भाटभटेनीमा जलेका ६ वटा शव कसको ?

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनका क्रममा भाटभटेनी सुपर स्टोरका २७ मध्य २१ वटामा ठूलो क्षति भयो।

ती स्टोरमा लुटपाट र तोडफोड मात्रै भएनन् जलाएर खरानी बनाइयो। त्यही समयमा भाटभटेनी भित्र केही ब्यक्ति पनि जलेको खबर पछि थाहा भयो। ती जल्नेहरु भाटभटेनीका कर्मचारी थिएनन् । त्यो आगलागीमा परेर जलेका ६ वटा शवको पहिचान गर्न अझै मुस्किल भएको चिकित्सकहरूले बताएका छन्।

भाटभटेनीमा कोटेश्वर,धरान र चुचेपाटीमा मानव कंगाल भेटिएको थियो। यद्यपि कोटेश्वर र धरानको शव पहिचान भएपनी चुचेपाटीको ६ वटा कंगाल र खरानी पहिचान भएको छैन। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले ६ वटा शवको कंकाल ‘डीएनए’ परीक्षणका लागि पठाएको छ। तर, नमुना पहिचान हुनै समस्या भएको चिकित्कसले बताएका छन्।

चाबहिलको चुच्चेपाटी भाटभटेनी भवनमा ६ वटा शव पूर्ण रुपमा जलेको अवस्थामा फेला परेका थिए। त्यहाँबाट खरानी र कंकाल संकलन गरेर परीक्षणकाे लागि अस्पताल लगिएको थियो।

त्रिवि अस्पतालका पोस्टमार्टम विभाग प्रमुख डा.गोपाल चौधरीले कंकालबाट नमुना संकलन गरी नेपाल प्रहरीकाे केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए। ‘ती ६ वटा शव पूर्ण रुपमा जलेर खरानी मात्र बाँकी थियो। खरानीबाट नमुना संकलन गरी डीएनए परीक्षणका लागि पठाएका छौँ। नमुना हेर्दा व्यक्तिकाे पहिचान गर्न सकिने अवस्था छैन्,’ डा.चौधरीले भने।

आफन्त हराएको भनेर अहिलेसम्म कोही व्यक्ति पनि अस्पताल नआएको उनकाे भनाइ छ। चाैधरीले प्रहरीको ल्यावमा आफन्त पुगे मात्र परीक्षणकाे प्रकृया अघि बढ्ने जनाए।

‘हाम्रो काम नमुना निकाल्ने हो। त्यो नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मात्र परीक्षण हुन्छ। तर ती शवको नमुनाबाट व्यक्तिको पहिचान हुने सम्भावना निकै न्यून छ,’ उनले भने, ‘परीक्षण हुन पनि दुई महिना समय लाग्छ।’

शवका केही अंग (दात, कपाल, रगत) भए मात्र डीएनए परीक्षण सम्भव हुने भन्दै चौधरीले ६ वटा शवको खरानी पोको पारेर अस्पताल ल्याइएको जानकारी दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...