रेखा थापाले गरिन राजेन्द्र लिङ्देनको आलोचना
काठमाडौं।राष्ट्रयि प्रजातन्त्र पार्टीकी नेतृ एवं नायीका रेखा थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेकी छन्।
दुई दिनदेखि काठमाडौंमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेपाली चलचित्रकी हिम्मतवाली नायीका समेत रहेकी नेतृ थापाले पार्टी अध्यक्ष लिङ्देनको कार्यशैलीको आलोचना गरेकी हुन्।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा समिति सदस्य समेत रहेकी नेतृ रेखा थापाले पार्टी अध्यक्ष लिङ्देनको कार्यशैलीप्रती खरो असन्तुष्टि जनाउँदै आलोचना गरेकी हुन्।
बैठकमा बोल्दै नेतृ थापाले नेतृत्व गतिहीन, प्रभावहीन र अदुरदर्शी ढङ्गले अघि बढेको समेत आरोप लगाईन्। उनले नेतृत्वको कार्यशैलीले भविस्यमा पार्टीलाई गम्भीर असर पर्ने समेत बताईन्।
उनले पार्टी सञ्चालन गर्न दीर्घकालीन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमता आवश्यक पर्ने बताउँदै पार्टी नेतृत्व चाकडी, चाप्लुसी र भक्तिगानमा रुमल्लिदै गएको समेत भनिन्।
बैठकमा तयारी साथ आफ्ना कुरा राख्दै नेतृ थापाले पार्टी विधि र पद्धती अनुसार चल्नुपर्ने बताईन्।
योग्यता, क्षमता र जनमतलाई हेरेर पार्टीमा भूमिका र जिम्मेवारी दिनुपर्ने पनि उनको भनाई रहेको थियो। रेखाको भनाईमा पार्टीका पदाधिकारी सहित धेरैजसो नेताले समर्थन गरेको र पार्टी नेतृत्व स्वेच्छाचारी भन्दा सबैलाई मिलाएर लैजाने खालको हुनुपर्नेमा जोड दिएका थिए।

