कारागारबाट रिहा भए टोपबहादुर रायमाझी

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी साढे तीन वर्ष जेल बसेपछि रिहा भएका हुन् ।
रायमाझी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाका आधारमा अदालतले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले २०८३ असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो ।
उनी २०८० वैशाख ३१ गतेदेखि थुनामा थिए ।

