कृष्णको हातबाट पेट्रोलको बोतल खोस्‍ने क्रममा आगोले भेटाएको थियो संगीतालाई…

पोखरा, १५ माघ । पोखराको काँहुखोलामा आइतबार एक पुरुषले आत्मदाह प्रयास गरे । ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले पेट्रोल खन्याएर आफैंलाई आगो लगाए ।

क्षेत्रीले स्थानीय संगीता सापकोटाको घरमा पसल सञ्चालन गर्दै आएका थिए । बाथरुममा कृष्णले आफैंलाई आगो लगाएको देखेर संगीता उनलाई बचाउन गइन् ।

सो क्रममा उनी आफैं पनि गम्भीर घाइते हुन पुगिन् । कृष्णले पेट्रोल छर्केर आगो लगाउन खोज्दा बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

अन्य स्थानीयले दुवैलाई उद्दार गरेर पश्‍चिमाञ्चाल क्षेत्रीय अस्पताल पठाएका थिए । संगीताको इमर्जेन्सीमा उपचार भइरहेको छ र उनको अवस्था चिन्ताजनक भएको चिकित्सकले बताएका छन् ।

कृष्णको अवस्था भने सुधारोन्मुख रहेको छ । उनले आफु मर्न चाहेको भन्दै उपचार नगर्न चिकित्सकसँग आग्रह गरिरहेका थिए ।

कृष्ण केही समयदेखि डिप्रेशनमा रहेको बुझिएको छ । शनिबार उनले बाइकमा पेट्रोल सकिएको भन्दै उनले साथीको बाइकबाट बोतलमा पेट्रोल लिएको बताइएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय