प्रचण्ड लक्षित बाबुरामको ट्वीट-‘सबैलाई सधैं ठग्न सकिन्न हेक्का रहोस्’

काठमाडौं, ५ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समाजवादी मोर्चा घोषणा ठग्नका लागि नहोस् भन्दै चेतावनी दिएका छन् ।
लामो समयदेखि समाजवादी मोर्चाको आबश्यकता र औचित्य बारे बहस चलाउदै आएका भट्टराईलाई नै बाहिर राखेर नेकपा माओवादी सहित ४ दलले सोमबार मोर्चा घोषणा गरेपछि भट्टराईको यो प्रतिक्रिया आएको हो।
उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्-‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!’।
समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी…
— Baburam Bhattarai (@brb1954) June 19, 2023

