कांग्रेसले प्रतिशोधको राजनीति गर्दैन- सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले कसैसँग प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार समेत रहेका सभापति थापाले शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३,गोकर्णेश्वरमा बसोबास गर्ने मतदाताद्वारा आयोजित ‘सर्लाही-४ र गोकर्णेश्वर नगरपालिका सम्पर्क मञ्च’को कार्यक्रममा सो कुरा बताएका हुन्। उनले घृणाको राजनीति र प्रतिशोधले कसैलाई पनि हित नगर्ने भन्दै राजनीतिक स्थायीत्व र लोकतन्त्रलाई संस्थागत गर्नु आजको आवश्यकता रहेकोमा समेत जोड दिए।

सभापति थापाले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्दै त्यसका लागि सबैलाई एकजुट भएर चुनावी नतिजाका लागि लाग्न आग्रह गरे । ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि सिंहदरबार, संसद भवन र अदालत जलाउने अवस्था आउँदैन’ सभापति थापाले भने,-‘हामी संवैधानिक संस्थाहरू जलाउने र अस्थिरता निम्त्याउन होइन राजनीतिक स्थायित्व र लोकतन्त्र संस्थागत गराउने पक्षमा दृढ छौं ।’

कांग्रेस सभापति थापाले कसैप्रती इखको राजनीति नगर्ने स्पष्ट पार्दै घृणा, विभाजन र उक्साहटको राजनीति त्यागेर देशलाई समुन्नत बनाउने दिशामा सबै अघि बढ्नुपर्ने बताए। त्यसैले आफुले मधेस र पहाडबीचको सम्बन्ध थप सुदृढ बनाउन पनि सर्लाहीबाट उम्मेदवारी दिएको प्रष्ट्याए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय