अरोमा कलेज प्रकरण: आरोपित शिक्षकलाई हिसानका संस्थामा पढाउन नदिने निर्णय

चितवन, ६ पुस । चितवनको अरोमा कलेजमा कम्प्युटर ल्याबमा पढाउने शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अरोमा कलेज मङ्गलबार तनावग्रस्त बनेको थियो ।
ल्याबका शिक्षक रामकृष्ण सुवेदीले अश्लील क्रियाकलाप गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई मङ्गलबार पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
यो पनि पढ्नुहोस्:
चितवनको अरोमा कलेजमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
यस प्रकरण बाहिरिएपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनले पनि एक विज्ञप्ती जारी गर्दै मुद्धाको अन्तिम निरुपण नहुँदासम्म आरोपित शिक्षकले हिसान अन्तर्गतका कुनै पनि विद्यालयमा पढाउन नपाउने निर्णय गरेको छ।
हिसान चितवनका सचिव प्रदिप पौडेलले जारी गरी विज्ञप्तिमा शिक्षण संस्थालाई हिंसाजन्य गतिविधिबाट मुक्त बनाउने कुरामा हिसान स्पष्ट रहेको बताइएको छ ।
विज्ञप्ती:


