मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, ३२ जेठ । फिलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । फिलिपिन्सले नेपाललाई १-० गोल अन्तरले हराएको हो ।

खेलमा ज्याभिएर गायोसाले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले दोस्रो हाफको ४९औं मिनेटमा गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेका थिएनन् ।

नेपाल अब साफ च्याम्पियनसिप खेल्नका लागि भारत जाने छ । साफ च्याम्पियनसिप आगामी आइतबारदेखि सुरु हुँदै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय