जलहरी जाँच्‍न अख्तियारको टोली पशुपति छिरेपछि भक्तजनलाई प्रवेश निशेध !

काठमाडौं, १० असार । प्रतिनिधि सभामा समेत चर्चा पाएको पशुपतिनाथ मन्दिरको ११ किलो सुन घोटाला प्रकरणले गर्दा आज दिनभर पशुपति दर्शनको लागि मन्दीर पुगेका भक्तजनले समेत प्रवेश पाएनन् ।

सो सुन घोटालाबारे सत्य तथ्य बुझ्न  अख्तियारको टोली बिहान १० बजे नै पशुपति पुगेर कडाइ गरेको थियो। सुरक्षाकर्मी समेतको बाक्लो उपस्थितिमा अख्तियारले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा जडित सुनको जलहरी जाँच गरिरहेको छ।

दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेपछि अन्य ब्यक्तिलाा प्रवेश निषेध गरिएको थियो।जलहरी राख्दा ११ केजी सुन घोटाला भएको भन्ने बेहोराको उजुरी अख्तियारमा परेको र यो बिषयमा सरकार र प्रतिपक्षी दलबीच ठुलै दोहोरी समेत चलेको थियो ।

जसका कारण नेकपा एमालेले सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले माफी समेत मागेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...