पोखरा गोल्डकपमा क्‍वाटरफाइनलका खेलहरु आजदेखि

पोखरा, १६ पुस । पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलमा शनिबारदेखि क्‍वाटरफाइनलका खेलहरु सुरु हुँदै छन् ।

पहिलो क्‍वाटरफाइनल खेलमा नेपाल एपिएफ क्लब र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेपछि सुरु हुने छ ।

एपिएफ सिधै क्‍वाटरफाइनल खेल्न लागेको हो भने धरान एफसीले पहिलो खेलमा आयोजक सहारा क्लबलाई हराउँदै क्‍वाटरफाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १० टोलीको सहभागिता रहेको छ । आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब बाहिरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...