पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनको बुबा भोजप्रसाद भट्टराईको बिहिवार बिहान काठमाडौंमा निधन भएको हो।
नयाँ शक्ति अभियानका सुरुवात कर्ता एवं हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको परिवारले जनाएको छ।
स्वर्गीय भोजप्रसाद भट्टराईको शव आजै पशुपतिस्थित विद्युतीय शव गृहमा ल्याउने र दाहसंस्कार गरिने परिवारले जनाएको छ। स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र शिवप्रसाद भट्टराई हुन् । यसैगरी छोरीहरू पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन्।

