सरकार र बैंकसँग नागरिक गुनासो: सरकार बाँच्‍न त पर्‍यो नि !

मीरा बस्ताकोटी

हामी सबै नेपाली एकै त हो नि । यहाँ को पाहुना, को वर को पर वा को मेरो को अरुको भन्ने कुराले हामीलाई एकताबद्ध बन्ने बाटोमा कहिलेकाहीँ अफ्ट्यारो बनाइदिन्छ ।

एक अर्कामा भेदभाव राख्दा र शक्तिमा भएकालाई नाता लगाउदा त्यसले एकता र सद्भभाव बिगार्ने मात्रै होइन, देश नै बेहाल पनि हुन सक्छ । के हामी सबै नेपाली हैनौँ र ? के हामीमा बग्‍ने रगत एकै छैन र ? एकचोटि सोचौं त ।

भूकम्प आएका बेला धनी गरिब जेसुकै भएपनि खाली ठाउँमा पालमूनि बस्‍न भूकम्पले सिकायो । बल्लतल्ल अलिअलि हामी निम्न वर्गीयहरु तातेताते गर्दै उठ्न खोज्दै थियौँ, बल्लतल्ल लामो सास फेरी उठ्न लाग्दै थियौं, फेरि हामीलाई ठुलो पहाडले च्यापेजसरी विश्‍वव्यापी कोरोना महामारी र लकडाउनले टाउकै उठाउन नसक्ने गरी थिचिदिएको छ । कस्तो विवशता छ भने हाम्रो घरभाडा, पसल भाडा, सरकारको करसँगै बैंकको ब्याज र किस्ता  आदि सबै कुरा पनि यही टाउकोमाथि थुप्रिएको छ ।

बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेका र आम्दानीले घरभाडालगायत सरकारको कर सबै तिर्ने, विहानबेलुका जीविकोपार्जन गर्ने व्यक्तिहरुलाई समस्या भइरहेको छ । ऋण लिएका आम व्यवसायीहरुले ब्याज तिर्न धौधौ भएको छ भने धितो राखेको सानो सम्पत्ति बैंकले लिलाम गर्छु र ब्ल्याकलिस्टमा पार्छु भनी धम्काउँछ ।

धनीका धनहरु डबल ब्याजमा बैंकमा छ तर हामी निम्न वर्गकालाई किन धम्की, किन यातना ? किन धनीहरू लाई किनीदिनु बरु दिनको टहरामा भाडामा बस्‍न चाहँदा पनी धनी हरु हैन तिमीहरुको अझ जग्गाको रेट घट्दै छ र हामीले किनेको भन्दा पनि घटाई बैंकले अब सबैको कालोसूचीमा पारिदिन्छ र लिलामी गर्छ किनौला भन्दै बसेका छन् । उनीहरुको आबश्यकता र पैसा हुँदा पनि किन्‍न चाहन्‍नन् ।

हामी नेपालीको दिमागमा बैंक अहिले हाउगुजी भइरहेको छ किनकि बैंकले नै जग्गा किनबेच रोकिदियो ऋण तिर भन्दछन् तर जनताले व्यापार सबै मन्द मन्द भएको कारण सटर खाली हुँदैछ युवाहरु जोखिम मोलेर खाडीमा गयो त्यहाँ पनि भनेजस्तो काम हुँदैन । म्यानपावर एजेन्टले डुबाइदिन्छन् । नेपाल फर्किन चाहनेको लाइन छ ।

यता विदेश जान चाहनेको दुतावासमा लाइन छ । किन हामी नेपालीमा भेद गर्दछौँ ? सबै मिलौँ युवाहरुलाई देशमै रोजगार भैदियोस् हामी जो जहाँ भएपनि यही नेपाली, नेपाल आमाको छोराछोरी हौँ । कोही पर छैन कोही वर छैन । राजनीतिक आस्था र पार्टी चाहे जो भएतापनि सबैले सबैलाई सम्मान र कदर गरौँ ।

हामी कसैलाई पनि सानोठुलो नसोचौँ अनि काम गरौँ, मलाई लाग्छ काम पनि सानोठुलो होला जस्तो लाग्दैन केवल कसले योग्यता अनुसार काम गरिरहेको छ भन्‍ने हो । जे काम जानेको छ त्यही काम गरौँ, अल्छी नबनौँ, देश नफुटाऔँ, देश नलुटौँ ।

हामी नेपाल आमाका सुन्दर छोराछोरी कसैलाई रुवाएर आत्महत्या गर्न बाध्य नबनाई दिनु हामीहरु जो जहाँ रहेतापनि एकले अर्काको सहयोगी भावना लिई देश र जनतालाई गरिवीको खाडलबाट उतार्न कोसिस गरौं नफूटौँ नलुटौँ ।  तसर्थ देश जुटोस् भन्‍ने यही मेरो देशका सम्पूर्ण बुबाआमा दाजुभाई दिदीबहिनी सबैमा यही आशा र भरोसासहित देशको रक्षा चाहन्छु  ।

म मान्छु कि देशमा विकास पनि भइरहेको छ, गाउँ टोल सहरहरु पहिले यति राम्रा थिएनन् । अहिले सहरका गल्ली गल्ली राम्रै देख्छु ।  पोलमा झलमल्ल बत्ती बलिरहेका छन्, पहिलेका तुलनामा सडक पनि सफा नै छ  ।

सबै नगर वडा गाउँ ठीकै छ तर माथि कुर्सीमा बस्ने उहाँहरु हुनुहुन्छ उहाँहरूको व्यवहार बाहिर आपत्तिजनक भइरहेको छ, आखिर किन यस्तो भइरहेछ ? किन घुस ?  किन मानवतस्करी ? के हजुरहरुलाई हामी आफ्नै नेपालीलाई तड्पाउन गलत भएन र ?

महान सहिदले देशमा सत्यको पक्ष लिएर फाँसीमा हाँसीहासी चढेका थिए । हामी नेपालीलाई उहाँहरुले राम्रो बीउबिजन छाडेर जानुभएको इतिहासमा देखिन्छ । आज पनि उहाँहरु हाम्रो र विश्वकै नजरमा नमुना बन्‍नुभएको छ । के हामीले यो शताब्दीमा पनि सिक्न सक्दैनौं ?

सायद सम्पत्ति त बच्दा मात्र हो, अरुको नखाई आफ्नै मेहेनतले खानु पर्छ जस्तो लाग्छ । किन हामी अरुलाई तड्पाउन चाहन्छौं ? देशमा अनैतिक कामले घेरिरहेका छन्, अन्याय अत्याचारले घेरिरहेका छन् के हामी सबै होस्टेमा हैँसे गरेमा देश यस्तो नाजुक हुन्छ र ?

हामी व्यापार मा महंगी बढिरहेको छ हामी धेरैजना नै सायद विवश छौं । बिस्तारै बैङ्कहरूले पनि तनाव दिइरहेका छन् सरकार किन ? के बैंक भनेको जनताको विकासको मार्गदर्शक होइन र ? तर बैंकले नै घरजग्गा लगानी बन्द गर्दा हामी जस्ता निमुखा जनता मारमा परिरहेका छौं ।

उता किनबेच बन्द यता बैंक हाउगुजी बन्दै छ, ऋण तिर्छौ कि लिलामीमा हालिदिउँ भन्दै धम्काउँछन् । अस्तिको लकडाउनमा मेरा आफन्त नै डिप्रेसनमा गैसकेका थिए  । किन यस्तो हुन्छ ? बैंक आफैँ बन्द गर्ने आफै लिलामी निकाल्ने धम्की दिने ? गरिबको ऋण डबल गर्ने धनीको fixed deposits मा राखेको धेरै विधि माथि ? किन देशमा यस्तो हुँदैछ ? के हाम्रो  पसिनाको मुल्य छैन ?

एकातिर सरकार कुर्सीमा लुछाचुँडी गरी यति घुस यति तस्करी । के विश्वले हामीलाई यो समाचार सुन्दा नहेप्ला ? विश्वमा नेपाली पुगेर पनि किर्तिमान राखेका छन् गोर्खाली भन्दाबित्तिकै डराउँथे पनि । यति सुन्दर र रमणीय देश पनि किन यस्तो ? हामी गोर्खाली भएर होला विरतामा मा गौरव लाग्दछ । किनकि लुटेर होइन लडेर अरुलाई खुसी बनाई गोली खाइ नेपालको नेपाली देखि डराउने बनाएका थिए । विदेश पैज नेपालमा आएको थियो ।

अहिले पनि देखेको छु उज्यालो बनाउन खटिएका छन् सबै गल्ली, शहर, गोरेटो घोरेटो विकास त भएको नै छ तर हामी किन अर्काको सहारामा बाँच्न चाहन्छौं ? अब हाम्रा गाउँका ती बाँझो बारीमा हराभरा बनाउनेतिर सरकारको ध्यान गयो भनेर यति महङ्गाइ पनि त नहोला । बैंकले सबै जनतालाई सहारा दिएर जनताको हितको लागि सेवा सञ्चालन गर्नुपर्छ जे काम गर्न लाग्दा पनि बैंक नै चाहिन्छ । बैंक र जनता भनेका नङ र मासुको सम्बन्ध हो । जनताले पैसा ब्याजमा लग्नाले बैंक धनी बन्छ समस्या हल हुन्छ । जनताले आँटेसोचेका काम पनि ऋणबाट गर्न सकिन्छ ।

जब कोरोना महामारी भयो हामी जनताले ल्याएका ऋणहरु तिर्न गाह्रो भयो । धितो छ के गर्ने ?  त्यही बेच्‍न खोज्यो मानिसहरुले किन्न चाहेर पनि पैसा छैन । भएको दुई पैसा दिएका नै छौं । अहिले कालोसूचीमा राखी दिन्छौँ भनी धम्काई रहन्छन् । कति तड्पिनुपर्ने, कति डराउनुपर्ने होला हामी अझै ?

सरकार हामी धेरै तड्पाइमा छौं, हाम्रो उपाय निकालिदिनुस् हामी ऋण तिर्छौँ तर हाम्रो जग्गा बेच्न त पर्यो नि, हजुरहरुले नै बन्द गरिदिनु भएको छ ।  त्यसैले के गरी हुन्छ हामी जनतालाई बचाउनु पर्यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय