बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो
धादिङ, ६ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी बजारमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ ।
आफन्त र स्थानीयवासीको सहमतिमा बालकको शव उठाएपछि राजमार्ग खुलाएर यातायात विस्तारै सञ्चालनमा ल्याइएको धादिङ प्रहरीले जनाएको छ ।
आज विहान काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा ६ वर्षीय बालक विजय परियारको ज्यान गएको थियो ।
त्यसपछि उनीहरुले ठक्कर दिने बसमा तोडफोड तथा आगजनी गरेका थिए । सहमति भएसँगै विहानैदेखि रोकिएका गाडी गन्तव्यतर्फ लाग्न थालेका छन् ।
सवारीको लामो लाइन भएकाले ट्राफिक जाम भने अझै कम हुन सकेको छैन ।