त्रिविमा नाेबेल पुरस्कार विजेताकाे कदर
मनोज कुमार कर्ण
नेपालकाे सबभन्दा पुरानाे तथा ठूलाे उच्च शैक्षिक थलाे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नाे एकाउन्नाैं दिक्षान्त समाराेह गत पुस १० गते दशरथ रङ्गशाला, काठमाडाैंमा जापानबाट फिजिक्स विषयमा नाेबेल पुरस्कार विजेता प्राध्यापक ताकाकी काजितालाई प्रमुख अतिथि बनाएर सम्पन्न गरेकाे छ ।
यसअघि त्रिविले अन्य विदेशी युनिवर्सिटिका चान्सलर वा प्रेसिडेन्टलाई निम्त्याएर नेपालका पदेन कुलपति प्रधानमन्त्री तथा पदेन सहकुलपति शिक्षामन्त्रीकाे समुपस्थितिमा मनाउँदै आएकाे हाे ।
यसपालि त्रिविकाे याे दीक्षान्त समाराेह कम्तिमा दुईटा अर्थमा लिनु विद्वान-विदुषी तथा नेपालका उच्च शिक्षाका शुभचिन्तकले लिनु आवश्यक छ । एक, त्रिविमा नाेबेल लाैरिएटलाई निम्तालु बनाईंदा त्रिविकाे टाइम्स हाइअर एजुकेशन जस्ताे विश्वले उत्कृष्ट मापदण्ड मानिएकाे म्यागजिनमा रैकिङ्ग सन् २०१८ देखि थालिंदा कहाँ थियाे र आज सन् २०२५ मा कहाँ छ, त्याे बहसमा ल्याएर उकासेर निम्तालुकाे प्रा. काजिताकाे इज्जत राख्ने कि नराख्ने ।
दाेस्राे त्रिविलगायत नेपालका युनिवर्सिटिजमा अब चुनावी वर्तमान सुशिला कार्की स्वयम्ले सरकार प्रमुख भई दिक्षान्त समाराेहमा म अब कुलपति बस्दिनँ, हुन्न काठमाडाैं युनिवर्सिटिदेखि त्रिविसम्म भाषण दिएर अंध्याराे काेठाबाट दस जनाकाे टीमबाट कुलपति प्रमबाट व्यक्ति विशेषमा लाँदैमा तर विश्वविद्यालय सञ्चालनका जिम्मेवार अन्य फ्याक्टरलाई बेवास्ता गर्दा यहाँ उच्च शिक्षामा जादूकाे छडीले सुधार हुन्छ त ? याे लेख यीनै दुई महत्त्वपूर्ण सवालमाथि आधारित छ ।
त्रिविकाे रैंकिङ्ग
त्रिविकाे रैंकिङ्गकाे पूर्ण श्रेय तात्कालीन भीसि प्रा. डा. तीर्थराज खनिया (सन् २०१५ – सन् २०१९; बीस २०७२ – विसं २०७६)लाई जान्छ र त्रिविबाट नै नेपालका अन्य युनिवर्सिटिलेपनि टाइम्स हाइअर एजुकेशन लण्डनस्थित अक्सफाेर्ड युनिवर्सिटि जननी रहेकाेबाट थालेर अहिले अन्यत्रपनि नेपालका अन्य युनिवर्सिटिज्ले रैंकिङ्ग गराउन थालेका सुनिन्छन्, पढ्न पाईन्छन् । सन् २०१८ मा लण्डनकाे अक्सफाेर्ड युनिवर्सिटि पुग्नलाई आफ्नै तात्कालीन् कुलपति तथा सरकार प्रमुख केपी ओलीबाट र रेक्टर प्राडा सुधा त्रिपाठीबाट भीसि खनियाले कम विराेध सह्नु परेन साे बेला ।
एकातिर कुलपति ओलीले दलीय चश्मा लगाएर एमाले वा कम्युनिस्ट कसैलाई देख्नै नहुने, राम्राे गर्नै नहुने, खाएकाे-लुगा राम्राे लाएकाे देख्नै नहुने जस्ताे एमालेका मन्त्री शेरधन राईलगायतलाई विदेश त जान दिए तर मधेश प्रदेशका मुख्यमन्त्री र जसपा नेता उपेन्द्र यादबहरू वा काँग्रेसकै कसैलाई पनि नेपालबाहिर “अनावश्यक खर्च राेक्न” मितव्ययिता अपनाउन भनेर जानै दिएनन् । यसैक्रममा उनले नेपाल संस्कृत विश्वविद्यालयका तात्कालीन् भीसि प्राडा कुलप्रसाद काेइरालालाई क्यानाडा एऊटा प्राज्ञिक भेलामा जानबाट चरम् अपमान गर्दै त्रिभुवन विमानस्थलबाटै फीर्ता बाेलाएका थिए । र, यहि त्रासमा त्रिविकी तात्कालीन् रेक्टर प्राडा सुधा त्रिपाठी रहेकीले आफ्नाे माेबाइलकाे स्वीच अफ् गरेर राखेकीले भीसि खनियाले नै अक्सफाेर्डमा रेक्टरकाे तर्फबाट भीसि भएरै पहिला बैंकक विरामीकाे बहानामा र उतैबाट आफ्नै टिकटमा लण्डन जानुपरेकाे थियाे ।
साे बेला सन् २०१९ काे लागि अगावै सन् २०१८ मै रैंकिङ्ग थालेर शुरूवात गराएपनि भीसि खनियाकाे कार्यकालमा त्रिविकाे रैंकिङ्ग एक हजार भित्र परेकाे थियाे । उनकाे चाहना भने पाँच सय भित्र तत्काल पार्ने थियाे तर कार्यकाल सकियाे र दाेस्राे कार्यकाल खनियाकाे चाहना बस्ने भएपनि ओली जस्ताे एमाले कम्युनिस्टले के पुन: माैका दिने, जबकि युनिवर्सिटि बनाउने नाममा अन्य दिग्गज प्राज्ञ काेहिपनि डेमाेक्रेटलाई आजपनि ओली वा, प्रचण्डहरूले देख्न सकिरहेका छैनन् ? वास्तवमा टीएचईमा १ हजारभन्दा प्लस् (मानाैं १००१, १००२ आदि) लाई रैंकिङ्ग मानिंदैन, त्याे लिस्टिङ्गमात्र हुन्छ कि याे नामकाे युनिवर्सिटि विश्वमा यहाँ छ भनेर । जस्ताे पहिला ट्रान्स्क्रिप्टमा “थर्ड डिभिजन” लेख्दा विद्यार्थीकाे अपमान हुने बुझेर “पास डिभिजन” टाइप गरियाे तर भ्यालु भने “थर्ड डिभिजन” कै, त्यस्तै हुन्छ याे कुनै युनिवर्सिटिकाे टीएचई म्याग्जिनमा हजार प्लसकाे स्थान । आज त्रिविकाे रैंकिङ्ग नभनाैं, स्थान त्यसमा १५ सय, २ हजार प्लस छ ! याे भनेकाे हाम्राे अनुसन्धान, साईटेशन, विदेशी विद्यार्थी/फ्याकल्टी (प्राध्यापक)लाई त्रिविकाे कुरा गर्ने हाे भने त्रिविमा, अन्यकाे कुरा नेपालमा गर्ने हाे भनेपनि हामी आकर्षण गर्न सकेनाैं । अब सवाल उठ्छ कि त्रिविमा अनुसन्धान किन कम भयाे ? के रकम अभाव भयाे अथवा, हाम्रा जनशक्तिलाई प्रपाेजल लेख्नै आएन वा, अनुसन्धान गर्न आएन वा, उसकाे रुचि भएन ?
आज, माथि लेखमा उल्लेख गरिए झैं, जापानबाट फिजिक्स विषयमा नाेबेल पुरस्कार विजेेता प्रा. ताकाकी काजितालाई हामीले निम्त्याइरहँदा अब गत पाैष १० गतेकाे दिक्षान्त समाराेहपछि त्रिविका कर्मचारी, पदाधिकारी, प्राज्ञ र नेपाल सरकारले भविष्यमा यति वर्षमा याे-याे काम गर्ने भनेर देश र नेपाली समाजका नाममा शपथ खाएर के लक्ष्य निर्धारण गरे त, याे महत्त्वपूर्ण सवाल हाे । यदि फिजिक्स सेन्ट्रल डिपार्टमेन्ट, त्रिविकाे कुरा नितान्त प्रा. काजिताबाट लाभ उठाउनेबारे गर्ने हाे भने त्यसले दिक्षान्त दिवसकाे भाेलीपल्ट डिसेम्बर २६ तारिख शुक्रवार गेटमाथि पीपलकाे बिरुवा जन्मेर झुण्डेर वा, फिल्डमा जलाइएका फाेहर भएपनि प्रा. काजितालाई सेमिनार हलमा लगेर त्रिविका पूर्व भीसि उनै खनियालगायत डीन, पूर्व डीन प्राडा बिनिल अर्याल, प्रिन्सिपल अक्कलदेव मिश्र आदिलाई निम्त्याएर “Studying the Universe from Underground Neutrinos and Gravitational Waves” शीर्षकमाथि लेक्चर दिन लगाएर तल उनलाई नेपाली टाेपी लाइदिएर फाेटाे शेसन गरिसक्याे । भलै प्रा. काजिताकाे लेक्चरकाे थ्याेरीबाहेक प्राक्टिकल केही हाल त्रिविमा हाेस् वा नहाेस् !
याे बडाे कहाली लाग्दाे नेपालकाे कथा हाे, जहाँ यहींकाे नेतालाई ससुराली जाँदा बजेटबाट यताउती पारेर पक्की सडक बनाइन्छ, विदेशी राष्ट्रप्रमुख आऊंदा त बानेश्वर तीनकुनेमा आइल्याण्ड कृत्रिमपनि बनाइन्छ तर एकजना नाेबेला पुरस्कार विजेता आऊंदा फिजिक्स डिपार्टमेन्टकाे द्वारमा पीपल जन्मेकाेलाई फाल्न पनि पीयन, पालेले मान्दैन वा, सफा गराउन रकम छैन भने झन् प्रा. काजिताकाे लेक्चरलाई व्यवहारमा उतारेर त्रिवि र नेपाली समाजलाई लाभान्वित पुर्याउन सरकारले त्रिविलाई र त्रिविले फिजिक्स विभाग देशैभरकालाई के रकम देलान् थपमा ? याे हाे हाम्राे उच्च शिक्षाप्रति दृष्टिकाेण तर सरकारले भन्ने कि राजनीतिभएर उच्च शिक्षा यहाँ थलियाे !
कुलपति प्रधानमन्त्रीबाट फेरि हाल्ने कुराे
गत २०८२ भदाै २३ र २४ गते जेनजी विद्राेहकाे भरमा देशलाई पछि सुशासन दिने, हाम्रा युवा विदेश पलायनबाट राेकिई स्वदेशमै उच्च शिक्षा ऊंभाे लागेर राेकिने, पढाई र कमाईसँगै भएर बेराेजगारी हट्ने, शीपयुक्त शिक्षा कार्षलाई परिमार्जन गर्दै प्रदान गरिने, उच्च शिक्षामा हाल अति न्यून लगानी भइरहेकाेमा नेपालमा पनि ह्वात्तै बढाइने, युनिवर्सिटिबाट राजनीति हटाइने आदि हुँदै गरिबि हटाइ विकासमा लम्किने भनेर हाललाई चुनावी सरकार सुशिला कार्कीकाे नेतृत्वमा शिक्षा मन्त्री महावीर पुनजस्ता शिक्षाप्रेमी र राजनीतिबाट टाढा रह्न रूचाउने भनिएकाहरूलाई राखेर गठन गरियाे । तर यस सरकारकाे शिक्षा मन्त्री, राजनीति नरूचाउने भनिएकालाई, राजनीति गर्ने केही १० जनामात्र प्राध्यापकले राजनैतिक विचारले लैस भएरै आज हाइज्याक गरेर मनचाहा पदहरू आफूहरू पाउनलाई र युनिवर्सिटि त्रिविलगायतमा जेनजी विद्राेहपछि “जागिर दिलाउने” शिपालु कहलिनलाई “दिमाग” लगाईंदैछ । सीर्फ र सीर्फ यतिकाे लागि हाल चुनावी सरकारका मन्त्री पुनले सिमित दस जनाकाे टीम भनाैं वा काेटरीकाे भरमा बिना व्यापक, खुला बहस सराेकारवालासँग गरेर आफ्ना टीमका एक जनालाई कुलपति बनाउनलाई हठात् यति ठूलाे निर्णय “प्रधानमन्त्री कुलपतिबाट बाेर्ड अफ् ट्रस्टीज/काउन्सिलबाट साधारण व्यक्तिलाई शिक्षा र अर्थ सचिवले प्राध्यापकलाई भाेली ब्युराेक्रेसी हाबी गराएर घुमाउने” जस्ताे लिंदैछ ।
वास्तवमा वर्तमान शिक्षामन्त्री पुनलाई नजानेका वा बज्र स्वाँठहरूले “गैह्रराजनीतिक व्यक्ति” भनेर जानीजानी मीडियामा प्रचार गराएर स्वयम्हरूले धमाधम त्रिविलाई सकाउनपनि पछि नपर्ने गरि लाभ उठाउँदैछन्- काेहि पद लिन, काेहि जागिर लिन, काेहि क्यान्टिन बनाउन जमीन कब्जा गर्न भने स्वयम् मन्त्री
महाेदयले पनि राष्ट्रिय अविष्कार केन्द्रलाई “वैध” बनाइ त्रिविमा त्यहाँकालाई जागिर खुवाउनलाई । जनताले बुझ्नुपर्छ कि जेनजीकाे नाममा देश जलाएर सत्तासीन हुनेहरूलाई अब जेनजीलाई जागिर उपलब्ध याे सरकारले समँच्चिकै नगराउँदा उनीहरूले यिनिहरूमाथि आक्रमण गर्दा बेचेर भाग लगाइने संस्था त्रिवि हाेईन ! नेपाली समाजले स्मरण गर्नैपर्छ कि आजका शिक्षा मन्त्री महावीर पुन “अ/गैह्रराजनीतिक” नभई राजनीति गरेर ईतिहासमा नाम दर्ज गराएर अघाइसकेर “साधु बनेका गैह्रराजनीतिक” मान्छे हुन् । कति सजिलै यहाँका मीडियाले उनकाे पक्षमा लेखेर जनतालाई वास्तविक तथ्यबाट पर पुर्याईदिने !
महावीर पुन खासमा त्याे व्यक्ति हाे जाे नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम जिल्ला सम्मेलन (चितवन) साल २०३७ कार्तिकमा हुँदा बालकुमारी राष्ट्रिय प्राथमिक पाठशाला, नारायणगढमा अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायकाे १० सदस्यीय टीममा वामपन्थी कित्ताबाट निर्विराेध हुन दिएर डेमाेक्रेट उम्मेदवारले छाेडदिएकाे हाे । आज मन्त्री हुँदैमा कसैकाे ईतिहास र कुण्डली बँदलिंदैनन् सम्झेर प्राध्यापन पथबाट शिक्षक भट्केर बढी यदि राजनीतितर्फ ढल्केका छन् महशुस हुन्छ भने पहिलाे प्रमथमिकता पठनपाठनलाई दिनेमा कन्भिन्स, सेवा, सुविधा थपेर गराउनु उनकाे परम् कर्तव्य हाे, न कि उनी वा उनका मान्छेले अरूलाई “झाेले” भन्ने हाे किनकि स्वयम् झाेला बाेकिसकेकाले अरूलाई यस्ताे अपशब्द प्रयाेग गर्न मिल्दैन र बरू अब सबै जनाले मिलेर देश बनाउने “राष्ट्रिय शपथ” १० जनाकाे टीममा भित्र लुकेर नभइ बाहिर खानुपर्छ ।
प्रमबाट व्यक्तिमा त्रिविलगायत युनिवर्सिटिज्का कुलपति फेर्ने कुरा स्वयम् प्रम कार्कीबाट उत्साहित भाषण सुन्न लालायीत दिक्षित हुन गएका शीक्षार्थी र उनका प्राध्यापकहरू काठमाडाैं र त्रिविका दिक्षान्त समाराेहमा उल्टाे चीसाे पानी खन्याउने जस्ताे “म कुलपति बस्दिनँ, फेर्छु” सुन्नु परेकाे छ, पटकपटक । के अरूले प्रतिक्रिया तत्काल नजनाउँदा प्रम र शिक्षा मन्त्रीले “सबै ठिकै गरिरहेका छाैं” भन्ने ओवर कन्फिडेन्स बढेकाे हाे ? हाे, भने यहि ओवर कन्फिडेन्स/घमण्डले हिजाेका केपी ओली र आफूबीच शून्य अन्तर रह्न गई जनताले आजकाे ओली कै ठाउँमा पुर्याईदेलान् बुझ्नु अति जरूरी छ ।
गत २०८२ पाैष ०६ गते आइतवार नेपाल हाइअर एजुकेशन फाउण्डेशकाे अध्यक्ष प्राडा तीर्थराज खनियाकाे नेतृत्वमा करिब ९० मिनेटबढी शिक्षा मन्त्रालय, सिंहदरबारमा उनकाे टीमले शिक्षामन्त्री पुनसँग भारत, युराेप, अमेरीका, मुस्लिम देश धेरैमा प्रम (भारतकै एऊटा युनिवर्सिटि), उपराष्ट्रपति (भारतकै जेएनयु), राजा-रानी (हिजाे २०४६ साल अघि नेपालमा र बेलायतकाे ईडिनबर्घ युनिवर्सिटिमा अझै), सुल्तान (मुस्लिम देशहरूमा) कुलपति हुन् भन्ने उदाहरणहरू पेश गर्दै नेपालमा बरू राजनीति घटाउने साेचाैं, समग्र पाेलिटिक्सबारे अहस्तक्षेप छलफल गराैं तर प्रमलाई कुलपतिबाट हटाएर कसैकाे रहर पूरा गर्न नसाेचाैं भनेर छलफल गर्याे । फाउण्डेशनकाे टीमले प्रष्ट पार्याे कि भाेली प्रम कुलपतिबाट व्यक्तिमा गयाे भने नेपालकाे उच्च शिक्षामा लगानी नै नभई धराशायी हुनेछ, व्यक्ति विशेष सधैं राम्राे नै कुलपति र शिक्षा मन्त्री पुन जस्तै “गैह्ररमजनैतिक साेचभएकाे” आउने ग्यारेन्टि छैनन्, व्यक्ति कुलपति हुँदा कर्मचारीतन्त्र हाबी हुने र युनिवर्सिटिकाे स्वायत्तता अनि प्राज्ञिक स्वतन्त्रता हनन् हुने, अझ राजनीति र खर्च नेपालमा बढ्ने छन् ।
तर फाउण्डेशनकाे आग्रह “सराेकारवाला नेपाल/त्रिवि प्राध्यापक संघहरू, कर्मचारी संघ, स्वयम् फाउण्डेशन, प्राज्ञहरूसँग खुला र व्यापक बहस गरेर मात्र निर्णयमा पुग्दा राम्राे”काे विपरीत मन्त्री पुन र प्रम कार्कीबाट कुलपति फेर्ने कि फेर्ने बालहठ सुनिन्छ । आज अवस्था कस्ताे छ भने शिक्षा मन्त्री र उनका दस जनाकाे टीमकाे “अराजनीतिक” बुद्धि लगाइएर नुटा, टुटा, कर्मचारी छाता संघहरूलाई अख्तियारतिर पठाई यता धेरै बुद्धि कुलपति पद, त्रिविकाे जमीन क्यान्टिन आदि खाेल्न लगाईंदैछ, याे दुर्भाग्य र अस्वीकार कुरा हाे ।
सारांशमा
त्रिवि वा देशकाे उच्च शिक्षाकाे उँभो लाग्न दलीय राजनैतिक हस्तक्षेप पुराना दलसहित जेनजीलाई देखाएर सत्तासीन र नवाेदित दलपतिहरूबाट पनि बन्द हुनु जरूरी छ, उच्च शिक्षामा सरकारी लगानी सरकारका मान्छेले नीजि स्वार्थ नहेरी गर्नुपर्याे, युनिवर्सिटिकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा आँच आउनु भएन, पाठ्यक्रम समयसापेक्ष र शीपयुक्त हुनुपर्याे, युनिवर्सिटिजका रैंकिङ टीएचईमा माथि उक्लनुपर्याे आदि कुरा सरकार र सराेकारवालाले बुझ्नुपर्याे । मन्त्रीकाे दस जनाकाे टीमका कसैलाई कुलपतिकाे कुर्सी “बायाेडेटा” भर्नलाई दिनुभन्दा पनि सरकारले आफ्नाे ईथिक्स/पब्लिक आैडिट/माेरालिटी “चुनावी सरकारले संसदकाे अभावमा हत्तारमा लुकेर किन गर्नुपर्याे” भनेर साेच्नु जरूरी छ ।
युनिवर्सिटिलाई राजनीति गर्ने प्राज्ञ, कर्मचारी र विद्यार्थीका केही/अधिकहरूले बिगारे कि सबै राजनैतिक दलका नेताहरूले, याे बहस हुनु जरूरी छ । यदि कसैकाे कुरा नसुनेर पेलेर हठात् कार्की सरकारले त्रिविमा कुलपति फेरेर व्यक्तिमा लान्छ भने त्याे अध्यादेश अस्विकृत भई सरकारलाई ऐना देखाइनुपर्छ ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

