पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध

काठमाडौं, ३२ जेठ । हेटौँडा-काठमाडौं जोड्ने दुईवटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन् । ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएका छन् । दुवै सडक-खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय