के जेनजीहरू रास्वपाकाे अवस्थामा हुन् ?

मनोज कुमार कर्ण

जेनजी आन्दाेलन गत भदाै २३ र २४ गते भयाे, जे-जे नहुनुपर्ने घूसपैठहरू ती सबै भए, सुशिला कार्की नेपालकी पूर्व चीफ जस्टिस्काे नेतृत्वमा संविधानले नदिएकाे कुरा सरकारपनि बन्याे ।

जेनजीकाे चर्चा शहरदेखि गाउँसम्मै छ- राम्रा सकारात्मक परिवर्तन चाहेकाेदेखि यिनिहरूकाे अराजकता कता-कता र जेनजी नेपालकाे आन्दाेलनकाे केसमा भन्ने हाे भने यिनिहरूकाे आन्दाेलनमा सक्रिय मान्छे कतिपयका विवादित अनुहार, विदेशी टूलकिट, रकम लगानी आदिबारे नकारात्मक चर्चापनि साथसाथै चलिरहेकाे छ । मान्छेमा जेनजीबारे थप जान्न काैतूहलताकाे बीच भयत्रासपनि व्याप्त छ ।

वर्तमान संसदमा निर्वाचित दल र सांसदकाे संख्या वा भनाैं नेपालमा कम्युनिस्टहरू आपसमा फुटेर बनाएका दलकाे संख्या भ्यागुताका धार्नी जस्तै जेनजीका समूह संख्या भईसके । कति जेनजी दशैंपछि रूँदै विदेशिनपनि बाध्य भईसके तर सबै हाेईनन् ।

याे लेख यसै बेराेजगारीकाे मुद्दामा रहेर नयाँ दल २०७९ काे चुनावकाे मुखमा रवि लामिछाने नेतृत्वकाे रास्वपा र हाल आसन्न चुनावकाे बेला बालेन्द्र साह वा सुदन गुरूङ नेतृत्वकाे जेनजी बन्ने नयाँ पार्टीमा के कति समानता नेतृत्व र खासगरी बेराेजगारीमा छन्, ती बारे छाेटाे चर्चा गर्न तयार पारिएकाे हाे ।

नेतृत्वमा समानता

रास्वपा पनि बन्नु अघि रवि लामिछानेकाे नेतृत्वमा केही वर्ष अघिदेखि मीडियामा तडकभडक थियाे र २०७९ काे चुनाव अघि दलकाे रूप लियाे । २०८४ सम्म याे संसद जाने भनिएकाेमा तेस्राे ठूलाे दल माओवादीले काँग्रेस र एमाले सबैलाई फालेर लाजशरम् पचाएर सत्तारूढ हुँदा बाध्य भई दुई ठूला दल काँग्रेस र एमालेकाे सरकार डा. शेखर काेईरालाकाे सिद्धान्तमा कथित् स्थिरताकाे लागि बनाईयाे । तर जसकाे नीति उसकाे नेतृत्व अनुसार काेईरालालाई प्रधानमन्त्री दिईएन भने सुशासनतर्फ सरकार काम गर्न सकेन, उल्टै एफएटीएफकाे ग्रे-लिस्टमा नेपाल पर्याे ।

प्रतिपक्षी माओवादी ओली सरकारकाे गठनपछि सरकार ढाल्न संसदीय असफल प्रयास धेरै गर्दापनि नसकेर जेनजीमा आफ्ना मान्छे मिसाएर सडकबाट फालेका भन्ने कुरा जेनजी विद्राेह भदाै २३ गते केही समय मात्र अघि प्रचण्डकाे भाषणबाट पुष्टि हुन्छ । जे हाेस्, माओवादी प्रचण्डकाे जेनजीमा घूसपैठ कथित् जेनजी मार्फत् जे जस्ताे गराईएपनि असली जेनजीहरू भ्रष्टाचारबाट आजित र राजनैतिक चेतना कम भएकाहरू थिए जबकि प्रशिक्षित जेनजी, प्रचण्डहरूका, भ्रष्टाचार अझ पार्टीलाई गर्न दिने र राजनैतिक चेतनायुक्त थिए भन्ने कुराेमा दुई मत छैन । असली जेनजी बालेन्द्र साहमार्फत् (भनाैं राजावादीहरू) चीन, पाकिस्तान, सिआईए जताबाट परिचालित भएपनि अहिले सुदन गुरूङहरू अग्र माेर्चामा छन् भने प्रचण्डका जेनजीहरू भित्रभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपति चिनियाँ माेडेलमा जान प्रचण्डकै दिमागले लैस भएर काम गरिरहेका छन् । यदि सुदन गुरूङहरूकाे नेतृत्वकाे कुरा गर्ने हाे भने बल्ल रास्वपाका रवि लामिछानेका केही अवस्थासँग तुलना गर्न सकिन्छ ।

लामिछानेका समस्या प्रमुखरूपमा विवादित लुकाउन नसकिएका कानूनी नीजि त्रुटि दाेहराे नागरिकता, दाेहराे राहदानी, सहकारी रकम अपचलन, चरीत्रहीनता, आर्थिक भ्रष्टाचरण थिए भने दलकाे मुख्य समस्या जनतालाई अमेरीकाद्वारा क्रष्चियनहरूले भनेर भाेट हालेकामा नेपाली जनताकाे विश्वास कसरी जित्ने अनि नारा दिईए अनुसार बेराेजगारी कसरी हटाउने थिए । अरू स-साना समस्या दलकाे कार्यालय र व्यक्ति व्यवस्थापनमा भईहाल्छन् । रास्वपामापनि अधिकांश राजावादी, वर्तमान संविधानका विराेधी र विदेशीद्वारा परिचालितहरू थिए र छन् ।

यत्ता गुरूङ नेतृत्वकाे स्वदाबीवालामा पनि स्वयं गुरूङकाे विगत ठमेलमा दिनेश अधिकारी “चरी” ईन्काउन्टरमा मारिसकिएका डनकाे ग्याङकाे पूर्वसदस्य, हाल विदेशी टूलकीट र फंडिङ्गमा नेपालमा जेनजी आन्दाेलन गराएका, ड्रग्गिस्ट र हथियारधारी बाेक्ने जस्ताे अनुहार आदि एक दिन कानूनमा परिने जस्ताे छ भने दलगतरूपमा दल खाेल्ने, मान्छे व्यवस्थापन, विदेशीकाे ईशारामा काम गरि नै रहेकाले राष्ट्रवादी सावित गराएर भाेट लिन संघर्ष अनि बेराेजगारी मानसिक चिन्ताहरू छन् । यी दुईटैमा समानपात्र, विदेशसँग विशेष साईनाे भएकी, सुमना श्रेष्ठ रास्वपाबाट अब जेनजीतर्फ राजनैतिक बसाईसराई गरिसकेकी र सक्दाे चुनाव हुने बेलासम्म स्वर्णिम वाग्लेलगायत धेरै ठूलाे समूह रास्वपा त्याेगर यस्तै सराई गरेर रास्वपा रित्ताे पारिदिए आश्चर्य नमान्नुपर्ला, स्वार्थवाद र स्वदेशभन्दा विदेशकाे सेवाभाव जाे यिनिहरूमा बढी छ ।

राेजगारकाे बाटाे युनिभर्सिटीले देखाउनुपर्ने

नेपालमा वा, भनाैं उद्याेग, कलकारखाना, कृषि, उत्पादकत्व बढाउने जस्ता क्षेत्रमा केहीपनि नभएकाे र भएकाेपनि समाप्त गरेका माओवादी र अब यी जेनजी तथा २०६३ सालपछिका आलसी र नीजि स्वार्थ पूरा गरिरहेका सरकारका पात्रहरू नेपालमा रहेका जस्ता अन्य अर्काे कुनैपनि दलकाे निमित्त राेजगार सीर्जनाकाे काम कुनै माटाेकाे भाँडाे कुम्हारले गढेर दिने जति सजिलाे छैन । त्यसकाेलागि देशमा शान्ति, स्थिर सरकार, याेजना, लगानी, श्रम, देश बनाउने दायित्व र बाेध आदिकाे जरूरत पर्दछ । युनिभर्सिटीले सरकारलाई नयाँ दिशा बाेेध गराउन सक्छ ।

तर युनिभर्सिटीहरूमा छाता अभिभवाक प्राध्यापक संघ साल २०१९ बाट पञ्चायतदेखि नै सक्रिय नेपाल र लाेकतन्त्रकाे खासगरी दशा र दिशा तय गर्ने संस्था हाल स्वयं नै अधिवेशनहरू गराउन नसकेर लाजले सरकारलाई पनि भेटेर देश र लाेकतन्त्रकाे हीतमा बाेल्न नसकिरहेकाे अवस्था छ । यहाँ वर्तमान सरकारले वा यस सरकारकाे जन्मदमता “जेनजी”हरूले प्राध्यापक संघ सुन्दा नाक खुम्च्याउने भनेकाे दल निकट वैचारीक संघ, संगठनजस्तै हाेईन, अपितु छाता नेपाल प्राध्यापक वा त्रिवि प्राध्यापक संघ वा यस्तै भनेकाे युनिभर्सिटीकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताकालागि हुन् बुझ्नुपर्छ । दुर्भाग्य, छाता प्राध्यापक संघहरूमा अधिवेशनसमेत गराउन नसक्ने काबिल नरहेकाहरू वैचारीक संघ, संस्थाका मठाधीशमार्फत् दलकाे नेताकाे “टीका थपाई”मा बिना पर्फाेर्मेन्स गएका हुन् भने वैचारीक प्राध्यापक संघ, संगठनले कि स्वयं अवसर लूटेका छन् अथवा पद बच्ने गरेका छन् तसर्थ, शिक्षा मन्त्रालयले सबै बुझेर मात्र “अपरेशन” गर्दा कुन क्यान्सरलागेकाे अङ्ग “काट्ने/फाल्ने” वा राख्ने निर्णयमा पुग्नुपर्छ ।

जथाभावी छाता प्राध्यापक संघलाई नै चलाईदियाे भने गाह्राे हाेला तर अधिवेशन गराउ नत्र सरकार कहाँ तिमिहरू केहीपनि लिएर यहि टिमबाट नआऊ र अबकाे अधिवेशनमा तिमिहरू नुटा, टुटालगायतका अधिवेशन गराउन नसक्ने असफल अनुहारपनि दाेहाेर्याएर नयाँ बनी नआऊ चाहिँ भन्नसक्छ, नमाने बेईज्जत गर्नसक्छ यस्ताहरूलाई । यहाँ, संक्षेपमा के भन्न खाेजिएकाे हाे भने कि स्वयं “स्वस्थ्य” र सक्षम प्राध्यापक छाता संघले पाे देशलाई राेजगार, लाेकतन्त्रकाे टेवा आदि दिन सक्छ र, युनिभर्सिटी स्वयम्मा चुकेर लाेकतान्त्रिक नबन्दा नै हाम्रा नेताहरू बिग्रे अनि उल्टै युनिभर्सिटी/प्राध्यापकलाई नै सरकार/दल/नेताहरूले चलाउन थाले, बिग्रेकाे यहाँ हाे । शिक्षामन्त्री विद्वान् र अनुसन्धानमा पाेख्त रहेकाे भएपनि देशमा दल र युनिभर्सिटीबीचकाे याे मर्यादाक्रम र सम्बन्ध बुझ्न नसकि प्राध्यापकका सबै निकायलाई एउटै नजरीयाले हेरेर हेप्न, जिस्काउने, पेल्न थाले देशमा बबाल हुनेछ । नेपालकाे केसमा सरकारले त्रिविका पूर्व भीसिहरू डा. तीर्थराज खनिया, केदारभक्त माथेमा, प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई जस्ताहरूसँग सरकारले राम्राे हाेमवर्क गर्नसक्छ किनकि खनियाले नेपालका युनिभर्सिटीमा नयाँ फड्काे मारिसकेका छन् भने माथेमासँग २०४६ सालकाे परिवर्तनपछि र भट्टराईसँग २०६३ सालपछिकाे परिवर्तनपछि कम समयमा र सीमित स्राेत-साधनबीच अनि नासमझ धेरैहरूकाे विराेधैविराेधका बीचपनि धेरै काम अवसर पाएकाे बेला गरिएका रेकर्ड छ । डा. सुरेशराज शर्मा र डा. अम्मराजजाेशीहरूपनि यसमा पर्छन्, अरू धेरै छन्- सरकारले नै खाेजेर सम्झिउन् हरेक युनिभर्सिटीका विगतका नेतृत्वबाट ।

युनिभर्सिटी, प्रहरीमा माओवादी, रास्वपा, जेनजीकाे आँखा राेजगार नभई कब्जाकाे बदनियत

सबैले बुझेकाे ऐतिहासिक तथ्य याे हाे कि राणा शासन हटाउन नेपाली काँग्रेसका जनमुक्ती लडाका नै राजयद्वारा नेपाल प्रहरी गठन गरियाे (काँग्रेस र प्रहरीकाे “जय नेपाल” अभिवादन समानतापनि हाे) । पछि अन्य विद्राेह माले कम्युनिस्टहरूकाे हुँदा उसका दस्ता र विज्ञापनहरूमा आम जनताले पनि नेपाल प्रहरीमा गएका हुन् । तर माओवादीका सशस्त्र लडाकाहरू नेपाली सेनामा याेग्यजति समायाेजनमा परे भने अरू प्रहरीलगायत अन्य विभागमा वा विदेशिए । हाल जेनजी आन्दाेलनमा प्रहरीलाई सेना अथवा माओवादी र जेनजीहरूलाई “निकम्मा” सावित गराईनुकाे मूल कारण नेपाल प्रहरीकाे साईनाे काँग्रेससित विगतमा रहेकाे र पूअर उनीहरूकाे पर्फाेर्मेन्सले हाे । तर कमजाेर कार्यदक्षता त सशस्त्र र सेनाकाेपनि जेनजी आन्दाेलनमा देखिएकै हाे । हाल जेनजीहरूकाे आँखा विगतमा पहिला माओवादी अनि रास्वपाले प्रहरी र युनिभर्सिटीमा आफ्नाे मान्छे छिराउन जे जस्ताे अवैधानिक “युक्ति”हरू अर्थात्, खुराफातीहरू देखाईए, खासमा तीनै अराजनीतिक फाेहरी खेलमा जेनजी नेतृत्वले कथित् आन्दाेलनकर्मी ड्रग्गिस्टदेखि लिएर लूटेरादेखि सज्जनपनि सबैलाई अवैधानिक बाटाेबाट छिराउन खाेजिरहेका छन् ! तसर्थ, कुन दिन, कति खेर जेनजी सरकारले उट्पट्याङ निर्णय कुनै निकायमा लिई जेनजी छिराउने हुन्, त्याे थाहा छैन र, सबै निकाय सचेत हुनुपर्छ ।

वास्तवमा गत भदाै २४ गतेसम्मका सरकारहरूले बेराेजगारी र भ्रष्टाचार बढाए भनेर युवाहरूलाई विदेशिनबाट हामी नेपालमा काम दिनेछाैं भनेर आन्दाेलनमा युज “बाघकाे सवारी” त गरे तर अब सरकार बनिसकेपछि उनीहरूलाई राेजगार नदिंदा “बाघबाट ओर्लेपछि” सवारकर्तालाई नै खाईदिने स्थिति छ ।

निष्कर्श

तसर्थ, माथि उल्लेख गरिए अनुसार चुनाव समयमा हुनुपर्याे । उग्रदक्षिणपन्थी वा उग्रवामपन्थी वा स्वयम् जेनजीले चुनाव भाँडेर सत्ता लम्ब्याउनुभएन । सरकारले सम्झाएर वा पेलेर युनिभर्सिटीका छाता प्राध्यापक संघहरूमा अधिवेशन गर्न बाध्यपारी क्यालिबरभएका, युनिभर्सिटी र देशकाे सम्बन्ध बुझेकाहरूलाई नेतृत्वमा ल्याएर देशमा राेजगारकाे अवस्था युनिभर्सिटीका प्रशासनिक र प्राध्यापक छाता संघका नेतृत्वहरूले स्वच्छ आफनाे परिभाषा अनुसारका कर्तव्य पूरा गर्ने वातावरण बनाउनुपर्छ ।

देश बनाउने हाे भने जेनजीहरूले दलहरूलाई निषेध गरिरहेकाे पाेलिसि तत्काल फेरेर सहकार्य गरि प्रतिस्पर्धात्मकरूपमा सँगै अगाडि बढ्नुपर्छ । जेनजी आन्दाेलनमा घूसपैठबारे प्रष्ट गल्ति भएकाे स्विकारेर, त्यस्ता घूसपैठियालाई पनि एकसाथ छानबिनकाे दायरामा ल्याउने हाे भने अर्काे देशले नेपालका युवालाई पुन: राेजगार दिने, नेपालमैपनि लगानी गर्ने, उद्याेग कलकारखाना खाेल्ने, पर्यटनवृद्धि हुने, लाेकल वस्तुकाे उत्पादन हुने आदि हुनेछन् नत्र पुराना दलबाट हुँडारहरूले विदेशीकाे बलमा सत्ता खाेसेकाे अर्थ लाग्न गई थप दलहरूलाई निषेधपनि गरिरह्याे भने देश अशान्तिकाे भूमरीमा फस्नेछ ।

याद रहाेस्, देश त राजनैतिक प्रतिगमन गरि २०४७ सालकाे संविधान ब्यूँत्याइएप नि जानेछ तसर्थ, यसै संविधानमा रहेर निकास खाेज्नुपर्छ ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय