शरणार्थी प्रकरणमा सबै बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सबै बहस सकिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पाँचजना सरकारी वकिल र दुईजना अधिवक्ताले जवाफी बहस सकेका छन् ।
जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने छन् । पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश आजै आउन सक्ने छ ।
सरकारी वकिलहरुले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कुनै पनि अभियुक्तहरु उम्किन नसक्ने तर्क गरेका छन् ।

