पोखरामा पुरुषद्वारा आत्मदाह प्रयास, बचाउन गएकी महिला गम्भीर घाइते

पोखरा, १५ माघ । पोखराको काँहुखोलामा एक पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् ।

आइतबार विहान पोखरा महानगरपालिका-१३ काहुँखोला बस्‍नेकृष्ण बहादुर क्षेत्रीले आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

आत्मदाह प्रयासमा क्षेत्री सामान्य घाइते छन् भने उनलाई बचाउन गएकी घरबेटी संगीता सापकोटा गम्भीर घाइते भएको जनाइएको छ ।

दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय