कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ। बैठकमा जेन-जी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम सहित आगामी महाधिवेशन बारे पनि छलफल हुनेछ।

जेन-जी आन्दोलनमा घरमै आक्रमणमा परेका सभापति शेरबहादुर देउवा आजको बैठकमा सार्वजनिक हुनेछन् । कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति आउने तय भएको कार्यालयले जनाएको छ। यसअघिका पदाधिकारी बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्दै आएका थिए।

जेन-जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते सभापति देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा माथी घरमै सांघातिक हमला भएको थियो। त्यसपछि दुबैजना सघन उपचारमा रहेका थिए। उपचारपछि घर फर्किए पनि उनीहरु अहिलेसम्म सार्वजनिक रूपमा देखिएका थिएनन्।

सभापति देउवा हालसम्म पार्टीका सीमित नेताहरूसँग मात्र भेटघाटमा छन् । अब पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भने उनको सहभागीता हुनेछ। यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा देउवाले उपसभापति खड्कालाई जिम्मेवारी दिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय