जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु ४५ घाइते

काठमाडौं । बैतडीमा बिहिवार राती जन्ती बोकेको बस दुर्घटना भएको छ।
दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने अन्य ४५ जना घाइते भएका छन्।बिहीबार राती दैलेखको पुर्चौडी नगरपालिका-७ बडगाउँ मोडमा बस दुर्घटनामा परेको थियो।
जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस सडकबाट २ सय मटिर तल खसेको थियो।
दुर्घटनाको खबरपछि राती नै स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। घाइते केहीको अवस्था गम्भीर रहेको भनिएको छ। दुर्घटनाको कारण खुलेको छैन।

