नक्कली भुटानी शरणार्थी प्रकरण: कोको गए जेल ? (हेरौं फैसला पुर्णपाठ)

काठमाडौं, १ असार । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री सहित १६ जनालाई काठमाडौ जिल्ला अदालतले आज जेल पठाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पर्नेमा नेकपा एमालेका सचीव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना छन् । अन्य २ आरोपीलाई भने धरौटीमा छाड्ने अदालतले आदेश दिएको छ। यो प्रकरणमा मुछिएका १२ जना अझै फरार छन् ।
अदालतको फैसला पछि केन्द्रिय कारागार सुन्धारा पुर्याइएकाहरुमा गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्।
यसैगरी जेल चलान हुनेमा बिचौलियका रुपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी पनि छन्। उनीहरुको पक्षमा १०० जना भन्दा बढी कानुन ब्यवसायीले प्रतिरक्षा बहस गरेका थिए।
हेरौं अदालतको फैसला पुर्णपाठ:

