जेनजीकाे बाढीमा …
मनोज कुमार कर्ण
नेपालमा जेनजी आन्दाेलन गत मिति २०८२ भदाै २३ गतेकाे आन्दाेलनबाट चर्चामा आएकाे हाे । करिब एक महिनाभित्र धेरै चर्चा हुनुभन्दा पनि यस जेनजी काे नाममा सन् १९९७ देखि सन् २०१२दबीचमा जन्मेका उमेर समूह भन्दा बढी उमेरका र देशमा जागिरबाट अवकाश प्राप्त गरेका, अन्य व्यवसायका, बेराेजगार आदि वर्गका मान्छेहरूमध्ये अधिकांशले कसरी तत्काल छक्का हानेर, झुक्याएर मन्त्री बनिहालाैं भन्ने दाउमा छन् ।
कतिलाई गुमेकाे सत्ता फर्काउनु छ भने कसैलाई राजशाही पुरानाे तन्त्र र त्यसैकाे आडमा अन्यलाई मन्त्री तथा प्रधानमन्त्री पद पड्काउनु छ । राजनैतिक दलहरूलाई भने देशमा आफ्ना शीर्ष नेताहरूलाई वैधानिकढंगले नेतृत्व परिवर्तन गरि संविधान अनुसार संघीय लाेकतान्त्रिक गणतन्त्रकाे ट्रयाकमा राख्ने अनि जेनजीकाे मागलाई सम्बाेधन गर्नुपर्ने राजनैतिक दायित्व छ ।
याे लेख जेनजीकाे आडमा कस्ता पात्र र प्रवृत्तिहरू धमिलाे पानीमा माछा मारेर सत्तारूढ हुन चाहिरहेका छन्, संविधानमाथि कसरी प्रहारहरू भईराखेका छन् तर अधिकारकाे कुरा नगरी केवल खाेस्ने, लूछ्ने प्रवृत्ति कसरी जंगली, असभ्यरूपमा प्रकट भएर सभ्य केहीका असभ्य असली चेहरा देखिरहेका छन्, त्यसमा आधारीत छ ।
अधिकारकाे कुरै नगराैं
जेनजीकाे विद्राेह र भाेलिपल्ट २०८२ भदाै २४ गते जुन घूसपैठिया, देशद्राेही र सत्ताका लालचीका एक प्रकारका जमातबाट जुन प्रकारले ताेडफाेड, आगजनी, लूटपाट, कूटपिट आदि आपराधिक गतिविधि देखिए, त्यसपछिकाे माहाेलमा देशमा बनेकाे सरकार र सरकारलाई गाईडगर्ने जेन्जीकाे ग्रुपले वर्तमान संविधानमा उल्लेखित धेरै वर्गका अधिकारका कुराप्रति माैन व्रत राखेर आ-आफूले चाहेकाे मिस्सनमा अगाडि बढिरहेकाे दु:खद् दृष्य हेर्न सकिन्छ ।
उदाहरणकाे लागि वर्तमान सरकार र यसका सर्जक जेनजी अनि जेनजीकाे कभरमा लुकेका पात्रहरूले मधेशी, आदिवासी, जनजाति, अन्य समूह, महिला, दलित आदिकाे अधिकारकाे कुरा गर्दैनन् तर उनीहरूकाे मनभित्र लुकिएकाे अजेण्डामा जाे आन्दाेलनमा रहेर र वा, चूपभएर भित्रभित्रै सघाउनेहरू हुन्, त्यस वर्गका मान्छेहरूलाई टपक्क “विज्ञ” वा के-के नाउँमा टिपेर मन्त्री बनाउने वा अन्य अवसर दिने कामहरू भईरहेका छन् ।
मधेशीप्रति त असाध्यै घृणा यस सरकारका मान्छेमा र सरकारकाे सर्जकमा देखिन्छ, भलै अनिल सिन्हालाई स्वयम् अदालती निकट कनेक्शनकाे आधारमा मन्त्री बनाईएकाे छ तर त्याे उनलाई मधेशी नभएर “अदालती नाता”ले प्रम सुशिला कार्कीले बनाउनुभएकाे हाे । यदि मधेशी भनेर बनाउने भए डा. संगीता मिश्र, जसले जागिरबाट पनि राजीनामा दिईन्, उनलाई दिन्थ्याे तर दिएन । कस्ताे विडम्वना कि उनलाई नेपालकाे सरकारले नागरिकता दिई सहसचिव कर्मचारीसम्म बनाउने तर मन्त्री बन्न नदिने ! झलनाथ खनालकाे सरकार २०६८ सालतिर अर्थराज्यमन्त्रीमा ल्यारक्याल लामा तीन देश नेपाल, चीन र भारतकाे नागरिकताधारीलाई ल्यायाे किनकि उ लामा, ठेट् “नेपाली” थेप्चाे नाक र थर अनि गैह्रमधेशी परेका थिए ।
यस्ता कति उदाहरण छन् । सुजाता काेईरालाका जमर्न नागरिकसंग विहे गरेर नेपालमा मन्त्री बन्न उनलाई “सदर” पार्न उनका बुवाले के के व्यवस्था देशमा पारिहाल्नुभयाे तर डा. संगीता मिश्र स्वभाविक वैवाहिक नागरिकता लिएर जागिर यहाँ खाएरपनि मन्त्री बन्न “बदर” हुनुभयाे किनकि उहाँ कुनै लामा वा काेईरालावाला ठेट २४ क्यारेटवाला विशुद्ध सुनकाे खाँटी नेपाली पर्नु भएन । जाे जेनजी मधेशी यादब भाईले भदाै २३ काे प्रदर्शनकाे लागि सिडियाे कार्यालयमा अनुमति लिन गए, उनीपनि अहिलेसम्म मन्त्री बन्न अयाेग्य नै याे मधेश विराेधीहरूकाे जमात्मा देखिन्छ । याे बेग्लै कुरा हाे कि याे स्तम्भकारले जेनजीका जायज मागलाई सपाेर्ट गरेपनि जसरी विदेशी रकम र टूलकिटमा प्रयाेग भई यिनिहरूले देशमा एकप्रकारले बाह्य अजेन्डाकालागि उत्पात मच्चाएका छन्, त्यसले गर्दा यी सम्पूर्ण जेनजी नामक ब्याण्डमाथि नै आशंका गर्छ र यिनिहरूका गतिविधि वाच् गरेर बसेकाे छ, तत्काल सबै नबुझि सपाेर्ट गर्ने कुरै आउँदैन ।
यस्ताेपनि हुन्छ कि आदिवासी-जनजाति भनेर महाविर पुन वा टाँसि लामालाई संविधानकाे मर्म अनुसार नदिने तर म्यागसेसे पुरस्कार र तिब्बति नगरिकता भएका आधारमा यिनिहरूलाई सरकारले सम्झिहाल्ने ? याे सामान्य कुरा हाे ?
महिलापनि कार्की बाहेक जेनजी प्राेडक्टकाे मिस्सनरी यस सरकारले मन्त्रीमा अन्य काविललाई भेटाउन सकेकाे छैन । सक्दैनपनि किनकि संविधानत: वर्गकाे अधिकारलाई सम्मान गर्नुभन्दा पनि यस संविधानलाई निकम्मा सावित गरि मिस्सनरी मान्छे महिला, पुरूष, मधेशी, पहाडी आदि जाे भएपनि सेट गर्नुछ । त्यसैमा वर्ग, क्षेत्र, जात, समूह मिल्याे भने आफैं मिलाउ, नमिले नमिलाेस् भनेर चुनाैतिदिई याे सरकार र यसका सर्जकले देशमा दुर्घट्ना निम्त्याउने गरि काम गरिरहेकाे छ । स्पष्ट हुनुस् कि कुनै याेग्यता, विशेषताभन्दापनि मिस्सनरी एजेन्डामा लागेकालाई टिप्दै याे विशेषता अनुसार “याेग्य” छ भन्दै सरकार हिंड्या छ ।
हिजैका खेलाडीहरू
नदीकाे बाढीमा पानीमात्र बग्दैन- माटाे, झारपात, रूख, सर्प आदिपनि बग्छन् । यस जेनजीकाे आन्दाेलनमा सडकमा देखिने अनुहार जेनजी उमेरबाहेक अन्य धेरै अनुहार प्रदर्शनदेखि ताेडफाेड, आगजनी, रमिते आदिरूपमा देखिए । घाईतेभएर अन्य समूहका हस्पिटलमा भर्नापनि भए । तर अनुहार नदेखिने गरि जेनजी बाहेकका अनुहारहरूपनि जबर्वस्तरूपमा थिए जसकाे प्रमाण जेनजी आन्दाेलनपछिकाे सरकारमा चयनित अनुहार हुन् । अझै ती अनुहारहरू, जेनजी उमेरका बाहेकहरू, सार्वजनिक हुनेक्रममै छन् भने स्वयं जेनजीलाई अगाडि सारेर विभिन्न व्यक्ति, राजनैतिक दल, दरबारिया शक्तिहरू नयाँ नयाँ जेनजी समूहहरू दिनहुँ च्याउसरी खाेल्न, खुलाउनमा व्यस्त छन् । याे कुरा देशकाे दुर्भाग्य हाे । उदाहरणका लागि हिजाे प्रहरीकाे आईजीपि, नेकपा एमालेका संसदीय उम्मेदवार रहेका सर्वन्द्रनाथ खनाल यदि जेनजी 2.0 काे टेक्निकल टिमकाे मेम्बरकाे रूपमा आउँछन् भने कि त्यसलाई जेनजी (एमाले) बुझ्नुपर्याे वा, एमाले पार्टी खनालले छाेडिसकेकाे बुझ्नुपर्याे अथवा, दलमा लागेर तत्काल मन्त्री बन्न सकिँदन
बुझेर जेनजी फर्मूला अपनाएकाे बुझ्नुपर्याे । यस्ता जेनजीकाे मुखाैटामा लुकेका “गञ्जी”हरू अनेकन छन्, कति सत्तारूढ भईसके भने कति क्रम मिलाउँदैछन्, आखिरमा सत्तारूढ भईहाल्नुपर्ने मानसिकता न हाे हाम्राे समाजकाे कुरीति ! तर यदि जेनजीमा प्रहरीकाे आईजीपि नेतृत्वहरू आउँछन् र सत्तारूढ हुने नै उत्कट् चाहना छ भने जेनजीकाे नाउँमा सुनपानीले स्वयंलाई छर्कनु अघि जनताले साेध्नुपर्ने भयाे – दलहरू हिजाे घूसखाेर थिए भने तपाईंले आईजीपि बन्न र सांसदकाे टिकट पाउन एमालेलाई कति घूस दिनुभयाे ? अनि घूस लिने मात्र भ्रष्टाचारी कि तपाईं घूस दिनेपनि भ्रष्टाचारी ?
यस्तै यदि नेपालकाे न्यायालय भ्रष्टकाे अखाडा, अयाेग्यकाे अखाडा थियाे भने त्यहाँ गुट चलाएर न्यायालय च्यापेर बसि अरूमाथि अन्याय गरि पद र अवसर खाेस्नुपनि त अनैतिकता र अपराध नै हाेला नि ? तसर्थ, अदालती कनेक्शनकाे आधारमा बाेल्नुपर्दा हाल यस सरकारले काममा लगाएका मध्ये स्वयम् सुशिला कार्की, अनिल सिन्हा, ओमप्रकाश अर्याल, गाैरीबहादुर कार्कीहरू लहर नै लागेर आउनु यस अदालती नेटवर्ककाे सूत्रधार कल्याण श्रेष्ठ वा, स्वयम् कार्की वा, अन्य काे हुन् र किन गुट चलाएर नेपालकाे न्यायालयलाई कब्जामा लिएकाे भनेर प्रश्न उठाउने कि नउठाउने ? अनि के यिनिहरू सबै जेनजी हुन् त ? हाेईनन् ।
तसर्थ, यीनिहरूले अवकाशपछि पद नपाउँदा, पद किन्न नसक्दा तर अदालतमा “सत्ता चलाएकाे” लत्त लागेर “बाध्य” भई देशकाे सत्ता असली जेनजीकाे काँधमा बन्दुक राखेर पड्काई खाेसेका रहेछन् र पुरानै प्रवृत्तिहरू देखाईरहेका छन्- हालसम्म मन्त्री मण्डल पूरा नगर्नु, चुनावकाे म्याण्डेडलिएर गठित् सरकार त्रिविदेखि लिएर अनावश्यक हात हाल्ने, जेनजी संख्या बढाउने, चुनावभन्दा अलगअलग विवादहरू निम्त्याउने, अन्य दललाई निषेध गर्न, राजनैतिक पूर्वाग्रह राखेर मधेशीलाई हेप्ने, संविधानबाट शासकीय स्वरूप र संरचना फेर्ने अराजक हर्कत गर्न अहिले नै साेच्ने आदि । के असली जेनजीका माग गत भदाै २३ गतेतिर पुराना नेतृत्व दलबाट हटाउने, भ्रष्टाचार निर्मूल अनि सामाजिक सञ्जाल खुलाउनेबाहेक थप केही यस्ता थिए ? थिएनन्, तर अहिले जेनजीकाे नाममा मधेशी, आदिवासी, जनजाति, महिला, दलित आदिकाे अधिकारविरूद्ध माथिका सबै हर्कत्हरू गर्ने कुचेष्टा हुँदैछन्, जुन निन्दनीय र अधिकारवादी विभिन्न क्षेत्र, धर्म, जात, समुदायहरूलाई अमान्य छ र याे अमान्यताकाे कुरा देशकाे “स्वास्थ्य”काे लागि हानीकारक छ ।
एउटै देखिने एजेन्डा
हाल जेनजी सरकार कार्कीकाे नेतृत्वमा गठन हुनु अघि र भएदेखि प्रष्टरूपमा देखिने गरि नेपालका राष्ट्रपति, प्रधानमन्त्रीका कार्यालय, संसद, अदालत सबै जलाईएका छन् तर अन्तिम राजा ज्ञानेन्द्र शाहकाे घर निर्मल निवास त्यही एउटै सेनाले पहरा दिईरहँदा भने सुरक्षित छ । जनता भेडा नभई यस्ताे साेच्ने सम्भावित अन्तिम राजा ज्ञानेन्द्र शाह, उनका चेला दुर्गा प्रसाईंलगायतहरू पाे मूर्ख हुन् । तर यस आगजनीमा देखिएका एउटा प्रष्ट कुरा के हाे भने तत्काल “डेलिभरी” भयाे, चीनकाे पक्षमा – चीनले जति जग्गा र सगरमाथा हाम्राे हड्पेर नक्शा जलाउनु थियाे, त्याे आफ्नाे अलायन्स पार्टनर देश पाकिस्तानकाे आईएसआई नेपाली एजेन्ट, जससँग अमेरीकाले फ्रि-तिब्बत गतिविधि गर्न सम्भवत: पाक आर्मीद्वारा नै डिल गरि नेपालमा अमेरीकि दूतावासमार्फत् सम्पर्कमा छन्, बालेन्द्र साह र उनका कारिन्दाहरूमार्फत् जलाईसके ।
हाे, अमेरीकाले पाकिस्तानी आईएसआई स्थानीय एजेन्ट बालेन्द्र साहद्वारा उधाराेमा फ्रि-तिब्बत गतिविधि गराउन जेनजी सरकार अहिलेसम्म गठनै गराउँदैछ, सुदन गुरूङ्गहरूलाई साहसँगै मिलान गराएर । तर डबल राेल अर्थात्, हाे म अमेरीकालाई साथ दिन्छु भनेर देश र आर्मी चलाउन अमेरीकाकाे डलर ठगेर चीनकाे पक्षमा काम हमेशा गर्ने दाेगला पाकिस्तानले भने चीनकाे पक्षमा भने फर्स्ट डेलिवरी “नक्शा र दस्तावेज” जलाउनेहरू गरिसक्याे । यीनै प्रष्ट पाकिस्तानी एउटै डबल राेल अर्थात्, अमेरीकाकाे रकम खाएर चीनकाे दलाली नेपालमा भइरहेकाे छ ।
अवश्यपनि, अमेरिका वा, भारत स्वयं लाेकतान्त्रिक, गणतन्त्र, राजाविहीन, संघीय-प्रान्तिय देशहरूले नेपालमा राजतन्त्र ल्याउन र सबै वर्गकाे अधिकारकाे प्रतिनिधित्व गर्ने संविधान ल्याउन दिंदैनन् । यहि “तत्त्वबाेध” गत भदाै २४/२५ गते नेपाल आर्मी र ज्ञानेन्द्र शाहलाई हुँदा यहाँका “खाँटी” राष्ट्रवादीहरू सुशिला कार्की, बालेन्द्र साह, सुदन गुरूङ आदिलमई अमेरीकि र भारतीय गुप्तचर देखिरहेका छन् जबकि यीनिहरू सबै अर्थात्, ज्ञानेन्द्र, व्यक्तिगतरूपमा आर्मी चीफ, बालेन्द्र, सुशिला, हर्क राई, दुर्गा प्रसाईं, रवि लामिछाने सब-का-सब भारतले प्रमुखत: नेपालमा राजतन्त्र नदिंदा भारतप्रति रिसाएर सबै पाकिस्तानकाे माेडलमा चिनिषाँ टीमबाट जेनजी आन्दाेलनमा भदाै २३/२४ गतेतिर ब्याटिङ गरिरहेका थिए !
सबै एउटै चीन-पाक माेडेल हुन् तर स्वार्थ पूरा राजतन्त्र नर्फकँदा अब अमेरिका र भारतलाई नेपालमा हस्तक्षेप गरे भनेर सरापिरहेका छन् । स्वयंपनि दाेगलै हुन् यी प्रतिगमनकारी अराष्ट्रिय तत्वहरू चीन-पाक माेडेलका खेलाडीहरू ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

