कांग्रेसमा देउवामाथि दबाब

केन्द्रिय समिति बैठक बोलाउन निवेदन दर्ता

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माथि केन्द्रिय समिति बैठक बोलाउन दबाब परेको छ। बिगत ११ महिनादेखि कांग्रेसको बैठक बस्न सकेको छैन।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्दै केन्द्रिय कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

आचार्यले पार्टी सभापति देउवालाई पत्र लेखेर केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् । उनले पत्रमा ‘११ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको’ भन्दै पार्टीभित्रका विभिन्न विषयमा छलफल गर्न  बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनबाट पार्टी ठूलो भएपनि  सांगठनिक र मनोवैज्ञानिक क्षति पुगेको उनको भनाई छ । उपनिर्वाचनको परिणामले पार्टीका कार्यकर्ता निराश हुँदा पनि केन्द्रीय समिति बैठक नबस्नु दुःखद भएको आचार्यले पत्रमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस भित्र संस्थापन इतर समुहको ‘रुपान्तरण अभियान’का अभियन्ता समेत रहेका आचार्य देउवा बिरोधि गुटमा सक्रिय छन् । उनले सभापतिले गरेका धेरैजसो निर्णयलाई समेत बिरोध गर्दै आएका छन् ।

हेर्नुहोस आचार्यको पत्र:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय