गरिमा चौधरीको परिवारसँग सहमति

काठमाडौं । बारामा हत्या गरिएकी ३ वर्षीय गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति भएको छ। गृहमन्त्री सुदन गुरुङको प्रयास सफल भएको छ।

सहमतिसँगै न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता समेत गरिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका – १ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका थिए।

गरिमा माथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच शनिबार राती तीनबुँदे सहमति भएको हो ।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ।

पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय