विश्‍वकप लिग २ मा आज युएई र पिएनजी खेल्दै

काठमाडौं, १६ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलामा आज युएई र पिएनजी खेल्दै छन् ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।

श्रृंखलाअन्तर्गत हिजो भएको खेलमा नेपालले पिएनजीलाई ४ विकेटले हराएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय