पुलिसलाई हराउँदै चर्च ब्वाइज पोखरा गोल्डकपको क्‍वाटरफाइनलमा

तस्वीर: गोलनेपाल

पोखरा, १५ पुस । पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौंको चर्च ब्वाइज युनाइटेडले कमब्याक जीत निकाल्दै अन्तिम ८ मा स्थान बनाएको छ ।

चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्था उल्टाएर चर्च ब्वाइजले जीत निकाल्न सफल भएको हो ।

चर्च ब्वाइजको जीतमा अन्जन विष्ट र अनन्त तामाङले गोल गरेका थिए । पुलिसका रवि पासवानले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७औं मिनेटमा अन्जनले गोल गरेपछि खेल बराबरीमा आयो ।

त्यसपछि निर्धारित समयमा थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९९औं मिनेटमा अनन्तले गोल गर्दै टोलीलाई अगाडि राखे ।

त्यसपछि थप गोल भएनन् र चर्च ब्वाइज २-१ को जीतका साथ क्‍वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...