पोखरामा आगोले जलेकी महिलाको मृत्यु

कृष्णलाई बचाउँदा आफ्नै ज्यान गयो

पोखरा, १६ माघ । पोखरामा आइतबार विहान आगोले जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । काँहुखोलाकी संगीता सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार संगीताकै घरमा पसल सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफैंलाई आगो लगाएका थिए । उनलाई बचाउने क्रममा संगीता गम्भीर घाइते भएकी थिइन् ।

अस्पतालमा उपचाररत कृष्णको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्:

पोखरामा पुरुषद्वारा आत्मदाह प्रयास, बचाउन गएकी महिला गम्भीर घाइते

कृष्णको हातबाट पेट्रोलको बोतल खोस्‍ने क्रममा आगोले भेटाएको थियो संगीतालाई…

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय