गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु
धादिङ, ६ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गाडीको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युपछि स्थानीयबासिन्दा र विद्यार्थीले राजमार्गमै प्रदर्शन गरेका छन् ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले गजुरीको आदर्श माद्यामिक विद्यालयमा पढ्ने ६ वर्षीय विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा सवारी चलेका छैनन् ।