महानगरका प्रहरी फिल्म हलमा पुगेर बितण्डा गर्दै

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सोमबारदेखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरे लगत्तै महानगर प्रहरी पनि हलहलमा पुगेर पोष्टर च्यात्ने र हल बन्द गराउन सक्रिय छन् ।

नगर प्रहरीले हिजैदेखी नगरभित्रका हलहरूमा पुगेर सोमबारदेखि हिन्दी चलचित्र नचलाउन पूर्वजानकारी दिएका थिए भने आजदेखी त्यसको निगरानी समेत गरेका थिए।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेकोभन्दै मेयर बालेनले ३ दिनभित्र उक्त संवाद सच्याउन अल्टिमेटम दिएका थिए।

तर,यतिबेला उक्त फिल्म देशभरबाट उतारिएको छ ।  शुरुमा काठमाडौ भनिए पनि त्यसपछि पोखरा र धरानमा समेत यो अभियान चलेको थियो। त्यसको असर देशभर परेपछि बितरकले नै हलबाट चलचित्र उतारेका  हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय