गर्मीमा स्वास्थ्यको ख्याल यसरी राख्‍नुहोस्

गर्मी बढेसँगै शरीरमा विभिन्‍न समस्या आइपर्ने गर्छ । गर्मीयाममा खानपान नमिल्नाले पखाला लाग्‍ने, फुड प्वोइजन हुने आदि समस्याहरु आइपर्छन् । छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या पनि यही समयमा हुने गर्छ ।

गर्मीमा शरीर आलस्य हुन्छ । काम गर्न जाँगर पनि चल्दैन । गर्मी हुनु प्राकृतिक कुरा हो । गर्मीमा पनि हामी आफुलाई कसरी स्वस्थ र मस्त राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।

केके गर्ने ?

  गर्मीमा बढी पसिना बग्ने भएकाले शरीरमा पानीको मात्रा अपुग हुन्छ । त्यसैले गर्मीका बेला पर्याप्त पानी र झोलयुक्त पदार्थ पिउनुपर्छ ।

  मौसमी सब्जी तथा फलफूलको सेवन गर्नुपर्छ । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुनसक्छ ।

  घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । यसले गर्दा धुलो, धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउन सकिन्छ ।

  सरसफाईमा विशेष ध्यान दिनुपर्छ । पसिना बग्ने, धुलो-धूँवा शरीरमा टाँसिने भएकाले नुहाई-धुवाई गर्नैपर्छ ।

  घरमै बनाएका खानेकुराहरु खाने, सकेसम्म घर बाहिरको खानेकुरा, फूटपाथको खानेकुराजस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुरा सेवन नगर्ने ।

  आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गर्ने ।

  लामखुट्टे, झिँगा, साङ्लाबाट बच्न घर एवं आसपासका क्षेत्रमा सरसफाई गर्ने, पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु सफा गर्ने

  लामखुट्टेको टोकाईबाट बच्नका लागि झुलको प्रयोग गर्ने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय