केएमसी प्रशासन र रमाको परिवारबीच सहमति

काठमाडौं, २० असार । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल केएमसीको होस्टलमा मृत फेला परेकी रमा रायमाझी र स्कुल प्रशासनबीच सहमति भएको छ ।

सोही स्कुलको क्यान्टिनमा काम गर्ने रमा शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारवाही गर्ने सहमति भएको छ ।

सहमतिपछि मुचुल्का उठाउने काम सम्पन्‍न गरिएको थियो । रमाको शव उठाउन करिब २४ घण्टापछि आफन्तले मानेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय