विश्वकप फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेलाई गोल्डेन बुट

काठमाडौं, ४ पुस । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट अवार्ड जितेका छन् ।
गएराति सम्पन्न अर्जेन्टिनासँगको खेलमा ह्याट्रिक गर्दै उनले गोलसंख्या ८ पुर्याएर गोल्डेन बुट जितेका हुन् ।
फाइनलअघि एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सी दुवै ५-५ गोलमा रहेका थिए । फाइनलमा मेस्सीले २ गोल गर्दा एमबाप्पेले ह्याट्रिक नै गरेर मेस्सीलाई पछि पारेका हुन् ।
गएराति भएको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ ।

