काँग्रेस नेता लामाको निधन

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका नेता विकास लामाको निधन भएको छ ।
ब्लड क्यान्सर रोगबाट पीडित रहेका लामाको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । यद्यपि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको थिएन ।
काँग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति समेत रहेका लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए ।

