नेपालकाे यस चुनावमा कस्ता पात्र र प्रवृत्ति ?

मनोज कुमार कर्ण

सुशीला कार्कीकाे वर्तमान अन्तरिम चुनावी सरकारले २१ फागुनमा प्रतिनिधिसभाकाे चुनाव सम्पन्न गराउने जिम्मा लिएकाे छ । लाेकतन्त्रमा अद्यावधिक निर्वाचनलाई महाेत्सवकाे रूपमा लिइएपनि याे आसन्न चुनाव भने असामान्य परिस्थितिमा र २०८४ सालमा हुनुपर्ने अद्यावधिककाे ठाउँमा हुँदैछ ।

जनताले दुई प्रमुख अक्षमा यस चुनावलाई लिनु छ- जेनजी विद्राेह अघि रहेका स्थापित वैश्विक पूर्ण मानककाे एकमात्र लाेकतान्त्रिक पार्टी काँग्रेस, स्थापित दुई ठूला कम्युनिस्ट दलहरू एमाले र नेकपा (पहिला माओवादीका पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष रह्नुभएका र नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव नेपाल रह्नुभएका संयुक्त दल), मधेशवादी दलहरू जसपा नेपाल, लाेसपा, राप्रपा आदिमध्ये मतदान गरेर देशकाे लाेकतन्त्र, वर्तमान संविधान र नेपालकाे अस्तित्व जाेगाउने एकातिर भने जेनजी विद्राेहमा प्रत्यक्ष/अप्रत्यक्ष भाग लिएर तथा बाह्य शक्तिकाे आडमा देश जलाउनेहरू एकत्रीतभएका मीडियामा भाइरल मन पराउने दललाई राेज्ने अर्काेतिर ।

हुनत प्रलाेपा भने पुरानै नेता भएकाे तर नयाँ दल हाे भने जेनजी विद्राेहपछि रास्वपामा नअटाएर नयाँ खुलेकाे दल उज्यालाे नेपाल पार्टीपनि हाे। याे लेख यी दलका मुख्य पात्र र प्रवृत्तिलाई केलाएर मतदाताकाे चाहनामा निष्पक्ष तर पूर्णरूपमा देश प्रथम भन्ने साेच राखेर यस देशका नागरिक र मतदाताकाे संवैधानिक हक अनुसार केही जरूरी छलफलमा आधारीत छ । निर्वाचन आचारसंहितालाई सम्मान गर्दै नेपाल देश प्रथमत: कुन‌ै पनि हालतमा जाेगाइनुपर्ने भन्ने नागरिक चेतनामा पूर्ण आधारीत याे लेख हाे । कुनैपनि आचारसंहिता देशलाई जाेगाउनुपर्ने कार्यभन्दा ठूलाे अथवा माथि हुँदैन ।

धर्मनिरपेक्षताकाे दुरुपयाेग

नेपालमा धर्मनिरपेक्षताकाे शब्दकाेषवाला र वैश्विक समाजले बुझेकाे जस्ताे सामान्य र ठिक परिभाषा अनुसार नभई गलतरूपले व्याख्या र दुरूपयाेग गरिंदैछ । चुनावमा याे मुद्दालाई परिवर्तनकाे पक्षधर मानिएपनि उग्रप्रवृत्तिका केही मुसलमान र धर्म प्रचारमार्फत् नागरिकलाई पश्चिमाकाे फेवरमा पार्ने साेचभएका अधिकत्तर क्रिश्चियनहरूले नेपालमा लगातार धार्मीक आक्रमण विभिन्नरूपमा सनातन हिन्दू, बाैद्ध, सिख ॐकार परिवारमाथि याेजनाबद्धरूपमा गरिरहेका देखिन्छन्, सुनिन्छन् । रास्वपामा सजग धर्मनिरपेक्ष वा सनातनधर्मीभन्दा पनि के-के न पश्चिमाले दिएर तत्काल गरिबी हट्लान् भन्ने लालचमा तीव्र गतिमा सनातनीलाई लगेर माथि उल्लेखित गलत मनसायवाला ती मुस्लिम र क्रिश्चियनहरूद्वारा सनातनधर्म र नेपाल-भारतका समाजविरूद्ध धर्मान्तरण गराईंदैछ ।

पहिला गणतन्त्र आउँदा माओवादीबाट डा. बाबुराम भट्टराई, एमालेबाट माधव नेपाल, दिवंगत सुभास नेम्वाङ, प्रचण्डहरूलाई संविधानमा धर्मनिरपेक्षता घूसाइएर भाेटवृद्धिका लागि नेपालमा चलखेल गरेकाे मानिएकाे थियाे । यसकाे समानान्तरमा मधेशबाट कम्युनिस्ट पृष्ठभूमीका उपेन्द्र यादब नेतृत्वकाे जसपा-नेपालले भारत-नेपाल र सनातनधर्म विराेधी रहेका मुसलमानहरूलाई २०७२ सालमा संविधान बनेपछिका चुनावहरूमा भारतभएर नेपाल पस्दा मधेश प्रदेश स्थानीयस्त्तरमा केपी ओली-प्रचण्डकाे नेकपाकाे केन्द्र सरकार (२०७४ सालपछि) काे आडमा जानीजानी नागरिकता र घडेरी/नगद दिई यहाँ सेट्टल गरिए । याे क्रम काेराेनाकाल काेभिड-१९ काे बेला चीनकाे आर्थिक व्यवस्थापनमा खासगरी भारतलाई तवाह गर्न नेपालमा यस्ता आक्रान्ता बंगलादेशी, बर्मेली बाेर्डर तथा पाकिस्तानबाट भारतमा मिस्सनमा घूसपैठ गरेकाजतिलाई त्यस बेलाकाे नेकपा केन्द्र सरकार र मधेश प्रदेशमा जसपा दलकाे प्रदेश सरकारबाट भइरह्याे । यसबारे भारतीय सीमा सुरक्षा बलले नेपाललाई पटकपटक घूसपैठियाका संख्या डेटापनि बुझाइएका कुराहरू आउंथे ।

हाल चीनलाई काउन्टरदिंदै भारत, चीन र जापानलाई नेपालबाट एकसाथ नियन्त्रण गर्नलाई दक्षिण एशियाका पाकिस्तानलाई हाथमा लिई अमेरीकाले मिस्नरी काम गरिरहँदा नयाँ ढंगले रास्वपालाई रवि लामिछानेकाे साथमा काठमाडाैंका पूर्व मेयर बालेन्द्र साह, स्वर्णिम वाग्ले, सुदन गुरूङ आदिहरूलाई सँगै राखेर बलियाे संगठन निर्माण प्रचण्ड-उपेन्द्रहरूलाई छायाँमा पार्दै गराउँदै आएका आम जनताकाे बुझाई रहेकाे छ । खासमा जेनजी विद्राेहमा अमेरीका र पाकिस्तानकाे नेपालमा भूमीका र संसद बिघटनपछि सुशिला कार्कीकाे सरकार गठनलाई भारत-चीन-जापानविरूद्बकाे अमेरीकि शैन्य नियन्त्रणकाे प्रस्थानकाे विन्दू नेपालबाट भएकाे अधिकांशकाे बुझाइरहेकाे छ ।

प्रतिगमन मान्य छैन

आसन्न चुनाव फाल्गुण २१, २०८२ लाई राजावादी दरबारीया नेपालका शक्तिहरूले भने आफ्नाेरूपमा व्याख्यागर्दै अब देश बचाउनलाई सनातन हिन्दूराज्य नेपाल घाेषणासहित २०४७ सालकाे संविधान ब्यूँताउन खाेजेर अथवा, कुनै न कुनै प्रकारले राजालाई राजनीतिक स्पेश दिलाउन खाेज्न चाहन्छन् । यस्ता चाह्नेमा नेपालकाे भलाई साेच्ने कम तर पूर्वराजाकाे नाम र रकम क्याश गरेर राजनीतिमा जम्न चाह्ने स्वार्थीहरूकाे ताँती लामाे छ, जाे राप्रपाहरूमा छन् । हाे, राजावादीबाहेक आम जनतामापनि जेनजी विद्राेहमा रास्वपा, बालेन्द्र साह, कुलमान घिसिङ, हर्क राईहरूकाे युवा उचाल्नेदेखि कतिपयकाे देश जलाउन उक्साउनेमा पनि हाथ रहेकाे डरलाग्दाे अवस्था देख्दा भने याे चुनाव नेपालकाे अन्तिम चुनाव नहाेस् भन्ने चिन्ता लागेकै हाे तर वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे परिवर्तन पक्षधर संविधानबाट अधिकार खाेसेर प्रतिगमन नहाेस् भन्नेपनि उत्कट चाहना आमजनताकाे मनमा छ ।

जनताले सनातन हिन्दूकै राजमा २०६३ वैशाख ११ गते अघिसम्म नेपालमा स्वघाेषित् विष्णुकाे अवतार शाह वंशका राजाकाे नारायणहिटि निवास अगाडि त्रिचन्द्र क्याम्पसनेर जामा मस्जिद ठडिएकाे देखेकै हुन् भने नेपालका शाह वंशीय राजाहरूका पुर्खा भनेकै भारतबाट मुस्लिम आक्रान्ता कुलमण्डन खाँ नेपाल पसेका हुन्, जसका सन्तानहरूले यहाँका सनातन हिन्दू समाज देखेर “खाँ” मुसलमान थर हटाएर भ्रम उत्पन्न गर्ने “शाह” थर राखेकाे पाईन्छन्, जुन हिन्दू र मुस्लिम दुईटैमा लेखिन्छन् । शाब्दिक जालमा अल्झाएर साे बेला भारतबाट पसेका कुलमण्डन खाँ मुसलमान आफ्ना पूर्वजका नाम भने यिनिहरूले बदल्न सक्दैनन्, जुन राजा विरेन्द्र शाहसम्म राजगद्दी आराेहण वार्षिक समाराेहमा दरबारकाे पूर्ण नियन्त्रणमा रहेका “गाेरखापत्र”ले पटकपटक छापिसकेकाे हाे । अर्थात्, नेपालका शाह राजा ठकुरी शाह, मगर शाह हुन् भनेर भारतबाट नेपाल पसेका आक्रान्ता मुसलमानलाई “नेपालीपन” दिनु र बालेन्द्र साह मधेशमा महाेत्तरीकाे एकडारा गाउँ पालिका (स्तम्भकारकाे वडाभन्दा करिब तीन-चार किलाेमिटरकाे दूरी)का सनातन हिन्दूवाला सुँडी/कानु जातका थर पात्लाे “साह”लाई अब काठमाडाैंमा चुनाव जिताउनलाई दरबारीया “शाह” बलजफ्ति बनाईदिई अब पाकिस्तानलाई तिम्रै मुस्लिम “शाह”हाे भनेर फेवर खाेज्नु एउटै कुरा हाे ! त्यसैपनि मधेशकाे साह व्यापारी जात त हाे नै तर आफ्ना सनातनी ईमान्दार बनियाँ/व्यापारी जातकालाई केवल पाेलिटिकल फेवरपाउनलाई काठमाडाैंकाे दरबारीया “शाह”सँगै अब पाकिस्तानी मसलमान “शाह”सँगपनि जाेडिन गई फेरि मधेशमा भाेट माग्नलाई बालेन्द्र साहले “म मधेशीकाे छाेरा प्रधानमन्त्री हुने” राजनैतिक व्यापारीकरणले आम मधेशी र अन्य त्यहाँका साहहरू धार्मिक आहत्तमा परेका छन् ।

यस बुँदामा अब थप लेख्नु परेन किनकी पूर्वराजा ज्ञानेन्द्र शाहलाई सनातन हिन्दू भनेर राजा बनाई नेपालमा प्रतिगमन गर्नलाई मूर्ख/अज्ञानी यहाँका सनातनीभन्दा “ज्ञानी” मुसलमान सहजै स्विकार्नलाई तयार छन् ! किनकि हिन्दूकाे नाममा नेपालका हिन्दूमाथि “शाह” थरका मुसलमाननै राजाकाे निरन्तरता हुनेहुन्छ तसर्थ, भारतले कदापी यस ज्ञानेन्द्र शाहका परिवार कसैलाई पनि नेपालमा “हिन्दू राजा” बनाउने छैन तर नेपाललाई धर्मसापेक्ष हिन्दू राज्य भने बनाउन सघाउने छ । र, याे कुुरा ज्ञानेन्द्र शाह र उनका शुभचिन्तक बालेन्द्र “शाह”, दुर्गा प्रसाईं तथा ज्ञानेन्द्रका पछाडीका फलाेअर्स प्रमुख हिन्दू नेतालाई थाहा छ । अत: नेपालमा कुनैपनि प्रतिगमन हुनु जनताकाे भावनाविपरीतमात्र नभई झनै सहजै देशलाई हिन्दूबाट मुस्लिमलाई हस्तान्तरण यस एक्काईंशाैं शताब्दीमापनि गरिने हाे । पुन: भ्रम फालाैं कि ज्ञानेन्द्र शाह ठकुरी/मगर नेपाली शाह नभई कुलमण्डन खाँ मुलसमानवाला हाे र बालेन्द्र साह मधेशकाे कानू/सुँडी हिन्दू बनियाँ टाइपकाे साह हाे, जुन त्यहाँका तेलीलेपनि लेख्छन् ।

याे चुनाव पछि पनि हाेस्, देश विघटनकाे जनमत संग्रह नहाेस्

आम नेपाली मतदाताकाे मनमा अहिले चाहे प्रतिमनमार्फत् काेही “शाह”काे हाथमा देश जाओस् अथवा जेनजी विद्राेहमा देश जलाउने प्रमाणित भइसकेका रास्वपाका आजकाे दिनमा बालेन्द्र साह नेताहरू अधिकांश वा, बच्चा उचाल्ने प्रचण्ड, कुलमान घिसिङ, हर्क राई आदिले चुनाव जित्नलाई प्रचण्ड र राईलाई चीन निकट मानिएपनि बाँकीलाई अमेरीका र पाकिस्तान निकट मानिन्छन् । यस्ताेमा रास्वपाले चुनाव जितेमा देशमाथि खत्तरा निम्तिने जनताले देख्छन्, भलै उनीहरू विकासका सपना र मीडिया प्राेपागान्डामार्फत् आक्रामक प्रचारमा जुटेका छन् । त्यस्तै, उता मधेशमा उपेन्द्र यादब प्रवृत्ति “एम-वाई, भाई-भाइ” अर्थात्, मुस्लिम-यादब भाई-भाईलाई पनि भाेट दिनु सर्वाधिक खत्तरा नै हाे, जबकी यादबले यस्ता गलत राजनीति मधेश आन्दाेलनकाे भरमा स्वयम्लाई मधेशकाे मसिहाकाे रूपमा भनेर गर्छन् ।

आम जनताकाे सवाल यति हाे आज कि विगतमा नेपाल, चीन, भारतका भू-भागलाई टुक्र्याएर नयाँ देश बनाउने भनेर खम्पा विद्राेह एकसाथ चीन र नेपालमा हुँदा नेपाली सेनाले सत्चितशम्सेर जबराकाे नेतृत्वमा दबाएर अवस्था साम्य पारेका थिए, त्यस्तै मधेशमा गाेईत-ज्वाला-राजनमुक्ति आदि सशस्त्र समूह तथा डा. सीके राउतकाे शान्तिपूर्ण समूहले पनि विगतमा मधेश टुक्र्याउने भन्दा नेपालका सेना, प्रहरीले सकुशल देशकाे अखण्डता कायम राखेकाेमा अब आएर पाकिस्तान र अमेरीकाकाे उक्साहटमा लागेका केहीले २०८२ फाल्गुण २१ गतेकाे निर्वाचनलाई सामान्य निर्वाचन सांसद फेर्ने अद्यावधिकरूपमा नभई नेपाल बिघटनकाे कुप्रयासमा परिणत गर्न चाहँदा हाम्रा आम जनता र सुरक्षा निकायले कुनै प्रतिगमननगरीकन किन अवस्थालाई सामान्य बनाइरह्न नलाग्ने ? याे भनेकै भयरहीत, निष्पक्ष निर्वाचन सम्पन्न गराउनु हाे !

चुनावपछि पनि कित्ताकाट सरकारमा हाेस्

जनतामा एउटा डर, त्रास र आशंका अझै छ- चुनावकाे बेला दलहरूले जेनजी विद्राेहमा देश जलाउनेलाई आधारबनाएर दुई कित्तामा देश बचाउने र देश बिघटन गर्ने भनेर चुनाव लडिरहेका भाष्य दिइरहँदा चुनावपछि सरकार बनाउनेबेला पनि यस्ताे कित्ताकाट् रह्ला कि नरह्ला ? कि चुनाव जितेपछि प्रतिस्पर्धी र नेपालविराेधी ताकतसँग सरकार बनाउनलाई उनीहरूले हाथ मिलाउने छन् ? यदि यस्ताे धाेखा नेपाली जनताले विगतमा जस्ताे फेरीपनि दलहरूबाट २०८२ फाल्गुण २१ पछि पाए भने दलका यस्ता गर्ने नेताहरूबाट विश्वास हराउनेछ, जुन दुर्भाग्य हुनेछ ।

आन्तरिक कलह चुनावमा नदेखियाेस्

अवश्यपनि नेपाली जनताका आशा काँग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी पुराना स्थापित दलहरूमाथि यस चुनावमा अड्केकाे हाे तर सर्वाधिक देशकाे दिशा र दशा बदल्ने एकमात्र लाेकतान्त्रिक ठूलाे दल नेपाली काँग्रेसमाथि हाे । तर जनताका केही शर्तपनि साथसाथै छन्, जस्तै- यी दलहरू कुनैपनि प्रतिगमन नगरून् र वर्तमान संविधान-२०७२ लाई आत्मसात् गरून्; सामान्य संविधान संशाेधन जनताकाे पक्षमा गरून् न कि अधिकार कटाैती अथवा संघीयता र प्रदेशलाई फाल्न; यी दलमा सनातन हिन्दूलगायत ॐकार परिवारमाथि धर्मान्तरण, आक्रमण र षड्यन्त्र गर्ने भेष बद्लेका बहुरूपीया रावणका सेवक कालनेमीहरूलाई राजनीतिबाट पाखा लगाइयाेस्; नेपाललाई स्वतन्त्र राख्ने तर कुनैपनि बाह्य हस्तक्षेप अमेरीका, पाकिस्तान, चीन, भारतकाे नहाेस् भन्ने ग्यारेन्टी गरून्; देशमा अब विकास हाेस् छिट्छिट्टाे; सुकुम्वासी-दलित-मधेशी-महिला आदिका अधिकारलाई संविधानत: व्यवहारमा तत्काल पूर्ण प्रभावमा ल्याई अब जनतालाई अल्झाऊने हाेईन; यी दलहरूमा नेतृत्वकाे लाेकतान्त्रिक विधिले पुष्तान्तरण हाेस्, र यस चुनावमा अन्तर्घात आफ्नै दलभित्रमा नहाेस् कसलाई जिताउने र कसलाई हराउने भनेर ।

सम्माननीय अदालतकाे अन्तिम भूमिका

देश चुनावमा हाेमिइसकेर धेरै रकम पनि चुनावकाे लागि खर्च भईसकेकाे अवस्थामा पश्चगमन चुनावविराेधी साेच उचित हाेइन । तर राज्यकाे संयन्त्रलाई विरगञ्जमा कपडा व्यवसायी गैह्रकानूनी कार्यमा संलग्नमाथि छापामार्दा हाेस् अथवा, पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडाैं त्रिभुवन विमानस्थलमा ओर्लंदा स्वागत गर्नबाट भीड राेक्न सरकारले कर्फ्यू लगाओस् तर यदि कर्फ्यूपनि प्रभावहीन हुन्छ भने सुरक्षा व्यवस्थामाथि सवाल उठ्छ अनि भाेली चुनाव भयरहित र निष्पक्ष हुनेछ भन्नेमा आशंका उत्पन्न हुनेछ ।

थपमा जेनजी विद्राेहताका जेलबाट फरार कैदी र लूटिएका हथियारहरूपनि बाहिरैरहँदा अनि प्रहरीकाे एक हवल्दारले नै सादा पाेसाकमा रास्वपाका बालेन्द्र साहकाे पक्षमा भाेट मागेकाे भन्दै यदि कार्वाही हुन्छ भने आम मतदाता र उम्मेदवारकाे जीउज्यान अनि मतपेटिकाकाे सुरक्षा ग्यारेन्टी यस सरकारबाट हुन्छ भनेर कसरी पत्याउने ? यदि जसरीपनि चुनाव जितेर सरकार बनाउँछाैं भनेर जेनजी विद्राेहमा खुलेर लागेकाे कुनै शक्ति दल आक्रामकरूमा अघि बढ्छ भने नेपाललाई जाेगाउनलाई भएपनि माननीय सर्वाेच्च अदालतले गत भदाैमा असंवैधानिक संसद बिघटनबारे मुख ठिक/बेठिक भनेर मुख खाेल्नुपर्छ र, चुनावकाे अवधि फेरि ताेकिदिएर चुनावी सरकारकाे प्रमृतिबारेपनि बाेलिदिनुपर्छ । याे जनताकाे अन्तिम आशा र भराेसा अदालतमाथि हाे ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय