इमर्जिङ एसिया कप: नेपाल सान्त्वना जीतको खोजीमा

काठमाडौं, ३ साउन । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा युएई ए सँग खेल्दै छ । खेल विहान सवा १० बजेदेखि कोलोम्बोमा सुरु हुने छ ।

नेपाल र युएई दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवै टोली सान्त्वना जीतको खोजीमा हुने छन् । नेपालको कप्तानी रोहित पौडेलले गर्दा युएई ए का कप्तान अलि नासिर रहेका छन् ।

युएईले युवा खेलाडीहरुको बाहुल्यतामा यस प्रतियोगिता खेल्नका लागि ए टोली नै पठाएको छ । टोलिमा सिनियर टोलीबाट खेलिसकेका अलि नासिर, आर्यन्श शर्मा, इथान डिसुजा, मोहम्मद जवादुल्लाह र सन्चित शर्मा रहेका छन् ।

पछिल्लो समय हारबाट गुज्रिरहेको नेपाली क्रिकेट टोली आजको अन्तिम खेल जितेर घर फर्कन चाहन्छ । शीर्षक्रमको ब्याटिङमा नेपाल निरन्तर असफल देखिँदै आएको छ ।

ब्याटिङमा सुधार गर्दै संयमित भएर खेल्नाले युएईको युवा टोलीलाई नेपालले हराउन सक्छ ।

यो पनि:

– इमर्जिङ एसिया कप: नेपालमाथि भारतको सहज जीत
– इमर्जिङ एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय