस एकाईहरूबाट डेपानकाे उपस्थिति ६०-६५ प्रतिशत भएपनि लाेकतान्त्रिक प्राध्यापक संघ, समाजवादी प्रा. संघ, नेपाल राष्ट्रिय प्रा. संगठनहरू प्रचण्ड/वैद्य वा एमाले निकट नेपाल प्रगतिशिल प्रा. संगठनहरूलाई “उदार” भई/गराई आफ्ना निकट डेपान एकाई अध्यक्षहरूलाई भनेर १०:१ काे रेसियाेमा क्षमताभन्दा बढी प्रतिनिधि संख्या दिन लगाएर आज डेपानकाे टुटा डेलिगेट्स प्रतिशत झण्डै ५० प्रतिशतमा झारेकाे, अब याे पद देउ अनि डेपान अध्यक्ष छाेड्छु नत्र छाेड्दिनँ बरू फेरि पुनर्गठन गर्छु (!) आदि जस्ता अन्गिन्ति छन्, कति लेख्ने ?

वामपन्थीहरूकाे आराेप-बुझाई अनुसार डेपानभित्रकाे आन्तरीक किचलाे खासगरी जगत तिमल्सिनाकै कारणले त्यस संघभित्र अन्यहरू भड्केर डेपानकाे महाधिवेशनसहित टुटा र नुटाका क्रमश: अधिवेशन र महाधिवेशनहरू सबै लथालिंग भएका हुन्, पटकपटक मिति ताेकिन्छ तर स्थगन हुन्छ । तर वाकपन्थीहरू स्वयं पनि एमाले निकट प्रगतिशिल प्रा. संगठनले २०८१ काे आषाढमा र माओवादी केन्द्रनिकट राष्ट्रिय प्रा. संगठनहरूले २०८० काे मंसीरमा उनै डेपान चीफ तिमल्सिनालाई “फकाएर” डेपानकाे भाेटमा टुटा-नुटामा पदाधिकारी बन्ने मनसुवा पालेकाले डेपानका असली पहरेदार सिपाहीहरूले राेक्न खाेज्दा यी दुई पछिल्ला टुटा अधिवेशनहरू ताेकिएकाे मितिमा सम्पन्न नभएर अदृष्यरूपमा वामपन्थीहरूले नै भाँडेकाे बताईन्छ तर नाम भने डेपानकाे पाेलेकाे छ । तर तिमल्सिनाकाे कारणले भने स्वयं काँग्रेस सभापति शेरबहादुर देउवापनि जगत तिमल्सिनाले गराउने अवैध प्रतिनिधिद्वारा डेपानकाे अधिवेशनमा उद्घाटन निम्ताे पाएरपनि जाँदा डेपानकाे समानान्तर गठन हुने सूचना पाएर पटकपटक पछाडी हट्नुपरेकाे छ !

यति भएर पनि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का वा पेशागत/बाैद्धिक फाँट हेर्ने डा. डिला संग्राैला वा शिक्षा विभाग हेर्ने नयनसिंह महरहरूले जगत तिमल्सिनालाई बाेलाएर तपाईंलाई २०७३ सालदेखि लगातार अध्यक्षमा देखेर अनि आजसम्म उत्तराधिकारीपनि बनाउन नसक्दा तपाईंकाे अक्षमतामा अब घीन लागिसक्याे, हामी कहाँ नआउनू भनेर नभनिंदा सबै आश्चर्यमा परेका छन् ।

तसर्थ, एकता नै बल हाे

कम उमेरमा ठूलाे पदमा पुग्दा मान्छे अहंकारी बन्ने, अटेरी बन्ने, मर्यादा बिर्सेर अपशब्द ठूलाबडाप्रति पनि बाेल्ने हुन्छन् तर हामी प्राध्यापक चेतनशीलवर्ग भएकाेले विचारकाे विमती राख्नेसँग पनि अश्लिल शब्द बाेल्ने र शत्रुमान्ने छुट् हामीसँग छैन । लाेकतन्त्रकाे गहना नै फरक विचार आउने हाे र वाक् स्वतन्त्रता मर्यादामा रहेर हाे ।

विश्वविद्यालयकाे समग्र प्राज्ञिक कार्य, लाेकतान्त्रिक विचारकाे प्रवाह आदिमा वैचारिक संघ/संगठनहरूले टेवा पुर्याउने हाे, डेपानले झन् बढी । यदि यस्ताे नभई डेपानकाे कारणले टुटा-नुटा ठप्प हुन्छन् भने वामपन्थीले त दाेष लगाउलान्-लगाउलान् साथै डेपान किन खाेल्ने भनी साे बेला राेक्नुहुनेहरूकाे औचित्य पुष्टि हुनेछ ।

विद्यालयमा नैतिक शिक्षामा एउटा कथा पढेकाे थिएं । आफ्ना चारजना सन्तानहरू आपसमा झग्डा गरिरहँदा दु:खित् पिताले चारैजनालाई एउटा-एउटा लकडी (काठकाे टुक्रा दाउरा) भाँच्न दिए, चारैजनाले सजिलै भाँचि दिए । पछि बुवाले चारैवटा ती दाउराका लट्ठीजस्तालाई एक ठाउँमा बाँधेर अब ताेड्न/भाँच्न भने तर कसैले एक्लै वा समूहमा पनि छाेराहरूले ती काठलाई भाँच्न सकेनन् ! अनि बुवाले नैतिक शिक्षा दिनुभयाे कि एक्ला-एक्लै हिंड्दा जस्लेपनि हराउला, अपमान गर्ला तर मिलेर बस्या‌ै तिमिहरू भने कसैले हराउन सक्दैनन् किनकि एकता नै बल हाे ।

आज प्रप्रासंघ नेपाल/डेपानमा सानाे बाबुलाई सम्झाए जस्तै उच्च नेतृत्वलाई नै कसैले सम्झाउने अवस्था आएकाे छ । जसकाे कुरा मुखियाले मान्नुहुन्छ र उक्त मान्छे सम्झाउनेकाे भित्र डेपान, लाेकतन्त्र, नेपाली विद्यार्थी-अभिभावक, विश्वविद्यालय आदिकाे चिन्ता छ भने तरून्त सम्झाउनुुुपर्छ कि मिलेर पञ्चायती रेजिड्यू तथा वामपन्थीकाे संयुक्त ज्यादतीलाई वैचारिक प्रतिकार विश्वविद्यालयहरूमा गर्नुछ ।

अब, मिल्ने कसरी (?) भन्ने संक्षेपीकरण सवालमा कि (क) वर्तमान डेपान अध्यक्ष/मुखियाकाे कुनै प्रभावमा नरहेकाे, विश्वविद्यालयमा कार्यरत्त, सबैकाे समदूरीमा रहेकाे, विश्वविद्यालय बुझेकाेे तथा कम्युनिस्टलाई सन्तुलनमा राख्न सक्ने, अति डायनामिक जाे आसन्न डेपानकाे महाधिवेशनमा भाग नलिने प्रतिबद्धता लिखित्तम जनाओस्, काे नेतृत्वमा तदर्थ समिति बनाएर नयाँ शिराबाट डेपानकाे सदस्यता वितरण गरि प्रतिनिधि चुनेर ३-६ महिनाभित्र बढीमा महाधिवेशन गराओस् वा, (ख) वर्तमान डेपान, ८ वर्षे म्याद नाघेकाे कार्यसमिति विघटन भयाे भनेर सामूहिक राजीनामा दिने अनि माथि बुँदा (क) मा उल्लेख भए झैैं कम्तिमा महाधिवेशन आयाेजक समिति गठन गर्न तयार लिखित्तम गरेर देखाउनुपर्याे !

अन्त्यमा, फेरि पनि डेपान दिवशकाे हार्दिक मंगलमय शुभकामना सबैमा छ र आगामी दिनमा भग्वानले सबैमा आ-आफ्ना त्रुटि रहेकालाई मनन् गरि सत्यबाटाेमा आउने प्रेरणा र सामर्थ्य प्रदान गरि डेपान र नेपालका उच्च शिक्षाका संस्थानहरूलाई सहि ट्रयाकमा ल्याउन मद्दत पुर्याउनुहुनेछ भनी कामना पनि गर्दछु । जय नेपाल !

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय