वामदेव गौतम समाजवादी मोर्चामा नजाने,एमालेमै सक्रिय हुने

काठमाडौ। भोलि काठमाडौको राष्ट्रिय सभागृहबाट घोषणा हुने समाजवादी मोर्चामा वामदेव गौतम सहभागी नहुने भएका छन् ।

आइतबार नेकपा एमालेको मुख्यालय च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि वामदेव गौतम उत्साहित हुँदै एमालेमा सक्रिय हुन तयार भएका छन् । अध्यक्ष ओलीलाई भेट्न आफैं च्यासलस्थित पार्टी कार्यालय पुगेका गौतमले ओलीसंग एक घन्टा लामो संवाद गरेका थिए ।

एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता गौतम एमालेमा फर्किने योजनामा थिए। तर बिचमा माओवादी,जसपा, नेकपा समाजवादी,नेकपा विप्लव र बाबुराम भट्टराई नेतृत्वको नेसपा समेतको समाजवादी मोर्चा घोषणामा वामदेव समेत मिसिने चर्चा थियो।

तर,एमाले पार्टी अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेपछि वामदेवको मन उतै फर्किएको एमालेका एक नेताले बताए।’उहाँ (वामदेवजी)एमालेमै सक्रिय हुन्छु भन्नुभयो अब मुख्य भुमिका लिएरै सक्रिय हुने देखिन्छ’ उनले भने।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो । भेटमा ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । जवाफमा गौतमले म पार्टी कार्यालय आउनु भनेकै सक्रिय हुनु हो भन्दै ओलीसंग बिदाइ भएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय