खातामा भएकोभन्दा बढी रकमको आइपिओ भरेमा कारवाही हुने

काठमाडौं, ५ असार । आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपिओ) भरेमा कारवाही हुने भएको छ ।

सोमबार एक सूचना निकाल्दै शेयर लगानीकर्तालाई आइपिओ भर्दा सचेत हुन आग्रह गरेको छ ।

आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरेमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने उल्लेख गरिएको छ ।

भर्खर केही दिनअघिदेखि घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन दिएको समेत पाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय