विश्‍वकप क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं, २१ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नामिबियाको विन्डहकमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।

यसअघिका दुई खेलमध्ये गत शुक्रबार भएको नामिबियासँगको पहिलो खेलमा वर्षाका कारण खेल पूरा हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए । त्यसैगरी दोस्रो खेलमा स्कटल्यान्डसँग भने नेपालले ३ विकेटको हार व्यहोरेको थियो ।

गएको जुलाइमा यिनै तीन टोली सहभागी श्रृंखला स्कटल्यान्डमा भएको थियो जसमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरेको थियो ।

स्कटल्यान्डलाई एक खेलमा हराउँदा एक खेलमा पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय