धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु


काठमाडौं । धादिङको चरौदी नजिकै यात्रुबस दुर्घटना भएको छ।गएराति करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका- ५ भैंसिगौडामा बस दुर्घटना भएको हो।

पोखरा-काठमाडौं पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको हो। सो दुर्घटनामा १७ जनाको मृत्यु भएको र २४ यात्रु घाइते भएको पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनामा घाइते भएकाको उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय