आफैंलाई आगो लगाएका प्रेमप्रसादको उपचारकै क्रममा निधन

गृहमन्त्रीलाई भेट्न चाहेका थिए

काठमाडौं, ११ माघ । मङ्गलबार दिउँसो बानेश्‍वरस्थित संसद् भवनअगाडिकाे सडकमा आफैँमाथि आगाे लगाएर गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचाररत आचार्यको आज विहान ५ बजे निधन भएकाे जनाइएको छ । उनको शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलिसकेको बताइएको थियो ।

आत्मदाह गर्नुअघि उनले सामाजिक सञ्‍जालमा लामो पोस्ट गर्दै जीवनमा भोगेका असफलताको बारेमा लेख्दै देशमा जति गरेपनि बाँच्न सक्ने अवस्था नरहेको दुखेसो पोखेका थिए ।

आचार्यलाई प्रहरीले उद्दार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनलाई भेट्न स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पुगेकी थिइन् । भेटका क्रममा आचार्यले गृहमन्त्री रवि लामिछानेलाई पनि भेटका लागि पठाइदिन आग्रह गरेका थिए ।

यद्यपि लामिछानेलाई भेट्न नपाउँदै उनको ज्यान गएको हो ।

यो पनि पढ्नुहोस्:

आफैंलाई आगो लगाउनुअघि यति लामो स्टाटस लेखेका थिए प्रेमले

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय