स्कटल्यान्डसँग नेपालको हार

काठमाडौं, १८ मंसिर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।
स्कटल्यान्डले नेपाललाई ३ विकेटले हराएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
स्कटल्यान्डका क्रिस्टोफर माकब्राइडले सर्वाधिक ४३ रन बनाए । त्यसैगरी ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहँदै खेल सकाए । उनले सागर ढकाललाई विजयी छक्का प्रहार गरेका थिए ।
जर्ज मन्सेले १७ तथा म्याथ्यु क्रसले १३ रन बनाए । नेपालका गुल्शन झा, ललित राजवंशी र सागर ढकालले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट प्राप्त गरे ।
टस हारेर ब्याटिङ गरेको नेपालको ब्याटिङ खराब रह्यो । नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक २९ रनको योगदान दिए ।
ज्ञानेन्द्र मल्लले २५ अर्जुन साउदले १८ कप्तान रोहित पौडेलले १७ आरिफ शेखले १० रन बनाए । दीपेन्द्रसिंह ऐरीले ९ रन करण केसीले ८ रन बनाउँदा सागर ढकाल ४ रनमा अविजित रहे ।
ललित राजवंशीले ३ रन बनाउँदा कुशल भुर्तेलले खाता नै खोल्न सकेनन् । आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाउँदा अर्जुन साउद र गुल्शन झाले समान १८ रन बनाए ।
स्कटल्यान्डका क्रिस सोलले ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिँदा ब्रान्डन माकमूलन, सफ्या सरिफ र माइकल लिस्कले १-१ विकेट लिए ।
यस जीतसहित स्कटल्यान्ड लिग २ को शीर्षस्थानमा उक्लिएको छ । स्कटल्यान्डको ३० खेलमा ४४ अंक छ भने सबै ३६ खेल खेलिसकेको ओमानको पनि समान अंक भएपनि नेटरनरेटका आधारमा स्कटल्यान्ड शीर्षमा रहेको हो ।
अमेरिका ३६ खेलमा ३५ अंकसहित तेस्रोमा छ भने नामिबिया २८ खेलमा ३३ अंकसहित चौथो यूएई २६ खेलमा २७ अंकसहित पाँचौं र नेपाल २२ खेलमा १८ अंकसहित छैटौंमा छ । पिएनजीको २८ खेलमा ५ अंक मात्र रहेको छ ।
श्रृंखलाअन्तर्गत भोलि स्कटल्यान्डले नामिबियासँग खेल्ने छ ।

