काँग्रेसमा सभापति बन्ने अब शर्टकट् तरीका
मनोज कुमार कर्ण
नेपाल अहिले नेताहरूमा जिम्मेवारीबाेध, मर्यादा, संयमता, धैर्यता, विकासप्रति लगाव, सुशासन दिन पारदर्शिता आदि औसतबढीमा नदेखिंदा जनतामा विद्राेही भावना उनीहरूप्रति गत २०८२ भदाै २३ र २४ गते जेनजी आन्दाेलनमार्फत् देखिएर सुशिला कार्कीकाे नेतृत्वमा सरकार बनेपनि अस्तित्वकाे लागि संघर्ष गर्दैछ ।
देशकाे अवस्था मीठाे र झूट्टा प्रशंसाले लेखेर जनतालाई गुमराहमा राख्नुभन्दा हु-बहु उल्लेख गरिदिँदा बरु कतैबाट आशा जाग्ने छ कि भन्ने सकारात्मक साेचले युनिभर्सिटिकाे मान्छे याे स्तम्भकार भएर पनि नेपालकाे सबै वातावरणकाे अभिभावक राजनैतिक वातावरण ठिक नहुँदा कसैले सम्भाल्न पछि नसक्ने भएकाे हुनाले नै शिक्षा मन्त्रालयकाे विज्ञप्तिपछि पनि आफूहरू पनि देशकाे नागरिक, मतदाता र नेतालाई पनि युनिवर्सिटिबाट उत्पादन गर्ने हुनाले पहिलाे कर्तव्य कसैकाे कुनै कागकाे प्रवाह बिना देशकाे अस्तित्व र सार्वभाैमसत्ता रक्षाकाे लागि बाेल्नुपर्छ भनेर याे लेख लेख्दैछु ।
नेपाल इतिहासमा कैयाैं युद्ध, विभिषिकाहरू देख्याे तर पराधीन (गुलाम) कहिल्यै नभएकाेमा जेनजी विद्राेह यहाँ भएपछि काे सन्दर्भमा भने २०७९ काे चुनावबाट संसदमा सत्ता र प्रतिपक्षमा पुगेका परम्परागत दलहरूमा पुराना शीर्ष नेतृत्वमा सुधार नआऊने र युवा जतिले पढाइ, कृषि, उद्यम, व्यवसाय केही पनि खासै मन नपराई केवल कमाउने “सजिलाे” राजनीति क्षेत्र राेजेर तत्काल नेतृत्व देउ मलाई नत्र जेपनि म गरिदिन्छु वा गराईदिनेछु भन्ने अधैर्य तर देश बनाउने भिजनलेस तानातानमा अब यस्तै रह्ने हाे भने नेपालकाे स्वाधीनता त तत्काल पाकिस्तान र अमेरीकाकाे हाथमा जाने नै देखिन्छ, साथै देशकाे अस्तित्व नै घाेर सङ्कटमा परेकाे देखिन्छ ।
नेपालका सबै दल मध्ये वैश्विक मान्यताकाे पूर्ण लाेकतान्त्रिक दल नेपाली काँग्रेस हाे, जसकाे नेतृत्वकाे कम्तिमा २०४६ सालपछि महामन्त्री गिरिजाप्रसाद काेइरालाकाे सभापति कृष्णप्रसाद भट्टराईमाथिकाे पेलपालले बहुमतकाे सरकार मध्यावधी चुनावमा गएर २०५२ सालदेखि माओवादी सशस्त्र द्वन्द्वमा गएकाे दिनदेखि यस देशकाे दसा र दिशा सुध्रन सकेकाे छैन । हाे, शुरूवाती गल्ति २०४६ साल यता काँग्रेसभित्रकाे कलह देखियाे तर प्रतिपक्ष एमालेपनि सधैं कमिशनमा बेचिएर संसदमा असल प्रतिपक्षकाे भूमीका नखेल्दा, २०६३ सालपछि जंगलबाट शहरमा पसेकाे माओवादीले पनि धम्की र घुर्कीले नै आजसम्म सत्ताबाट कहिल्यै बाहिर नबसेर “जनयुद्ध”काे ठाउँमा “धनयुद्ध” गरेकाे सावति गरिसकेकाे हुनाले देश निरन्तर बर्वादीतर्फ लागेकाे हाे ।
नयाँ भनिने मधेशवादी दल सत्ताकै खाेसाखाेसमा, पुराना राप्रपा फुटेर पनि सबै गुट एकमात्र शाह परिवारकाे भक्तिभाव बुझेकाे तर जनताकाे कदर गर्न नजान्दा अनि पछिल्ला खासगरी यी दुई रास्वपा तथा स्वतन्त्रबाट जितेकाहरू काेही खुलेआम अमेरीकि सिआईए (रास्वपा नेतृत्व, कुलमान घिसिङ, सुदन गुरूङहरू) भने काेही (बालेन्द्र साहहरू) घुमाउराेपाराले पाकिस्तानी आईएसआईमार्फत् अमेरीकि बुद्धि, रकम र टूलकीट टेक्नाेलाैजीकाे मद्दतले चल्दा हाल नेपालकाे अवस्था संकटमय हाे । २०६२/०६३ सालकाे जनआन्दाेलनकाे बेला कमाण्डर गिरिजाबाबूले गगन थापालाई शंकर हाेटलमा विदेशीसँग लुकेर बसीकन मास अर्का युवा शाेभाकर पराजुलीलाई राजावादीतर्फ ढल्केर अनि एमाले युवा याेगेश भट्टराईलेपनि असहयाेग गरेकाे भनेर काँग्रेसभित्रै पनि थापा र पराजुलिलाई आऊट गरेकाे भएतापनि थापाले पछि अमेरीकासँग राम्राे सम्बन्ध बनाएकाे अनि जेनजी विद्राेहपछि अमेरीकि सपाेर्टरका कथित् नेपाली जेनजीहरूले ब्याकअप दिएर हाल नेपाली काँग्रेसभित्र “विद्राेह” गराइरहेका कुरा बाहिर आइरहेकाे छ ।
यसै क्रममा आसन्न चुनाव २०८२ फाल्गुण २१ पछि संस्थापन पक्षले नियमित महाधिवेशन २०८३ काे वैशाखकाे अन्तिममा ताेकेर प्रकृया अघि बढाइसकेकाे परिप्रेक्ष्यमा विधानकाे हवाला दिई गगन थापा र विश्वप्रकाश शर्माहरूले यहि २०८२ पाैष २७ र २८ गते विशेष महाधिवेशन गरिछाड्ने भनेर कार्य समितिकाे निर्णयबेगर विधानविपरीत अघि बढिरहेकाले नेपाली काँग्रेस र समष्टिगतरूपमा नेपालकाे लाेकतन्त्र, स्वाधीनता र अस्मितामाथी नै संकट गहिरिएकाेमाथि याे लेख पूर्ण आधारित छ ।
निधिमाथि शाब्दिक र भाैतिक आक्रमण
नेपाली काँग्रेसकाे विधानमा भएकाे व्यवस्था अनुसार कुनै बेला गिरिजाबाबूबाट नेतृत्व बाहिर्याउनलाई चिरञ्जीवी वाग्लेकाे नेतृत्वमा वर्तमान सभापति शेरबहादुर देउवाले जायज प्रयास गर्दापनि सफल नहुँदा गुटबन्दीकाे अर्काे थालनी गिरिजाबाबूपछि, २०४६ साल यताकाे परिवेशमा, गरेका हुन् । याे बेग्लै कुरा हाे कि गिरिजाबाबूमा देउवा जस्ताे ढुल्मुले, अनिर्णयकाे बन्दी बन्ने नभई काेइराला परिवार, काँग्रेस र देशमाथि संकट वा, आनकाे कुराे आऊंदा उनी जुनसुकै कठिन राजनैतिक संघर्षकाे बाटाे अपनाएर भएपनि पुन: सत्तामा पुग्ने गरेका थिए ।
उनी कम्युनिस्टसँग मिलेपनि कि त काँग्रेसकै नेतृत्वमा सरकार बनाउँथे अथवा, आफूले चाहेकाे कुरा कम्युनिस्टलाई सरकारकाे नेतृत्व दिएपनि गराउँथे तर बाेलेकाे कुरा पूरा गर्थे र संगठन विस्तारमा जाेड दिन्थे अनि राष्ट्रिय सङ्कटकाे बेला दरबारले निम्त्याउँदा पनि समयमा महाधिवेशनमार्फत् नै बरू पुन: सभापति बन्थे । देउवा डेमाेक्रेट हुन् तर काँग्रेस नेतृत्वमा हुनुपर्ने गुणहरू गिरिजाबाबूकाे समकालीन रहेपनि सिक्न सकेनन् वा, सिकेरपनि कसैकाे दबावमा र स्वयम्मा पदलाेलुपता लामाे समय देखाइरहँदा काँग्रेसमा पुष्तान्तरण हुन ढिलाईभएकाे हाे भने देउवा कम्युनिस्टका सामु पार्टीलाई कमजाेर पारेका हुन्, कम्युनिस्टका अजेण्डमा लत्रिने र उनीहरूकाे सरकारलाई बाध्यभई काँग्रेसले समर्थन गर्नैपर्ने एऊटा मजबूर पार्टी ! काँग्रेस मजबूत हुनुपर्नेमा “मजबूर” बन्न पुगेकै हाे । तर जाे नेतृत्व सभापति हाे, संसदीय दलकाे नेता भई प्रधानमन्त्री बन्छ, उसैले पार्टी र सरकारकाे सफलता र असफलताकाे यश-अपयश भाेग्नुपर्छ अर्थात्, देउवाकाे नेतृत्वकाे भारी उनका साथी सङ्गती पूर्णबहादुर खड्का वा विमलेन्द्र निधिले लिने हाेईन ।
पछिल्लाे समय सभापति देउवा अलाेकप्रिय हुँदा उनका सहयाेगीभनेर विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शशाङ्क काेइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छेदार, कृष्णप्रसाद सिटाैला, डा. प्रकाशशरण महतलाई “सातभाई” काे उपमा विपक्षीले दिई अपमान मीडियासँगै एकसाथ गरिरहँदा पनि नेता निधि मधेशी समुदायबाट पर्ने भएकाेले उनलाई सामाजिक सञ्जाल तथा भाैतिकरूपमा समेत दुर्व्यवहार प्रतिपक्षकाे नेतृत्व हाल गरिरहेका नेता गगन थापा र विश्वप्रकाश शर्माका समर्थक कार्यकर्ता कहलिनेबाट भइरहेका छन् । पछिल्लाे उदाहरण गत मंगलवार निधिमाथि गगन थापा समर्थक नुवाकाेटका एक कार्यकर्ता भनिनेले काँग्रेस केन्द्रीय पार्टी कार्यालयमै दुर्व्यवहार गर्नुका साथै सामाजिक सञ्जालमा जताततै निधिमाथि सामुदाय र मधेश लक्षित अश्लिल टिप्पणीहरू धाेती, मधेशी, शकुनि, हजूरबा आदि लेखिएकाबाट भएकाे हाे । भारतीय पूर्वप्रम अटल विहारी वाजपेयीकाे भाषामा डिक्शनरीबाट प्रतिपक्षले खाेजीखाेजी संसदमा उनीमाथि खराब शब्दकाे बाैछार गरे जस्ताे निधिमाथि हाल थापाका मान्छेद्वारा बाैछार गरिएका छन् ।
सवाल छ, “सात भाई” मध्ये विमलेन्द्र निधिमात्र किन यति टार्गेटमा थापा र उनका समर्थकमा परे ? के निधिलाई दिमागी तेजमा जित्न नसकुञ्जेल देउवाबाट सभापति र संसदीय दलकाे नेता खाेस्न असम्भव देखेर हाे ? अथवा, नेता निधि हमेशा संघर्ष र त्याग अनि धैर्यपूर्ण प्रतिक्षामा हालसम्म देउवालाई सघाएकामा अब कतै निधिले नै सभापतिमा देउवाकाे समर्थन पाउने बुझेर कडा प्रतिस्पर्धी बुझे ? जे हाेस्, निधिले कहिल्यै गगन थापालाई पहाडी, केटाैले, अराजक, बदमास, अमेरीकाकाे नजिक जेनजीद्वारा पुग्न खाेजेका जस्ता केहीपनि तुच्छ शब्द प्रयाेग गरेनन् । हुनत जेनजी विद्राेहमा टार्गेट देउवा दम्पत्ति र निवास, काेइराला निवास, निधि निवास, स्वयम् गगन थापा आदि परे तर सभापतिमा प्रमुख प्रतिद्वन्द्वी चाैधाैं महाधिवेशनमा रहेका डा. शेखरले देउवामाथिकाे ज्यानलेवा भाैतिक आक्रमणलाई पाेलिटिकल कल्चर अनुसार भर्त्सना खुलेर अन्य पाका नेता निधिलगायतसँग गरेपनि गगन थापाहरूले भने भीडियाे सन्देशहरू जेनजीकाे नाममा मैदानमा उत्रेका सुदन गुरूङगहरू अगाडि “आत्मसमर्पण” भाषामा बाेल्दै तर समर्थनपनि खाेज्दै केवल काँग्रेसमा अबकाे नेतृत्व खाेस्ने बाटाे बनाउँदै गए ! देश जलेकाे बेला, मान्छेकाे घर जलाइएर साङ्घातिक आक्रमणकाे बेला सत्ता खाेस्ने गतिविधिलाई कसरी लिने आम काँग्रेसीजनले ?
विशेषबाट सभापति छान्ने तरिकाले अब पार्टी पनि अस्थिर रहने
हुनत २०५९ सालमा नेता रामचन्द्र पाैडेललाई अघि सारेर साे बेलाका प्रभानमन्त्री शेरबहादुर देउवाले पनि देशमा सङ्कलकाल लम्ब्याउनलाई काँग्रेसमा प्रयास गर्दा गिरिजाबाबूसमक्ष नसक्दा विशेष महाधिवेशन गर्नेमा अघि बढेका थिए । तर पछि पाैडेल नेपाली काँग्रेस (प्रजातान्त्रिक) काे सभापति बन्न नमान्दा स्वयम् देउवाले नै पछि बन्नुपरेकाे थियाे । पछि २०६४ सालमा पहिलाे संविधानसभा अघि मात्र गिरिजाबाबूकाे संस्थापन काँग्रेस र देउवाकाे प्रजातान्त्रिक काँग्रेस पुन: एक ढिक्का भई सगाेल नेपाली काँग्रेस बनेकाे थियाे । तर विभाजनकाे साे बेलाकाे पीडाले वामपन्थीहरू लाेकतान्त्रिक र दरबारमाथि हाबी माओवादी नामबाट भएकाे अवस्था थियाे भने हाल यदि गगन थापा जुन तर्क, बहाना, विदेशीकाे साथ-सङ्गत्ले विशेष महाधिवेशन गर्न कार्यसमितिकाे निर्णय बेगर अवैधानिकरूपले पार्टी सम्भवत: फुटाएरै नेतृत्व खाेस्न अघि बढ्दैछन्, त्यसले देशकै अस्तित्व र स्वाधीनतामा असर पुर्याउने तत्काल देखिन्छ । सवाल छन् : देउवाले विशेष गरे, मैंले किन गर्न नहुने हाेईन अपितु देउवाले पार्टी फुटाउँदा अब मैंलेपनि फुटाउन पाउनुपर्छ त ? राम्राे कुरा विगतबाट लिएर दाेहाेर्याउने कि खराब कुरा ? अनि देउवाले विशेष अधिवेशन डाक्दा देशकाे अस्तित्वमाथि सङ्कट कति थियाे र आज कति छ ? के हिजाे त्याे बेला राजा मारिंदा र माओवादी द्वन्द्वले नेपालमा मात्र गृह कलह थियाे तर आज जेनजी विद्राेहले पाकिस्तानकाे मार्फत् अमेरीकाले देश यहाँ जलाई, मन्दिरहरू जलाई सरकार नै लखेटेकाे अवस्था भएर देश गम्भीर सङ्कटमा छैन ? यस्ताे बेला देशमा हरेक दलहरूसहित बलियाे एकता र राष्ट्रियता चाहिएकाे छ कि विशेष अधिवेशनबाट पार्टी फुटाएर दल र देश कमजाेर पार्नुछ ?
अर्काे अब दूरगामी गलत अभ्यास नेपालमा हुने भयाे- देउवाले २०५८/०५९ मा र गगनले २०८२ पाैषमा विशेष अधिवेशन “विधानत:” गराएर सभापति खाेस्दा अर्काे काेही नेताले पनि अब पाँच वर्ष किन पालाे पर्खने बरू त्यही “विधानत:” पुन: विशेषगर्दै १-२ वर्षमा वा, ६ महिनामा सभापति खाेस्दै जाने ! यसकाे अर्थ अब विधान बमाेजिम ५० प्रतिशत मत सभापति बन्नलाई कट्टाउनु परेन, जति ल्याएर हारेपनि विशेष अधिवेशनकाे बलमा ३०-४० प्रतिशत मतले नै “शर्टकट्” मेथडले काम चल्नेभयाे । पहिला नेपालमा संविधान जति दुरूस्त पारिएपनि नेताहरूले “प्वाल पारेर” सरकार असमयमै स्वार्थवश ढलाउँथे, अब पार्टी नेतृत्वपनि अस्थिर रह्ने भयाे किनकि विशेष थापा वा देउवाले मात्र गराउने भनेर कुन विधानमा लेख्या छ ? यदि आज गगन थापा र विश्वप्रकाश शर्माहरूले यस धैर्यता, विधान, सिनियरलाई सम्मानसहित युवाकाे माग सम्बाेधन गर्न जानेनन् र नेतृत्व संख्याकाे बलमा हठात् खाेसे भने भाेली आफूपनि अपमानित हुन तयार रह्नुपर्ने भयाे, जुन बदलाकाे राजनीति हुनेछ तर देश र पार्टी रूने गलत कार्य हुनेछ ।
काँग्रेस सगाेल नरहन सक्छ
कुनै पनि पार्टी आपसी विश्वास, समन्वय, सम्मान, विधिविधान, पार्टी निर्देशक सिद्धान्तकाे परिपालना, सबैकाे भावना बुझ्ने आदिले राम्ररी चल्छ । विगतमा २०४६ सालपछि पनि सभापति काेइरालाद्वय गिरिजाबाबू र सुशिलदा, देउवाबाट शायद यी कुरा नभएकैले गगन-विश्वशरू विशेषतर्फ विधानविपरीत, बिना कार्य समितिकाे निर्णय, अगाडि बढ्न चाहेका छन् । तर काँग्रेसी कार्यकर्ता, नेपालका लाेकतन्त्रका समर्थकहरूले के थापा-शर्मामा उत्तम विकल्प देख्छन् त ? जवाफ हाे- छैन !
आज थापा-शर्माले विधान मिच्ने अराजकता निम्त्याउँदैछन्, विशेष महाधिवेशनले नै कार्य समितिकाे निर्णयपनि उल्टाउने भन्छन् । गगनले त झन् “हाैलले नेतृत्व गर भन्दा म पछि हट्ने कुरा हुन्न” भनेर सावित गरिदिए कि उनले काँग्रेसमा परिवर्तनकाे लागि, देशमा सुशासनकाे लागि नभई केवल नेतृत्व खाेस्नकाे लागि सुदन गुरूङ, रवि लामिछाने, रक्षा बम जेनजी कम्युनिस्ट आदिकाे भरमा पाकिस्तान-अमेरीकी साँठगाँठले विशेष अधिवेशन गराउँदैछन् । यसरी गगनहरू कसरी नेतृत्वका उत्तम विकल्प हुन् ? उत्तम त के सामान्य विकल्प बन्नपनि उनीहरूले धैर्य, प्रतिक्षा, अरूकाे सम्मान गर्दै राष्ट्र जाेगाउने संकल्प लिने आदि गर्नुपर्ने देखिन्छ किनकि गगन-विश्वका मान्छे समर्थकहरू पहिला देशकै मधेशीप्रति आफू पहाडी समुदाय जतिकै समान सम्मान र आदर सिक्नुपर्याे ।
थपमा २०७९ काे चुनावमा गगन थापाले नै काँग्रेसमा देउवाकाे “हार” देखाउन काँग्रेसलाई नै हराउन रवि लामिछानेहरूलाई अमेरीकि समर्थनमा “घण्टी” जस्ताे बज्ने बिना सपद्धान्तकाे पार्टी खाेल्नलगाएकाे आराेप छ, त्याे पखाल्नु नै छ किाकि रास्वपाले गगन थापाकाे क्षेत्रमा उम्मेद्वार उतारेकाे थिएन ! सर्लाहीमा डा. अमरेशकुमार सिंहलाई काँग्रेसबाट भगाउने गगन प्रत्यक्ष संलग्न खेलाडी हाे । अन्य नेताले झैं गगन थापालेपनि यस पालि स्वसुर अर्जुननरसिंह केसीलाई समानुपातिकमा नाम टिपाएकाे आराेप छ भने बाख्रा पालनमा भ्रष्टाचार गरेकाे र सहकारीमा ठगी रवि लामिछानेले झैं गरेकाे कुराहरू आईरहेका छन् नै । अनि गगन-विश्व देउवाकाे विकल्पमा असल नेतृत्व कसरी हुने भए ?
एकातिर गगन थापाले “हाैलले बनाए नेता बन्ने”, गिरिजाबाबू र सुशिलदाद्वारा पेलिएका नेता महेश आचार्यले विशेष अधिवेशनले नै कार्य समितिकाे निर्णय उल्टाउने वा, रद्द गर्ने भन्ने अनि उत्ता देउवा निकट मानिने नेता कृष्णप्रसाद सिटाैलाले कार्य समितिकाे निर्णय नमान्दा नै पार्टी एक नरह्ने बुझिने भन्नुले यदि गगन थापाहरू विशेष अधिवेशन गराए भनी नेपाली काँग्रेस फुट्ने, संस्थापन पक्षले निर्वाचन आयाेग र अदालत जाने, संसद पुनर्स्थापना हुने/नहुने बहस र अन्तत: नेपालकाे लाेकतन्त्र कमजाेर हुने पक्का देखियाे । यहि कुरा नेपालका कम्युनिस्ट, अराष्ट्रवादीहरू, पाकिस्तान-अमेरीकि स्वार्थ बाेक्नेहरूले चाहेका छन् ! अत: गगन थापा र विश्वप्रकाश शर्माहरूले विवेक पुर्याउन यस अन्तिम घडीमा, यतिमात्र एउटा लाेकतन्त्र, काँग्रेस राम्राे देख्न चाह्ने र देशकाे स्वाधीनतासहित अस्तित्व देख्न चाह्ने प्राध्यापकले लेख्न, अनुराेध वा अपील गर्नसक्छ ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

