गृहमन्त्री श्रेष्ठ बोल्दै गर्दा सांसदले पत्रिका पढेपछि…

काठमाडौं, १० असार । सभामुख देवराज घिमिरेले सांसदहरुलाई बैठक चलिरहेका बेला पत्रिका नपढ्न रुलिङ गरेका छन् ।
आइतबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका बेला सांसद्ले पत्रिका पढ्न थालेपछि ध्यानाकर्षण गराएका हुन् ।
सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठलाई बोल्न रोकेरै रूलिङ गरेका थिए । गृहमन्त्री बोलिरहेका बेला कांग्रेस नेता सांसद शशांक कोइरालाले पत्रिका पढेका थिए।
‘माननीय सदस्यहरूलाई म प्रतिनिधिसभा नियमावली २०७९ नियम २० को खण्ड ‘ञ’को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन अनुरोध गर्छु।’

