एक मत नपुग्दा कोशीमा हिक्मतको सरकार ढल्यो

विराटनगर, १५ असार । विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की पदमुक्त भएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीको पक्षमा ४६ मत मात्रै खस्यो । सरकार टिकाउन एक मत मात्र नपुगेको हो ।

एमालेको ४० र राप्रपाको ६ मत गरी कार्कीले ४६ मत पाएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्‍वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको थियो ।

कार्की पदमुक्त भए पनि कठिन अंकगणितका कारण माओवादी-काङ्ग्रेस गठबन्धनलाई कोशी प्रदेशमा नयाँ सरकार गठनको बाटो भने सहज देखिएको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय